आर्थिक 📈

दूधखोला जलविद्युत् आयोजनाका लागि १० अर्ब बढीको वित्तीय व्यवस्थापन

काठमाडौं, २६ साउन। मनाङ जिल्लामा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाका लागि १० अर्ब रुपैयाँभन्दा बढीको वित्तीय व्यवस्थापन (फाइनन्सियल क्लोजर) जुटेको छ। माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनी ‘दूधखोला हाइड्रोपावर’ र लगानीकर्ता बैंकहरूबीच औपचारिक ऋण सम्झौता भएसँगै आयोजना निर्माणको बाटो पूर्ण रूपमा खुलेको हो। आयोजनाका लागि एनएमबी बैंक र सानिमा बैंकले कुल १० अर्ब १ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। जसमध्ये एनएमबी बैंकले नेतृत्वदायी बैंकको रूपमा ६ अर्ब ८१ करोड रुपैयाँ र सानिमा बैंकले सह-नेतृत्वकर्ताका रूपमा… पुरा पढौ

नाइमा अटो एक्स्पो सुरु: डोङफेङका नयाँ विद्युतीय बसहरू सार्वजनिक गरिँदै

काठमाडौं, २६ साउन। राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आजदेखि अटोमोबाइल क्षेत्रको बृहत् प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ औपचारिक रूपमा सुरु भएको छ। एक्स्पोकै अवसर पारेर हिमालयन अर्गनाइजेसन अन्तर्गतको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रसिद्ध ब्रान्ड डोङफेङ (DONGFENG) का ठूला विद्युतीय बसहरू नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। नेपाल सरकारले ठूला विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने नीति अंगीकार गरेको र बजारमा पनि ठूला ईभी बसको माग बढ्दै गएकाले डोङफेङका बसहरू भित्र्याइएको कम्पनीले जनाएको छ। यसअघि हिमालयन अर्गनाइजेसनले भारतको फोर्स मोटर्स र चीनको… पुरा पढौ

निजी क्षेत्र राष्ट्र निर्माणको अभिन्न साझेदार-अर्थमन्त्री वाग्ले

काठमाडौं, २५ साउन। सरकारले निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई राष्ट्र निर्माणको अभिन्न साझेदारको रूपमा हेर्ने स्पष्ट पारेको छ। सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँगको विशेष छलफलमा निजी क्षेत्रको लगानी, आर्जित नाफा र सम्पत्तिको सुरक्षा गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभएको हो। छलफलका क्रममा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई देशको सबैभन्दा ठूलो करदाता, रोजगारदाता र लगानीकर्ताका रूपमा चित्रण गर्दै सरकारको प्राथमिकता कर संकलनमा मात्र सीमित नभई उत्पादन र लगानीको वातावरण सुधार्नमा केन्द्रित रहने बताउनुभयो। बैठकमा… पुरा पढौ

नेप्से ९ अंकले घट्याे, कारोबार ३ अर्ब ६७ करोडमा सीमित

काठमाडौं, २५ साउन। साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले निरन्तरता पाउँदा सोमबार सूचक ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.२० अंक, फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले ओरालो लागेका छन्। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा सोमबार ३५२ वटा स्टकको ५३ हजार ५२४ पटकको कारोबारमा ३ अर्ब… पुरा पढौ

स्नो रिभर्सको नाफा र विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार

काठमाडौं, २५ साउन। स्नो रिभर्स लिमिटेड (SNORL) ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र आम्दानीमा दोब्बरभन्दा बढीको वृद्धि दर्ता गरेको छ। विद्युत बिक्री आम्दानी शतप्रतिशतभन्दा बढीले बढेसँगै कम्पनीको खुद नाफामा उच्च सुधार देखिएको हो। कम्पनीले चौथो त्रैमाससम्ममा ३७ करोड ७५ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ करोड ६९ लाख रुपैयाँको तुलनामा १०१.९५ प्रतिशतको वृद्धि हो। वित्तीय प्रदर्शनका मुख्य सूचकहरू: खुद नाफा: २४१.५० प्रतिशतले बढेर ११ करोड… पुरा पढौ

