आर्थिक 📈

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौं, १३ साउन। सरकारले देशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यका साथ तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७) को कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरिएको यस कार्ययोजनामा रणनीतिभित्र समेटिएका सुधारका कार्यक्रमहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन स्पष्ट खाका तयार पारिएको छ। यसका लागि: जिम्मेवार निकाय र समयसीमा: प्रत्येक गतिविधिको कार्यान्वयन गर्ने निकाय र सो पूरा गर्ने अवधि तोकिएको छ। सूचक र उपलब्धि: कार्यसम्पादनका चरण, अपेक्षित उपलब्धि, कार्यसम्पादन सूचक… पुरा पढौ

व्यवसायी शेखर गोल्छा १ करोड धरौटीमा रिहा

काठमाडौं, १३ साउन । व्यवसायी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा पक्राउ परेका गोल्छालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो। काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले थुनछेक बहसपछि गोल्छाविरुद्ध लगाइएका दुईवटा कसुरमा छुट्टाछुट्टै धरौटी तोकेको छ। अदालतको आदेश अनुसार: बिमा सम्बन्धी कसुरमा: ७५ लाख रुपैयाँ धितोपत्र सम्बन्धी कसुरमा: २५ लाख रुपैयाँ कुल १ करोड रुपैयाँ धरौटी रकम निर्धारण गरिएपछि गोल्छा सो रकम बुझाएर रिहा… पुरा पढौ

प्राकृतिक स्रोतमा आधारित कच्चा वस्तुमै सीमित सुदूरपश्चिमको व्यापार

सुदूरपश्चिम, १३ साउन। कैलाली–कञ्चनपुर सीमामा रहेको सुदूरपश्चिमको प्रमुख भन्सार नाका गौरीफन्टाबाट आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब २९ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्यका वस्तु निर्यात भएका छन् । कैलाली भन्सार कार्यालयका अनुसार यसरी निर्यात भएका अधिकांश वस्तु कच्चापदार्थ र वनजन्य उत्पादनमै सीमित छ, जसबाट रु एक करोड ८४ लाख ७१ हजार ७२३ राजश्व संकलन भएको छ । यसले सुदूरपश्चिममा मूल्य अभिवृद्धि गर्ने उद्योगको विकास हुन नसकेको र निर्यात अझै प्राकृतिक स्रोतमा आधारित रहेको देखिएको छ । भन्सार कार्यालयका… पुरा पढौ

गत आवमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

जनकपुरधाम, १३ साउन। जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसार आव २०८२/८३ मा कार्यालयको वार्षिक लक्ष्य रु आठ करोड १७ लाख १५ हजार रहेकामा लक्ष्यको ९०.१ प्रतिशत अर्थात रु सात अर्ब ४२ लाख राजस्व सङ्कलन भएको छ । अघिल्लो आव २०८१/८२ मा उक्त कार्यालयले वार्षिक लक्ष्यको ८०.९३ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । भन्सार नाकासम्म पुग्ने सडक र पुल लामो समयसम्म… पुरा पढौ

खिम्ती-घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैङ्ककाे एक अर्ब २४ करोड ऋण लगानी

काठमाडौं, १३ साउन। दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन नौ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैङ्कले रु एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ । आयोजना प्रवद्र्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैङ्कबीच मङ्गलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बैङ्कका तर्फबाट ‘सस्टेनेबल इनर्जी बैङ्किङ’ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गर्नुभएको थियो । कम्पनीका अनुसार दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगङ्गा गाउँपालिका–१ भएर बहने खिम्ती–घ्वाङ खोलामा निर्माण भइरहेको… पुरा पढौ

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौं, १२ साउन । नेपाली कृषकलाई आफ्नो खेत-बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ छ । तीन–चार महिना दुःखजिलो गरेर भित्राएको मकैले उचित मूल्य पाउन सकिरहेको छैनन् । तर, नेपालका होटल तथा रेष्टुरेण्टमा भने छिमेकी मुलुक भारत तथा चीनबाट आयात गरिएको ‘स्वीट कर्न फ्रोर्जन’ को परिकार खान भने नेपाली ग्राहक मरिहत्ते गरेको देखिन्छ । होटल एसोसिएसन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रे नेपालका होटल तथा रेष्टुरेण्टमा ग्राहकको रोजाइमा ‘स्वीट कर्न’ पर्दै आइरहेको बताउनुहुन्छ । ‘‘हाम्रै गाउँघरमा प्रशस्त मकै हुन्छ । तर, ‘स्वीट… पुरा पढौ

नेप्सेमा घट्दै : कारोबार रु ४ अर्ब ४२ करोडमा सीमित, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं, १२ साउन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो कारोबार दिन मंगलबार पनि मन्दी कायमै रहेको छ। अघिल्लो कारोबार दिन सोमबार घटेर बन्द भएको बजारले मंगलबार पनि सोही सुस्ततालाई निरन्तरता दिएको हो। नेप्से परिसूचक ४.६४ अंकले ओरालो लाग्दै २६९६.६७ विन्दुमा झरेको छ। नेप्सेसँगै बजारका अन्य प्रमुख सूचकहरू—सेन्सेटिभ इण्डेक्स ०.७० अंक, फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले घटेका छन्। शेयर बजारमा आएको सुस्ततासँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट दर्ज भएको छ। सोमबार ६ अर्ब ८ करोड… पुरा पढौ

नेप्सेको नयाँ सीइओका लागि आवेदन खुला: १५ वर्षे अनुभव र व्यावसायिक कार्ययोजना अनिवार्य

काठमाडौं, १२ साउन । नेपालको एक मात्र धितोपत्र बजार, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदपूर्तिका लागि खुला प्रतिस्पर्धात्मक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। अर्थ मन्त्रालयले मङ्गलबार एक सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो। नेप्सेमा नयाँ नेतृत्व चयन गर्नका लागि मन्त्रालयले पूर्वगठित 'छनोट तथा सिफारिस समिति' को निर्णयअनुसार यो प्रक्रिया अगाडि बढाएको हो। इच्छुक र योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा… पुरा पढौ

आज सुनचाँदीको भाउमा गिरावट

काठमाडौं, १२ साउन। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु चार हजार तीन सय घटेको छ भने चाँदी पनि रु एक सय ३५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार तीन सय १० कायम भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार पाँच सय र त्यति… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १२ साउन। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७४ पैसा कायम… पुरा पढौ