आर्थिक 📈

नेप्सेमा लगातार गिरावट, परिसूचक २६७२ विन्दुमा झर्दा कारोबार ३ अर्ब ३८ करोडमा सीमित

काठमाडौं, १४ साउन । साताको चौथो कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि जारी गिरावटले यस दिन पनि निरन्तरता पाएको हो। बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घट्दै २६७२.५८ विन्दुमा झरेको छ। परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स २.३१ अंक, फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७७ अंकले ओरालो लागेका छन्। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब २ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार… पुरा पढौ

सुपर मादी हाइड्रोपावरको खुद नाफामा आकर्षक वृद्धि

काठमाडौं, १४ साउन । सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी, खुद नाफा तथा प्रतिशेयर आम्दानी (EPS) मा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले समीक्षा अवधिसम्ममा ४२ करोड ५९ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ करोड २७ लाख ९२ हजार रुपैयाँ रहेको नाफामा २७७.६८ प्रतिशतको आकर्षक वृद्धि देखिएको हो। आम्दानी र नाफाको… पुरा पढौ

सेयर बजारमा एनआरएन लगानी: कानूनी जटिलता फुकाउन बोर्ड सकारात्मक

काठमाडौं, १४ साउन । नेपाल धितोपत्र बोर्ड (SEBON) र गैर-आवासीय नेपाली (NRN) का प्रतिनिधिहरूबीच धितोपत्र बजारमा एनआरएनको सहभागिता तथा लगानी विस्तारका विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बोर्डको कार्यालयमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपाल सरकारको बजेट वक्तव्य बमोजिम गैर-आवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहभागी गराउन आवश्यक कानूनी सुधारको काम अघि बढाइएको जानकारी दिए। अध्यक्ष डा. भट्टका अनुसार बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा समेत यो विषय समावेश गरी कार्य अघि बढाउनेछ। विदेशमा आर्जन… पुरा पढौ

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

काठमाडौं, १४ साउन। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो । प्राधिकरण सञ्चालक समितिको बुधबारको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समय सीमासहित समिति गठन गरेको जनाएको छ । समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत् नियमन आयोगसमक्ष प्रक्रिया अघि… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १४ साउन। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०६ पैसा कायम गरिएको छ… पुरा पढौ

बिम्स्टेकको सहयोगसम्बन्धी उच्चस्तरीय नीतिगत संवाद सम्पन्न

काठमाडौं, १३ साउन। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को क्षेत्रीय सहयोग, एकीकरण तथा साझा समृद्धिका लागि जनस्तरबीचको सम्पर्क सुदृढीकरण विषयक संवाद कार्यक्रम आज सम्पन्न भएको छ । उक्त कार्यक्रम बिम्स्टेक क्षेत्रभित्र जनस्तरको सम्पर्क विस्तार र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको हो । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मुख्य वक्तव्य दिँदै बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले विगत तीन दशकमा बिम्स्टेकले हासिल गरेका उपलब्धि, जारी संस्थागत सुधार तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभयो ।… पुरा पढौ

हिमाल डेन्टल हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं, १३ साउन । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको हो। आईपीओ निष्काशन तथा बिक्री कार्यका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी औपचारिक सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता… पुरा पढौ

नेप्सेमा लगातार गिरावट, परिसूचक २६८८ विन्दुमा; कारोबार ४ अर्ब २ करोडमा सीमित

काठमाडौं, १३ साउन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो कारोबार दिन पनि गिरावट आएको छ। साताको बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा झरेर बन्द भएको छ। ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ०.७८ अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंकले ओरालो लागेका छन्। कारोबार रकममा पनि मन्दी नेप्से परिसूचकसँगै बजारमा कारोबार रकम पनि घटेको छ। मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा बुधबार कारोबार रकम… पुरा पढौ

चिकित्सा शिक्षा आयोगका लागि साढे ६ अर्ब बजेट स्वीकृत

काठमाडौं, १३ साउन। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि रु छ अर्ब ५५ करोड २५ लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित रु पाँच अर्ब ९९ करोड २१ लाख र आयोगको आन्तरिक स्रोततर्फ रु ५६ करोड चार लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिनुभयो । बैठकले गत आव… पुरा पढौ

निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय साढे ५० अर्बमाथि, शिखर इन्स्योरेन्स शीर्ष स्थानमा

काठमाडौं, १३ साउन । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले कुल ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा निर्जीवन बीमा व्यवसायमा उल्लेखनीय कारोबार भएको छ। शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि सार्वजनिक तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै व्यवसाय गर्ने सूचीको पहिलो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३ लाख ३६ हजार २ वटा बीमालेख जारी गर्दै ६ अर्ब ५१ करोड रुपैयाँ को कारोबार… पुरा पढौ