आर्थिक 📈

बढ्यो सुनको भाउ, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बढेको हो । चाँदी आईतबारकै भाउमा कारोबार भईरहेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुनको भाउ तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोलगायत अन्यको भाउ घट्यो

काठमाडौं, १ जेठ । नेपाल राष्ट्र बैंकले आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोकोलगायतका देशकाे मुद्राकाे भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १७ पैसा… पुरा पढौ

अप्पर स्याङ्गे हाईड्रोपावरकाे आईपीओ आजदेखि खुल्ला

काठमाडौं, १ जेठ । अप्पर स्याङ्गे हाईड्रोपावरले आजदेखि सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरेकाे हाे । कम्पनीका अनुसार जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशतले २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरिएकाे हाे । सेयरमा लमजुङ्गको मस्र्याङ्गदी गाउँपालिका अन्तर्गत साविकका घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ्ग गाविस वडा नं ४, घेरमु… पुरा पढौ

आगामी वर्षको कार्यक्रम पेस गर्न कामपाको निर्देशन

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ । कामपाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले विभागीय प्रमुखहरुको बैठकमा चालु आर्थिक वर्षको सिलिङ नबढ्ने गरी, कार्यान्वयन योग्य कार्यक्रम तर्जुमा गर्न विभिगीय प्रमुखहरुलाई निर्देशन दिए । “महानगर गौरवका योजना के हुन सक्छन् ? सोच र परिकल्पना पत्र निर्माण गर्नुहोस्”, अधिकारीले भने, “हामीले महानगर कस्तो बनाउन चाहेका छौँ । कार्यक्रमबाट देखिनुपर्छ । यी कार्यक्रम नागरिकसँग जोडिने खालका हुनुपर्छ ।… पुरा पढौ

कालिका लघुवित्तको कामु सीइओमा फणिन्द्र पाण्डे नियुक्त

काठमाडौं, ३१ बैशाख । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे कामु प्रमुख कार्यकारी अधिकृतमा फणिन्द्र पाण्डे नियुक्त भएका छन । लघुवित्तको बैशाख २९ गते बसेको संचालक समितिको बैठकले भाेलि जेठ १ गतेदेखि लागू हुनेगरी युवा बैकर पाण्डेलाइ कामु सीइओको जिम्मेवारी दिएको हो । उनी यसअघि संस्थाकाे नायब प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा थिए । कालिका लघुवित्तकाे साेही दिनकाे संचालक समितिको बैठकले संस्थाका प्रबन्ध संचालक केशवनारायण प्रधानले दिएको राजिनामा पनि स्वीकृत गरेको जनाइएकाे छ । पुरा पढौ

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडाैं, ३१ बैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजपनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५२ अङ्कले ओरालो लागेर तीन सय ४९ दशमलब ५८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा सामान्य वृद्धि भएको छ,… पुरा पढौ

मोदी इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं, ३१ वैशाख । मोदी इनर्जीको सेयर (आइपीओ) आज बाँडफाँड सम्पन्न भएको छ । आवेदन स्वीकृत भएका ५ लाख ६१ हजार २२६ जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीकाे सेयरमा १२ लाख ३६ हजार २६९ जना आवेदकले आवेदन दिएका थिए । उनीहरुमध्ये ६ हजार ५२८ जनाको आवेदन रद्द अस्वीकृत गरिएकाे थियाे । सर्वसाधारण लगानीकर्ताका लागि ५६ लाख १२ हजार २६० कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएकाे छ। कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म सेयर… पुरा पढौ

आईतबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, ३१ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी शुक्रबारकै भाउमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको बताएको छ । यसअघि शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख १० हजार… पुरा पढौ

कालिञ्चोक दर्शनको नाफा र इपीएस दुबै बढ्याे

काठमाडौं, ३१ वैशाख । कालिञ्चोक दर्शनकाे तेस्राे त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित भएकाे छ । साे विवरण अनुसार कम्पनीको खुद नाफा बढेकाे देखिएकाे छ । पहिलो ९ महिनामा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको पाइएकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ४५.४२ प्रतिशतले बढी हो। गएकाे वर्ष कम्पनीको नाफा १ करोड ५६ लाख रुपैयाँ रहेकाे थियो। कम्पनीको आम्दानीमा भएकाे बृद्धिसँगै खुद नाफा बढ्नमा सहयाेग भएकाे हाे । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ३७… पुरा पढौ

तरभुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी

बेदकोट, ३१ वैशाख । महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा । अघिल्तिर भरिभराउ तरभुजा । किनमेल गर्नेको त्यस्तै भीडभाड । झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ । शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ । तरभुजा किन्न यात्रु सवारीसाधन रोकेर ओर्लिरहेका छन् । घाम छल्न त्रिपाल टाँगिएको छ । त्रिपालमुनि बसेर कोही ग्राहक कुरिरहेका छन् । कोही तरभुजा तौलिनमा व्यस्त देखिन्छन् । तरभुजाको मोलमोलाइ पनि चलिरहेकै छ । यहीँ… पुरा पढौ