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, २५ साउन । साउन २५ गते सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा पनि फेरबदल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि अघिल्लो दिन (आइतबार) सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य सोमबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ कायम भएको छ। गत आइतबार चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार… पुरा पढौ

अप्पर सोलु हाइड्रोइलेक्ट्रिकको नाफा ८४.४१ प्रतिशतले बढ्यो

काठमाडौं, २५ साउन। अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड (USHEC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ। कम्पनीले समीक्षा अवधि (असार मसान्त) सम्ममा २० करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको नाफा (११ करोड ३२ लाख रुपैयाँ) को तुलनामा ८४.४१ प्रतिशतले बढी हो। विद्युत बिक्री आम्दानीमा सामान्य सुधार आए तापनि… पुरा पढौ

पहिरोका कारण तातोपानी नाका तीन सातादेखि ठप्प

सिन्धुपाल्चोक, २५ साउन । नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। विभिन्न स्थानमा गएको भीषण पहिरोका कारण नाकातर्फ जोड्ने मुख्य सडकखण्ड बिग्रेपछि दुई देशबीचको वैदेशिक व्यापार गम्भीर रूपमा प्रभावित बनेको छ। सडक संरचना क्षतिग्रस्त भएपछि चीनबाट व्यापारिक मालसामान बोकेर आएका कन्टेनरहरू सीमापारि नै रोकिएका छन्। जसका कारण तातोपानी हुँदै हुने नेपाल–चीन द्विपक्षीय व्यापार ठप्प भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका अनुसार सडक सञ्जाल विच्छेद भएकाले चीनतर्फबाट कुनै पनि मालवाहक कन्टेनर… पुरा पढौ

आईएमई लाइफमा जागिरकाे अवसर, विभिन्न ‘शाखा प्रबन्धक’ पदमा आवेदन आह्वान

काठमाडाैं, २५ साउन । आईएमई लाइफ इन्स्योरेन्स (IME Life Insurance) ले देशका विभिन्न प्रदेशका शाखा कार्यालयहरूका लागि योग्य तथा नतिजामुखी जनशक्ति माग गर्दै शाखा प्रबन्धक (Branch Manager) पदका लागि आवेदन आह्वान गरेको छ। कम्पनीले जारी गरेको सूचना अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका पाँचवटा स्थानका लागि कर्मचारी माग गरिएको हो। माग गरिएका स्थानहरू: कोशी प्रदेश: भोजपुर र खोटाङ बागमती प्रदेश: सिन्धुली र धादिङबेँसी कर्णाली प्रदेश: मेहेलकुना आवश्यक न्यूनतम योग्यता तथा अनुभव: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह (Bachelor's Degree) उत्तीर्ण।… पुरा पढौ

डिजिटल भुक्तानीमा ऐतिहासिक फड्को: क्युआर कारोबार ९२ प्रतिशतले बढ्यो

काठमाडौं, २५ साउन। नेपालको अर्थतन्त्रमा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा अघि बढेको छ। पछिल्लो समय मुलुकभित्र नगद कारोबारको विकल्पमा डिजिटल भुक्तानी प्रणालीप्रति सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०२४/२५ मा क्युआर (QR) कोडमा आधारित भुक्तानी प्रणालीमा करिब ९२ प्रतिशतको उल्लेख्य वृद्धि दर्ता भएको छ। डिजिटल प्रयोगकर्ताको संख्यामा ठूलो वृद्धि वित्तीय साक्षरता र प्रविधिप्रतिको विश्वास बढेसँगै देशभर डिजिटल वालेट र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा ऐतिहासिक फड्को मारिएको छ: डिजिटल वालेट प्रयोगकर्ता: २ करोड ६७… पुरा पढौ