आर्थिक 📈

सरकारी सम्पत्तिको कर व्यक्तिबाट असुल्दै

चौतारा, १५ असार । गाउँमा सडक आएपछि धेरै सहज हुने सम्झेर सिन्धुपाल्चोकको बाह्रबिसे–ओखरेनी सडकको नयाँ ट्रयाक खुलाउने क्रममा स्थानीय मनिषा सुनारले आफ्नो भएको चार रोपनी जग्गामध्ये दुई रोपनी सडकलाई दिइन। विसं २०६२ मा बनेको सडकको मापदण्डअनुसार लगतकट्टा नहुँदा उनले अहिलेसम्म पनि मालपोत कर तिरिरहेकी छन् । ऐन, कानुनले सडकलाई सरकारी सम्पत्ति मान्ने गरे पनि सुनार भने झन्डै १८ वर्षदेखि सडकको पनि कर तिर्न बाध्य भएकी छन् । “गाउँको भलो सम्झिएँ, विकास हुने ठानेँ”, उनले भनिन्, “तर अहिले आएर हुँदै नभएको… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीमा गिरावट

काठमाडौं, १५ असार । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ घटेको छ । सुनमा रुपैयाँ २ सयले बृद्धि भएको हो भने चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ

‘सफ्ट ओपनिङ’काे दिनमै कमलादीकाे स्काइवाकमा मनोरम दृश्य हेर्नेकाे भिड

काठमाडौं, १५ असार । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १० करोड टिकटमै खर्चिन्छन् । फ्रान्सको आइफल टावरमात्रै होइन, पर्यटक आकर्षित गर्न दुबईमा बुर्ज खलिफा, इटालीमा लिनिङ टावर, जापानमा स्काइट्रीलगायत विश्वका कैयन् देशले यस्ता संरचना बनाएका छन् । ती संरचनामार्फत ती देशले विदेशी… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, १५ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ र यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ बिक्रिदर १३१ रुपैयाँ ६० रहेको छ । यूरो १ को… पुरा पढौ

भक्तपुरमा ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार’ मेला गरिने

भक्तपुर, १४ असार । मध्यपुरथिमि नगरपालिकाले स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘मेरो वृत्ति मेरो खोजी, मेरो सीप भविष्यको दीप’ भन्ने नाराका साथ ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार’ मेला आयोजना गर्ने भएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लामै पहिलो पटक स्थानीय जनशक्तिलाई तत्कालै स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले यही असार १६ गते मध्यपुरथिमि नगरपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालय सानोठिमीमा आयोजना हुने… पुरा पढौ

बिहिबार घट्यो सुन र चाँदीको भाउ

काठमाडौं, १४ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कस्तो ?

काठमाडौं, १४ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको बढेको छ । अन्य देशहरुको मुद्राको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ बिक्रिदर… पुरा पढौ

चालु आवको पुषसम्म प्रमुख कृषि बाली उत्पादन ४.३ प्रतिशतले बढ्याे: राष्ट्र बैंक

काठमाडौं, १४ असार । नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर केन्द्रीय बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन ४ दशमलव ३ प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने २ दशमलव १ प्रतिशतले घटेको छ । खाद्य तथा अन्य बालीको… पुरा पढौ

शर्माले सहकारीको साढे ११ अर्ब रकम हिनामिना गरेको पाइयो : सिआइबी

काठमाडौं, १३ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एकजना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको रु साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको जनाएको छ । सिआइवीले सहकारी हिनामिनाको आरोप लागेपछि फरार भएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्माले यसरी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको जानकारी गराएको छ । उनलाई यही असार ११ गते नेपालगञ्जबाट पक्राउ गरी आज सिआइबीले सार्वजनिक गर्दै कानुनी… पुरा पढौ

नेप्सेमा ३५.३७ अंकको गिरावट, करिब ६ अर्बको कारोबार

काठमाडौं, १३ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । यो साताका लागि आजको कारोबार अन्तिम कारोबार पनि हो । बिहिबार बकर इदको सार्वजनिक बिदा परेकोले सेयर बजार चारदिन पछि असार १७ आईतबार मात्रै खुल्नेछ । सूचकांकहरुमा गिरावट देखिएको भएपनि कुल कारोबार रकम भने करिब ६ अर्बको भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा झरेको छ । नेप्सेमा १.६२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ… पुरा पढौ