आर्थिक 📈

इनर्जी ड्रिंक्सको आयात खाेल्न आपूर्तिमन्त्री रिजाल सकारात्मक

काठमाडौं, ४ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले इनर्जी ड्रिंक्सको आयातमा लगाइएको प्रतिबन्ध हटाउन आफू तयार रहेको बताएका छन । बुधबार नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधि मण्डलसँगको कुराकानीमा उनले प्रतिबन्ध लगाए पनि चोरी पैठारी कायमै रहेकोले ठूलो परिमाणमा राजस्व गुमिरहेको स्वीकार्दै सोको आयात खुलाउन आफूले प्रयास गर्ने बताए । इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध कायम रहे पनि विदेशी ब्रान्डको रेड बुल नामको इनर्जी ड्रिंक्स २५० देखि ३०० रुपैयाँसम्ममा विक्री भइरहेको आफैंले देखेको उल्लेख गर्दै उनले प्रतिबन्धको औचित्य नरहेको… पुरा पढौ

स्टार्टअप उद्यम कर्जाका लागि अयोग्य भए २ सय १३ आवेदक

काठमाडौं, ४ जेठ । स्टार्ट-अप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने २ सय १३ कम्पनी बाहिरिएका छन् । उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गरेका तीन सय ८२ वटा आवेदनमध्ये पहिलो चरणबाट उक्त कम्पनी बाहिरिएका हुन् । उद्योग विभागले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ को दफा ८ बमोजिम कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यामीलाई परियोजना प्रस्ताव पेस गर्न चैत १६ गते सूचना प्रकाशन गरेको थियो । प्रस्ताव पेस भएका आवेदनको प्रारम्भिक रुजु गर्दा कार्यविधिको दफा २ (झ) र ४… पुरा पढौ

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

इलाम, ४ जेठ । इलाम रोङ-६ का दावा स्याङ्बोले १ सय पचास घारमा मौरी पालेका छन् । विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएका उनले सेरेना जातका मौरी पालेका हुन्। पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका दरले घार व्यवस्थापन गरिएको उनले बताए । उनले भने, “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन ।” उत्पादनको पाँच प्रतिशत मात्र घारका लागि खर्च गर्न सकियो भने मौरी फस्टाउने उनको भनाइ छ । एउटा घारमा सातामा एक पटक अनिवार्य पुग्नैपर्ने उनले बताए । उनले वार्षिक दुई… पुरा पढौ

नेप्सेमा ३२.३० अंकको बृद्धि, १ अर्ब ४७ करोडको कारोबार

काठमाडौं, ४ जेठ । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेको उकालोको यात्राले लगानीकर्ताहरुलाई उत्साहि बनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.७५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.२३ अंकले बढेर ३५८.१८ विन्दुमा पुगेको छ । यसदिन सबै १३ वटै सूचकांकहरुमा हरियालीका साथ कारोबार रकममा पनि बृद्धि भएको छ । कुल २६४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४४… पुरा पढौ

खराब कर्जाकाे कारण अभियान लघुवित्तकाे नाफामा असर

काठमाडौं, ४ जेठ । अभियान लघुवित्त वित्तीय संस्थाले यसपटक घाटा व्यहाेरेकाे छ । सार्वजनिक भएकाे वित्तीय विवरणका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउदा संस्थाले रुपैयाँ १ करोड २१ लाख ८० हजार नोक्सान व्यहोरेको हाे । संस्थाले गएकाे वर्ष साेहि अवधिमा १ करोड २ लाख रुपैयाँ नामा कमाएको थियाे । यस पटक १ करोड २१ लाख ८० हजार रुपैयाँ नोक्सान व्यहोरेको हाे । अभियानकाे खुद ब्याज आम्दानी घटेको छ । खराब कर्जा बढेपछि नाफामा असर परेकाे हाे ।  अभियानकाे खुद… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरोकाे घट्यो

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोलगायतका देशको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ५२ पैसा बिक्रिदर १३२ रुपैयाँ… पुरा पढौ

शुक्रबार सिटी होटलको आइपीओ बाँडफाँड गरिदै, १० लाख बढीकाे हात रित्तै हुने

काठमाडौं, ४ जेठ । सिटी होटलको सेयर (आइपीओ) भाेलि शुक्रबार बाँडफाँड गरिने भएकाे छ । साे सेयर सिटी होटल छिन्नताला चोक, सोल्टीमोड काठमाडौंमा बिहान ८.३० बजे बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएकाे छ । वैशाख २५ गतेदेखि २८ गतेसम्म निष्कासन गरिएकाे सेयरमा मागभन्दा बढी ९.४३ गुणा बढी निवेदन परेकाेले धेरैकाे हात खालि हुनेछ । अर्थात १० लाख २५ हजार ६८६ जनाको हात रित्तै हुनेछ ।  कम्पनीकाे सेयरमा ११ लाख ६१ हजार २८० जनाले १ करोड २७ लाख ८८… पुरा पढौ

७९ करोड लागतकाे नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा

झापा, ४ जेठ । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ। पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी दिए। उनले साढे तीन वर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड–१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताए । इनर्जीको नाममा… पुरा पढौ

गाँजालाई कानुनी दायरामा ल्याएर आम्दानीको स्रोतसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे

गोरखा, ४ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु रक्सीलाई कानुनी दायरामा ल्याएर आम्दानीको स्रोतको रुपमा जोड्न सकिने बताएका छन् । गृहजिल्ला गोरखामा पत्रकारसँग कुराकानी गर्दै उनले गाँजा खेतीलाई खुला गरेर जनताको आयआर्जन र गण्डकी प्रदेश सरकारको आर्थिक वृद्धिसँग जोड्न सकिने बताए। मुख्यमन्त्री पाण्डेले गाँजा औषधि हो वा लागुऔषध हो भन्ने विषयमा बहस गरी एउटा निष्कर्षमा पुग्नुपर्ने बेला आएकोसमेत बताए। “गाँजा लागुऔषध हो कि औषधि हो यसबारेमा बहस हुनुपर्छ’, उनले भने, “यदि यो औषधि पनि हो भने… पुरा पढौ

यसवर्ष गण्डकीमा सबैभन्दा बढी आर्थिक वृद्धिदरको अनुमान

काठमाडौं, ३ जेठ । यसवर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा तीन दशमलव तीन प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अनुमान गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा दुई दशमलव एक, कोशी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक दशमलव नौ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा एक दशमलव आठ, मधेशमा एक दशमलव सात… पुरा पढौ