आर्थिक 📈

यस्ताे छ देवचुलीमा सामूहिक पुष्प खेती

त्रिवेणी (नवलपरासी), १५ असोज। बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली–१२ ले आर्थिक तथा कृषि शाखाले प्राविधिक सहयोग गरेसँगै यहाँ सामूहिक पुष्प खेती गरिएको छ। देवचुली–१२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेलले भने, “युवालाई रोजगारसँग जोड्ने वडाको योजनाअनुसार पहिलो चरणमा पुष्प खेती सुरु गरिएको छ, क्रमशः अन्य आयमूलक क्रियाकलापमा जोड्ने लक्ष्य छ । भौतिक पूर्वाधार मात्र विकास नभई मानवीय विकासलाई पनि प्राथमिकता दिनुपर्ने मान्यताका साथ बेरोजगारलाई स्वरोजगार बनाउने अभियानमा… पुरा पढौ

अर्थतन्त्र सुधार गर्न कुनै कसर बाँकी राखिन्न : अर्थमन्त्री

बारा, १५ असोज । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधार गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ मा ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सञ्जीवनी वाटिकाका नवनिर्मित भवनको उद्घाटन तथा ज्येष्ठ नागरिकहरूको सम्मान कार्यक्रममा उनले देशमा उत्पन्न हरेक आर्थिक सङ्कटलाई हल गर्ने गरी काम अगाडि बढाइरहेको जानकारी दिए। नाकाहरूलाई व्यवस्थित गर्न बन्द उद्योगहरूलाई सञ्चालनमा ल्याउने, उद्योग व्यापारलाई वृद्धि गर्न, उत्पादन बढाउन, राजस्व चुहावटलाई रोक्न, शेयर बजारलगायतका कामहरू सरकारले तदारुकताका साथ अगाडि बढाइरहेको भन्दै अर्थमन्त्री महतले… पुरा पढौ

आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

काठमाडौं, १५ असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी प्रतिस्पर्धी बनाउन निगम सुधार सुझावका लागि गठित समितिले सुझाएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको सुझाव समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको एक सय ९० पृष्ठको प्रतिवेदनमा निगममा थप पूँजी लगानी गरी प्रतिस्पर्धी बनाउन सुझाव दिएको हो । “आवश्यक परेका बेला अन्तर्राष्ट्रिय विमान कम्पनीलाई विशेष परिस्थितिमा सम्बन्धित सरकारले पूँजी उपलब्ध गराएको दृष्टान्त पनि छ । यसैलाई मध्यनजर… पुरा पढौ

पोखरामा ३ दिने जूकि मेसिन चलाउने तालिम संचालन

पोखरा, १४ असोज । कास्की पोखरा हस्तकला संघको आयोजना र स्वस्तिक हस्तकला उद्योगको सहकार्यमा पाेखरामा ३ दिने जूकि मेसिन चलाउने तालिम संचालन गरिएको छ । सिलाई पेशा गरिरहेको दिदीबहिनीहरुको स्तर उन्नति तथा एउटै मेसिनले परिवारलाई राम्रै आम्दानी गरेर जीवन निर्वाह गर्नसक्ने भएकोले ३ दिने जुकी मेसिन चलाउने तालिम आयोजना गरिएको बताइएको छ । संस्थाको संस्थापक अध्यक्ष हिरा भट्टराई र अध्यक्ष रामकली खड्काले महिला उद्यमी महासंघ नेपालको नवनिर्वाचित केन्द्रिय सदस्य पार्वती रेग्मी पौडेल, महिला उद्यमी संघ कास्की नेपालको अध्यक्ष शारदा “सरु”… पुरा पढौ

नेप्सेमा ३३.२० अंकको गिरावट, १ अर्ब ८३ करोडको कारोबार

काठमाडौं, १४ असोज । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार नकारात्मक लयमा देखिएको छ । सम्पूर्ण सूचकहरु रातै भएका छन् । चाडबाडको समयमा देखिएको नेप्सेको यो संकेत अब चाडबाड नसकुन्जेलसम्म कायम रहने आकलन गर्न थालिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको छ । नेप्सेमा १.६५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.५५ अंकले बढेर ३७७.३९ विन्दुमा रहेको छ । कुल २८४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६७… पुरा पढौ

साउनयता ३४७ फर्मलाई कारबाही, १ कराेड बढी जरिवाना

काठमाडौं, १४ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको कैफियत तथा समस्या भेटिएको जनाएकाे छ । गत साउनयता विभागले एक हजार एक सय ४६ व्यावसायिक फर्ममा अनुगमन गरेकामा २६ वटा मात्रै सामान्य अवस्थामा रहेका भेटिएको जनाएको छ । चालु आर्थिक वर्ष सुरु भएदेखि असोज १२ गतेसम्ममा एक हजार एक सय ४६ व्यावसायिक फार्ममा अनुगमन गरी तीन सय ४७ लाई कारबाही गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ०.२७ अंककाे बृद्धि

काठमाडौं, १४ असाेज । साताको सेयर काराेबार हुने पहिलो दिन कारोबार दिन आइतबार आज नेप्सेकाे प्रि ओपन सेसन सकारात्मक देखिएकाे छ । यस सेसनमा नेप्से परिसूचक सामान्य ०.२७ अंकले बढेकाे छ। साताकाे अन्तिम काराेबार भएकाे दिन गएकाे बुधबार नेप्से परिसूचक १८.६० अंक घटेर २००४.३० विन्दुमा रहेकाे थियाे । आजकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२७ अंकले बढेर २००४.५७ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.०३ अंकले बढेको छ। यसदिनकाे प्रि ओपन सेसनमा २० वटा कम्पनीहरुकाे ८२६ कित्ता सेयरकाे खरिदबिक्रीबाट रुपैयाँ ७… पुरा पढौ

सुन तोलाको रु १ लाख ८ हजारमा झर्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, १४ असोज । गएका केहि दिनदेखि सुनचाँदीको भाउमा लगातार गिरावट भएको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ३५ ले गिरावट भएको हो । छापावाल सुनमा रुपैयाँ ८ सय ले घटेर तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १४ असाेज । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । बैंकले साधारण सभाकाे प्रयोजनका लागि भाेलि साेमबार बुक क्लोज गर्ने बताएकाे छ । सेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश प्राप्तिकाे हकदार बन्न नेपाल स्टक एक्सचेन्जमा सेयर कराेबार गरी कायम भएकाे हुनु पर्नेछ । यसरी कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिन्छन् । बैंकले गत वर्षको मुनाफाबाट ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । साधारण… पुरा पढौ

राष्ट्र बैंककाे रू १३ अर्ब १० करोडकाे विकास ऋणपत्रमा आज बाेलकबाेल हुँदै

काठमाडौं, १४ असोज । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले असोज १५ गते साेमबार निष्काशन गर्न लागेकाे १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्रकाे लागि आज बाेलकबाेल हुँदैछ । बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ “ग” निष्काशन गर्ने भएको हो । बोलकबोल प्रक्रियामा इच्छुक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाहरु तथा नेपाली नागरिकले तोकिएको मितिमा बोलकबोल पेश गर्नुपर्नेछ । सो ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने भएको छ । राष्ट्र बैंकले यस विकास ऋणपत्रलाई धितो राखेर… पुरा पढौ