आर्थिक 📈

पुँजीबजार सुधारमा नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

काठमाडौं, १२ साउन। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिनुभयो । नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको उहाँको भनाइ थियो । अर्थमन्त्री वाग्लेले बोर्डको जिम्मेवारी नेपाल राष्ट्र बैंकको जत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुन निर्माण र नियमनका क्रममा… पुरा पढौ

असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने- प्राधिकरण

काठमाडौं, १२ साउन। नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचनामार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्नेगरी आवश्यक प्रबन्ध गरिएको उल्लेख गरेको छ । प्राधिकरणले विद्युत् खपतका आधारमा मासिक रुपमा बिलिङ हुने गरेको र गत असार महिनामा… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार ६ अर्बमा सीमित

काठमाडौं, ११ साउन । अघिल्लो कारोबार दिन बढेको सेयर बजार साताको पहिलो कारोबार दिन सोमबार भने पुनः ओरालो लागेको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अङ्कले घटेर २,७०१.३२ विन्दुमा झरेर बन्द भएको छ। यस दिन नेप्सेसँगै प्रमुख सूचकहरू पनि घटेका छन्। सेन्सेटिभ इण्डेक्स १.९८ अङ्क, फ्लोट इण्डेक्स १.८६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अङ्कले ओरालो लागेका छन्। कारोबार रकम र सेयर कित्ता नेप्से घट्दा कारोबार रकममा पनि सामान्य गिरावट आएको छ। गत शुक्रबार ६ अर्ब २६ करोड… पुरा पढौ

३० अर्ब निक्षेप खिच्दै नेपाल राष्ट्र बैंक

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले १७९ दिनका लागि उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो। वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन र ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत निरन्तर तरलता खिच्दै आएको छ। अनलाइन प्रणालीमार्फत बोलकबोल निक्षेप संकलनका लागि सोमबार (आज) अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेपको ब्याजदर भने… पुरा पढौ

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

भद्रपुर (झापा), ११ साउन। पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख भएको छ । उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने चिन्ता बढ्दै गएको भन्दै किसानले सरकारसँग तत्काल उत्पादनमैत्री नीति ल्याउन माग गरेका छन् । विद्युत् महसुलमा वृद्धि, माछाको दाना, औषधि तथा श्रम खर्च महँगिँदै जानु, प्रभावकारी बजार व्यवस्थापनको अभाव र भारतबाट हुने अवैध तथा सस्तो आयातित माछासँगको असमान प्रतिस्पर्धाले माछापालन व्यवसाय दबाबमा परेको किसानहरूको भनाइ छ । नेपाल मत्स्य विकास सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शिवाकोटीका अनुसार माछापालन… पुरा पढौ

‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

काठमाडौं, ११ साउन। कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन । यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ । प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन् । यस्तै, प्राधिकरणका सहायक कम्पनीले १७ हजार १०८ मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन् । प्राधिकरणका आफ्नै आयोजनाबाट कुल आठ हजार ९५९ मेगावाट घण्टा बराबरको… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ११ साउन। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०६ रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा… पुरा पढौ

नागढुंगा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा, कुन सवारीलाई कति लाग्छ शुल्क ?

काठमाडौं ११ साउन। लामो पर्खाइपछि काठमाडौंसँगको आवागमनलाई सहज र द्रुत बनाउने राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङमार्ग आज (साउन ११ गते, सोमबार) देखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ। सुरुङमार्गको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएसँगै आज बिहान ११ बजे एक औपचारिक कार्यक्रमका बीच यसको उद्घाटन गरिँदैछ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रमुख लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा सुरुङमार्गको उद्घाटन हुने कार्यक्रम तय भएको छ। काठमाडौंको टोटेपाखादेखि धादिङतर्फको सिस्नेखोला जोड्ने कुल २ हजार ६ सय ८०… पुरा पढौ

पाैने १८ खर्ब व्यापार घाटा व्यहोरेको नेपाललाई डेनमार्क र नर्वेसहित ३४ देशसँग भने फाइदा

काठमाडौं, १० साउन। नेपालको वैदेशिक व्यापार उच्च घाटामा गुज्रिरहेको भए पनि केही देशहरूसँगको व्यापारमा भने नेपालले उल्लेख्य फाइदा कमाइरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्याङ्क अनुसार समीक्षा वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबर पुगेको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत र निर्यातको हिस्सा १३.०७ प्रतिशत मात्र रहेको छ। समीक्षा अवधिमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट ३… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, १० साउन। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ६०० र चाँदी रु ६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४१० निर्धारण भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको… पुरा पढौ