आर्थिक 📈

कामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं, २२ साउन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको ४१९ औं बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। बैंकको सञ्चालक समितिको मिति २०८३ श्रावण २२ गते शुक्रबार दिउँसो ४:०० बजे बसेको बैठकले आ.व. २०८२/८३ को असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्दै सो लाभांश प्रस्ताव गरेको हो। 639217217350414867-1Download लाभांश… पुरा पढौ

नेप्से ४ अंकले घट्यो, कारोबार पाैने ४ करोडमा सीमित

काठमाडौं, २२ साउन। साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स १.१६ अंक, फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंकले ओरालो लागेका छन्। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। शुक्रबार कुल १ करोड ३ लाख १३ हजार ९७९ कित्ता शेयर ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन… पुरा पढौ

आईपीओ प्रणालीमा व्यापक सुधारको घोषणा: सेबाेनले ल्यायो ‘श्वेत पत्र २०८३’

काठमाडौं, २२ साउन। नेपाल धितोपत्र बोर्ड (SEBON) ले नेपालको प्राथमिक पूँजी बजार (IPO) मा व्यापक सुधार र रूपान्तरण गर्ने उद्देश्यका साथ ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेत पत्र, २०८३’ सार्वजनिक गरेको छ। ११२ पृष्ठ लामो यस ऐतिहासिक दस्तावेजले आगामी १० वर्षभित्र नेपाली पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी, पारदर्शी र प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्य लिएको छ। विशेषगरी, प्राथमिक निष्कासनमा हुने अत्यधिक माग (Oversubscription), चिट्ठा (Lottery) प्रणालीको भर पर्नुपर्ने बाध्यता र संस्थागत लगानीकर्ताको न्यून सहभागिताजस्ता विद्यमान समस्या समाधान गर्न बोर्डले नयाँ… पुरा पढौ

माथिल्लो मैलुङ खोला जलविद्युतकाे नाफा ११ करोड बढी

काठमाडौं, २२ साउन। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड (MMKJL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार अघिल्लो आर्थिक वर्षसम्म नोक्सानीमा रहेको कम्पनीले समीक्षा अवधिमा उल्लेख्य सुधार गर्दै नाफा कमाएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ११ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६८ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो। विद्युत बिक्री आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको गिरावटका कारण कम्पनी नाफामा जान… पुरा पढौ

कुमारी क्यापिटलद्वारा ३ योजनाको लाभांश घोषणा

काठमाडौं, २२ साउन । कुमारी क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित ‘कुमारी सामूहिक लगानी कोष’ अन्तर्गतका तीन वटा बन्दमुखी (क्लोज-इन्डेड) योजनाहरुको लाभांश घोषणा गरेको छ। क्यापिटलको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो। कुन योजनाको लाभांश कति? कुमारी इक्विटी फण्ड: १० प्रतिशत नगद लाभांश (करसहित) कुमारी धनवृद्धि योजना: १० प्रतिशत नगद लाभांश (करसहित) कुमारी सबल योजना: २.९० प्रतिशत नगद लाभांश (करसहित) भदौ ४ गते बुकक्लोज घोषित लाभांश वितरण… पुरा पढौ

सपोर्ट लघुवित्तको नाफामा छलांग: साढे ७ करोड खुद नाफा

काठमाडाैं, २२ साउन । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा लगायतका प्रमुख वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षमा लघुवित्तले ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको (२ करोड ७० लाख रुपैयाँ) तुलनामा १८१.३६ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेरमेन्ट चार्ज रिभर्स भएसँगै संस्थाको नाफामा उच्च… पुरा पढौ

यसरी नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा

काठमाडौं, २२ साउन । कुनै समय कर्मचारीलाई तलब खुवाउन नसक्ने र १० वर्षसम्म पूर्ण रूपमा बन्दप्रायः बनेको सरकारी स्वामित्वको 'नेपाल औषधि लिमिटेड' २५ वर्षपछि पुनः नाफामा फर्किएको छ। आर्थिक वर्ष २०८१/८२ मा रु १० करोडभन्दा बढी घाटामा रहेको लिमिटेडले आव २०८२/८३ मा रु तीन करोड नाफा आर्जन गर्न सफल भएको छ। यसअघि पछिल्लो पटक विक्रम संवत् २०५८ मा रु १२ करोडको औषधि बिक्री गरी नाफा कमाउँदा कर्मचारीलाई बोनस वितरण गरिएको थियो। सुधारको मुख्य आधार: जिएमपी मापदण्ड र जिटुजी मोडल संस्थाका… पुरा पढौ

नेप्से १३.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ६२ करोड नाघ्यो

काठमाडौं, २१ साउन । अघिल्लो कारोबार दिन सामान्य बढेको शेयर बजार बिहीबार भने घटेर बन्द भएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा झरेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स २.६२ अंक, फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंकले ओरालो लागेका छन्। बजार घटेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार आएको छ। बुधबार ४ अर्ब ४० करोडको कारोबार भएकोमा बिहीबार ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर ४ अर्ब… पुरा पढौ

ज्योति विकास बैंकको खुद नाफा ९०५.७५ प्रतिशतले बृद्धि

काठमाडौं, २१ साउन । ज्योति विकास बैंक लिमिटेड (JBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (१० करोड २० हजार रुपैयाँ) तुलनामा ९०५.७५ प्रतिशतको फराकिलो वृद्धि हो। नाफा वृद्धिको मुख्य कारण ब्याज आम्दानीमा भएको सामान्य सुधारका साथै… पुरा पढौ

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक

काठमाडौं,२१ साउन। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो । मन्त्रालयले बुधबार सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको हो । निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल… पुरा पढौ