आर्थिक 📈

आव २०८२/८३ मा १० अर्ब राजस्व सङ्कलन

विराटनगर, ८ साउन। आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिनुभयो । कार्यालयले ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको उहाँले बताउनुभयो । सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड… पुरा पढौ

साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार, कारोबार रकम ६ अर्ब २५ करोड नाघ्यो

काठमाडौं, ८ साउन । अघिल्लो कारोबार दिनको वृद्धिलाई निरन्तरता दिँदै साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स २.१६ अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंकले सकारात्मक रहेका छन्। कारोबार रकममा उल्लेख्य वृद्धि बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा शुक्रबार कारोबार रकममा राम्रो सुधार आएको छ। यस दिन ३५३ वटा… पुरा पढौ

मितेरी डेभलपमेन्ट बैंकको नाफा १४ करोड बढी, खुद ब्याज आम्दानी ५० प्रतिशतले बढ्यो

काठमाडौं, ८ साउन । पूर्वी नेपालमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले आफ्नो खुद नाफा र प्रमुख वित्तीय सूचकहरूमा उल्लेख्य सुधार दर्ज गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको (१२ करोड ९५ लाख रुपैयाँ) तुलनामा ८.९८ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक… पुरा पढौ

सुन-चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ५,८०० रुपैयाँले घट्यो

काठमाडौँ ८ साउन। नेपाली बजारमा साउन ८ गते शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुनको मूल्य प्रतितोला ५ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेर आज प्रतितोला ४ हजार ३५० रुपैयाँमा कायम… पुरा पढौ

प्रत्येक नेपालीको थाप्लोमा रु १ लाख २ हजार ऋण, कुल सार्वजनिक ऋण पाैने ३० खर्ब

काठमाडौं, ८ साउन। सरकारको बढ्दो खर्च, कमजोर राजस्व संकलन र बजेट घाटाका कारण नेपालीको थाप्लोमा वर्षेनी ऋणको भार थपिँदै गएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आइपुग्दा प्रत्येक नेपालीको भागमा औसत १ लाख २ हजार ३ रुपैयाँ ऋणको भार पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण विनिमय दरको… पुरा पढौ

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं, ८ साउन। उच्च अदालत पाटनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले थुनछेक बहसपछि प्रारम्भिक सुनुवाइ गर्दै अग्रवाललाई अनुसन्धान र मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेको हो। यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाका प्रतिवादी रहेका अग्रवाललाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराएको थियो। अदालतको यो आदेशसँगै उनलाई कारागार चलान गर्ने प्रक्रिया अघि बढाइएको छ। उनीमाथि दर्ता भएको… पुरा पढौ

राष्ट्र बैंकद्वारा भारु २०० र ५०० दरका नोट सटही तथा प्रयोगमा सहजीकरण

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले भारतीय २०० र ५०० रुपैयाँ दरका नोट नेपालमा वैधानिक रूपमा प्रयोग गर्न तथा सटही गर्न सकिने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै आवश्यक प्रक्रियागत व्यवस्था पूरा गरी बिहीबारदेखि यो निर्णय कार्यान्वयनमा ल्याएको हो। नयाँ व्यवस्थाअनुसार सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २०० र ५०० रुपैयाँका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँ (IC) सम्म नेपाल ल्याउन, भारत लैजान र प्रचलित नियमअनुसार सटही गर्न… पुरा पढौ

पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने

काठमाडौं, ७ साउन। नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको भन्सार घोषणाबिनै नेपालमा ल्याउन पाइने जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर पाँच हजार डलर बराबरको अमेरिकी मुद्रा र पाँच हजार अमेरिकी डलर बराबर हुन आउने भारतीय रुपैयाँ पनि भन्सार घोषणाबिनै नेपालमा भित्र्याउन सकिने जनाएको हो । पाँच हजार अमेरिकी डलरभन्दा बढी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्रै ल्याउनुपर्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ… पुरा पढौ

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री वाग्ले

काठमाडौं, ७ साउन । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ‘ग्रे लिष्ट’ बाट चाँडै बाहिर निस्कने उहाँको विश्वास छ । आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई आज सम्बोधन गर्दै उहाँले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहीन ढङ्गले हेर्नुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री वाग्लेले कर प्रशासकहरूको वृत्तिविकास एवं उनीहरूको काम गर्ने तरिका र राज्यलाई गरेको सहयोगका… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको सुधार: परिसूचक २७२६ विन्दुमा, कारोबार रकममा भने गिरावट

काठमाडौं, ७ साउन। बिहीबार शेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेर बन्द भएको छ। लगातार छ कारोबार दिनको वृद्धिपछि अघिल्लो दिन करेक्सन भएको नेप्से, बिहीबार पनि 'इन्ट्रा-डे' करेक्सनपछि अन्तिम समयमा सकारात्मक लयमा फर्किंदै बन्द भएको हो। यस दिन नेप्से परिसूचक १४.१७ अङ्कले बढेर २७२६.७२ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९८ अङ्क, फ्लोट इण्डेक्स ०.७३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अङ्कले बढेका छन्। नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो कारोबार दिन (बुधबार) रु.… पुरा पढौ