आर्थिक 📈

गत आवमा नेपालमा २ खर्ब ६४ अर्ब ३३ करोड वैदेशिक लगानी भित्रिएकाे राष्ट्र बैंककाे तथ्याङ्क

काठमाडौं, १२ असाेज । नेपाल राष्ट्र बैंककाे तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (२०७९ असार) सम्म नेपालमा २ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेकाे प्रत्येक्ष वैदेशिक लगानी सर्भे प्रतिवेदनले २०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा उक्त रकम भित्रिएको देखाएको हो । कुल प्रत्यक्ष वैदेशिक लगानीमा चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी रहेका ६९४ कम्पनीमध्ये २३१ वटा कम्पनीको नमुना… पुरा पढौ

सुन तोलाको १ लाख ८ हजार ८ सयमा झर्यो, चाँदीको बढ्यो

काठमाडौं, १२ असोज । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ । चाँदीको भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनमा रुपैयाँ ८ सयले घटेको जनाएको छ । चाँदीको भाउमा रुपैयाँ २५ ले बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।… पुरा पढौ

चिरख्वा हाइड्रोकाे आईपीओ असोज २३ देखि निष्काशन हुने

काठमाडौं, १२ असाेज । चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि सेयर आईपीओ निष्काशन गर्ने तयारी गरेकाे छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेकाे छ । कम्पनीले ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति २८ वर्ष ८ महिना बाँकी रहेको छ। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर तथा यूरोको भाउ घटेको छ । साथै अन्य केहि देशहरुको मुद्राको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी… पुरा पढौ

चार महिनापछि सौर्य सिमेन्टकाे चुनढुङ्गा ढुवानी हुँदै

कटारी (उदयपुर), ११ असोज । उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट प्रालिले चार महिनापछि चुनढुङ्गा ढुवानी गर्ने भएको छ । कटारी नगरपालिकाको ४, ५, र ७ नं वडाका सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीयले आफ्ना माग सुनुवाइ नगरेको भन्दै उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिपर सञ्चालन गर्न दिएका थिएनन् । लामो समयको अवरोधपछि कटारी नगरपालिकामा बसेको दुई पक्षीय छलफलपश्चात टिपर सञ्चालनको तयारी गरिएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। “वन समूह र स्थानीयसँग विभिन्न स्थानमा बसेर वार्ता गरी सञ्चालन… पुरा पढौ

हेटौंडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर, ११ असोज । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए। हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उनले जानकारी दिए । उक्त उद्योगमा विद्युत् आपूर्तिको लागि छुट्टै… पुरा पढौ

फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग

काठमाडौं, ११ असोज । कालीकोटमा आयोजनास्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए)को स्वीकृतिका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । आयोजनाले आज एक सूचनामार्फत प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सुझाव दिन माग गरेको छ । प्रतिवेदनमाथि वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रभावित स्थानीय तहलगायतका निकायमा सुझाव दिन सकिनेछ । कूल चार सय ८० मेगावाट क्षमताको सो आयोजना सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले निर्माण गर्न लागेको हो । अर्धजाशय प्रकृतिको सो आयोजनाले कालीकोटको… पुरा पढौ

दुई दिनमा २२ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, ११ असोज । सुनचाँदीको भाउमा लगातार गिरावट भईरहेको छ । लगातार दुई दिनमा तोलामा रुपैयाँ २२ सयले घटेको छ । यसदिन सुनमा रुपैयाँ १४ सय तथा चाँदीमा रुपैयाँ १५ ले घटेको हो । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा रुपैयाँ १४ सयले घटेर तोलाको १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर तथा यूरोको भाउ घटेको छ । साथै अन्य केहि देशहरुको मुद्राको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी… पुरा पढौ

सांसदद्वारा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, १० असोज । दशैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरुले सरकारलाई सजग र सचेत रहन सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिको आजको बैठकमा भाग लिने अधिकांश सदस्यहरुले चाडबाडका समयमा कृत्रिम अभाव सिर्जना गरी हुनसक्ने भन्दै त्यस्ता गतिविधमा समयमै ध्यान पु¥याउन समितिमार्फत सरकारको ध्यानाकर्षण गराए। बैठकमा सदस्य गोकुलप्रसाद बाँस्कोटाले चिनी उत्पादन र आयातकर्ता तथा सरकारबाट सहयोग प्राप्त गर्ने एउटै व्यक्ति भएकाले हरेक वर्ष चाडबाडका समयमा अभाव सिर्जना हुँदै आएको… पुरा पढौ