आर्थिक 📈

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

काठमाडौं, २६ वैशाख । वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म रु रु ७४ करोड छ लाख राजस्व सङ्कलन भएको छ । सगरमाथाबाट मात्रै रु ६५ करोड पाँच… पुरा पढौ

नेप्सेमा १०.६६ अंकको बृद्धि, हिमाल दोलखा हाइड्रोपावरकाे काराेबार अब्बल

काठमाडौं, २६ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ । नेप्सेमा आएको सकारात्मक माहौलले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.८७ अंकले बढेर ३५४.२५ विन्दुमा पुगेको छ । यसदिन १३ उप समूहहरुमानै हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । यसदिन कुल २६९ कम्पनीको सेयर कारोबार भएको छ ।… पुरा पढौ

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइनेछ: अर्थमन्त्री महत

काठमाडौं, २६ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन्। राष्ट्रियसभामा आर्थिक वर्ष २०८०-८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन्। उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता समेत व्यक्त गरे। सांसदहरुले महत्वपूर्ण सुझाव दिएको उल्लेख गर्दै मन्त्री महतले… पुरा पढौ

बढ्यो सुनको भाउ, चाँदीको स्थिर, कति पर्छ ताेलाकाे ?

काठमाडौं, २६ वैशाख । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले बढेको हाे। चाँदी स्थिर भाउमा कारोबार भईरहेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ

घट्यो अमेरिकी डलरको भाउ, यूरोलगायत अन्य देशको बढ्यो

काठमाडौं, २६ वैशाख । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउमा सामान्य गिरावट भएको छ । यूरो लगायतका अन्य देशको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ… पुरा पढौ

अन्नपूर्ण गाउपालिकामा अनलाइन राजस्व भुक्तानी सेवा सुरु

कास्की, २६ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले संयुक्त रुपमा अनलाइन सेवाको शुभारम्भ गरे। सेवाग्राहीले अब गाउँपालिकाको करदाता ‘पोर्टल’ खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् । हाल कनेक्ट आइपीएस र इ सेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको… पुरा पढौ

अर्थतन्त्रकाे सुधार झारफुकले पुग्दैन, सर्जरी गर्नुपर्छ : डा वाग्ले

काठमाडौं, २५ वैशाख । सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा राखे। त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै विषय समटेको भए पनि त्यसले अपेक्षित आशा जगाउन नसकेको उनको भनाइ… पुरा पढौ

बजेट निर्माणमा पूर्व अर्थमन्त्री कार्की र पौडेलकाे यस्ताे छ सुझाव

काठमाडौं, २५ वैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेपछि अहिले सङ्घीय संसद्मा यस विषयमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको बर्खे अधिवेशनको पहिलो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आव २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्तुत गरेको उक्त प्रस्तावउपर सदनमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावमाथि लगातार ३ दिनसम्म छलफलका लागि समय निर्धारण गरेका छन् । जसअनुरुप… पुरा पढौ

उपत्यकामा उच्च क्षमताका आठ सवस्टेसन निर्माण हुँदै

काठमाडौं, २५ वैशाख । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सवस्टेसन निर्माण गरिरहेको छ । काठमाडाै उपत्यकामा चार सयदेखि एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भविष्यमा वृद्धि हुनसक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौंँ उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्धरुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ । सन् २०५० सम्ममा काठमाडौँ उपत्यकाको विद्युत्को उच्चतम माग… पुरा पढौ

सिटि होटलकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, २५ वैशाख । सिटि होटल लिमिटेडले आजदेखि सर्वसाधारण लागि सेयर आईपीओ निष्काशन गरेकाे छ। यसअघि कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ । जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुने १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता छुट्याएकोमा पहिलो चरणमा १ लाख ६७ हजार ४०० कित्ता वैदेशिक रोजगारमा गएकाहरुकाे लागि बाँडफाँड भइसकेकाे छ । यसमा ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । ६६ हजार… पुरा पढौ