आर्थिक 📈

आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक

काठमाडौं, २ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि औद्योगिक पूर्वाधार निर्माण र प्राकृतिक स्रोतको अधिकतम प्रयोगमार्फत् आन्तरिक उत्पादन बढाउन आवश्यक रहेको बताएका छन् । उद्योग मन्त्रालय र नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको ‘मेक इन नेपाल : स्वदेशी समिट, २०२३’ को उद्घाटन सत्रमा उनले नेपाली वस्तु तथा सेवाको प्रवर्द्धनका लागि ‘मेक इन नेपालः स्वदेशी’ अभियान एक महत्वपूर्ण कदम हुने बताए। आन्तरिक उत्पादन बढाउनका लागि गरिनुपर्ने नीतिगत र व्यवहारिक सुधार एवम् समन्वयका लागि… पुरा पढौ

नेप्सेमा सामान्य अंकको बृद्धि, कारोबार ६४ कराेडमा सिमित

काठमाडौं, २ जेठ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा सामान्य अंकको बृद्धि देखिएको छ । यसले लगानीकर्तामा खुसि थपिए पनि कारोबार रकमको पारो भने उल्लेखनीय रुपमा बढ्न सकेन । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ३.२९ अंकले बढेर १८२१.६० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले घटेर ३४९ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये दुई वटामा रातो लागेको छ । उनीहरु दुबैको सेयर… पुरा पढौ

अर्थ समितिको पहिलो बैठकमा अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्ससम्मकाे छलफल

काठमाडौं, २ जेठ । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ । समितिको आज बसेको बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो । बैठकमा विशेष गरी सांसदहरुले अर्थतन्त्रको वर्तमान अवस्था, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यदिशा, भ्रष्टाचार नियन्त्रण तथा सुशासन, संसदीय समितिमा स्वार्थ बाझिने गरी सांसद नियुक्ति, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा अनियमिताको आशङ्कालगायतका विषयमा… पुरा पढौ

आर्थिक मन्दीले बाँकेका ८ वटा सहकारी गाभिए

बाँके, २ जेठ । बाँकेका ८ वटा सहकारी एकीकरण भएका छन् । कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरु चुस्तदुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा शमशेरगञ्जमा आयोजित कार्यक्रममा ८ वटा सानाकिसान सहकारी संस्था अष्टम सानाकिसान कृषि सहकारी संस्थामा एकीकरण भएका हुन् । एकीकरण हुनेमा महादेवपुरी राप्ती सोनारी–८स्थित सानाकिसान कृषि सहकारी संस्था लि, बैजनाथ–६ स्थित लगनशील सानाकिसान कृषि सहकारी संस्था लि, बैजनाथ–८स्थित महिला सानाकिसान कृषि सहकारी संस्था लि, राप्ती सोनारी–४स्थित सूर्यलक्ष्मी सानाकिसान कृषि सहकारी संस्था लि,… पुरा पढौ

यस्ताे छ आजकाे सुन चाँदीको भाउ

काठमाडौं, २ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बढेको हो । उता चाँदी साेमबारकै भाउमा कारोबार भईरहेको छ। यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ

बढ्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कस्तो ?

काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ र यूरोको भाउ बढेको छ । साथै अन्य देशकाे मुद्राकाे भाउ पनि बढेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ… पुरा पढौ

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

गल्याङ, २ जेठ । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गरेका छन्। गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाएका उनी तीन वर्षदेखि यो पेसामा आबद्ध छन्। अत्यधिक माग हुन थालेपछि उनले व्यावसायिकरूपमा सयपत्री फूलको खेती गर्दै आएका हुन। रानाले स्याङ्जासहित पाल्पा, पर्वत, कास्कीलगायतका जिल्लामा वार्षिकरूपमा रु दुई लाख बराबरको सयपत्री फूल निर्यात हुने गरेको जानकारी दिए। “सिजनमा मासिक रु २० देखि ३० हजार बराबरको फूल तथा माला बिक्री हुन्छ”, उनले भने, “अफसिजनमा… पुरा पढौ

रु १८ लाख ठगी गरेको आरोपमा विश्वकर्मा पक्राउ

काठमाडौं, २ जेठ । प्रहरीले रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोमानिया पठाइदिन्छु भनी रु १८ लाख ठगी गर्ने बागलुङ घर भई हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । विभिन्न व्यक्तिसँग रकम ठगी गरेको उजुरीको आधारमा विश्वकर्मालाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकृत रवीन्द्र रेग्मीले जानकारी दिए। विश्वकर्माले आठ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति… पुरा पढौ

सेयरबजारमा झिनो अंकको गिरावट, साडे ७२ करोडकाे काराेबार

काठमाडौं, १ जेठ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा झिनो अंकको गिरावट भएको छ । हालै नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षापछि उकालो लाग्ने आशा गरिए पनि बजार अझैं सहज किसिमले अगाडी बढ्न सकेको छैन । सेयर बजारका जानकारहरुले अब बजारमा नकारात्मक प्रभाव आर्थिक वर्ष २०८०-२०८१ को बजेट आउँदासम्म पर्ने आकलन गरेका छन् । बजेट कस्ताे आउछ बजारमा पनि साेहि अनुसारकाे प्रबृति देखिनेछ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.३४ अंकले… पुरा पढौ

सरकारको आम्दानीभन्दा खर्च साढे २ खर्ब बढी

काठमाडौं, १ जेठ । सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो । यो अवधिमा रू १० खर्ब ४७ अर्ब बराबर सरकारी खर्च हुँदा राजस्व सङ्कलन र अनुदान प्राप्ति भने रू सात खर्ब ९७ अर्ब बराबर मात्रै छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार १० महिनामा सरकारले वार्षिक विनियोजनको ५८ दशमलव ४१ प्रतिशत बराबर बजेट खर्च… पुरा पढौ