आर्थिक 📈

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पाेखरा, ७ साउन। सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो । यस्तै, ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा–दुबईलगायत अन्य अन्तरराष्ट्रिय गन्तव्यमा… पुरा पढौ

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं, ७ साउन। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो । संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरेको छ । संशोधित कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान उपलब्ध गराउने प्रक्रिया, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई स्पष्ट र थप व्यवस्थित बनाइएको छ । अनुदान प्राप्त गर्ने… पुरा पढौ

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ, ७ साउन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ५०५ निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु… पुरा पढौ

NIFRA को व्यावसायिक दायरा विस्तार: नाफा र प्रतिशेयर आम्दानीमा भने संकुचन

काठमाडौं, ७ साउन। पूर्वाधार विकास बैंकका रूपमा सञ्चालित नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा आफ्नो व्यावसायिक दायरा विस्तार गरे पनि खुद नाफा र प्रतिशेयर आम्दानीमा भने संकुचन बेहोरेको छ। मुख्य गरी ब्याज खर्चमा भएको वृद्धि र खुद ब्याज आम्दानीमा आएको गिरावटका कारण बैंकको नाफा प्रभावित भएको हो। गत असार मसान्तसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (१ अर्ब २३ करोड ४० लाख रुपैयाँ) तुलनामा १९.९८ प्रतिशतको… पुरा पढौ

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

जनकपुरधाम, ६ साउन। बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा रु छ अर्ब छ करोड ७८ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन भएको हो । आव २०८२/८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ रु दुई अर्ब ५५ कारेड सात लाख ३० हजार, आयकरतर्फ रु दुई अर्ब छ करोड… पुरा पढौ

कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी

महेन्द्रनगर, ६ साउन। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लक्ष्यअनुरुप वार्षिक राजस्व सङ्कलन गर्न सकेन । गत आर्थिक वर्ष २०८२/०८३ मा रु ६९ करोड दुई लाख ८६ हजार वार्षिक राजस्व सङ्कलनको लक्ष्य लिएकोमा रु ६० करोड नौ लाख ६२ हजार राजस्व जम्मा भएको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकृत चक्रदेव भट्टले जानकारी दिनुभयो । “लक्ष्यभन्दा १३ प्रतिशतले कम राजस्व जम्मा भयो”, सूचना अधिकृत भट्टले भन्नुभयो, “तोकिएकोमा ८७.५ प्रतिशत राजस्व जम्मा भएको छ ।” उहाँले गत जेठमा करको दरमा गरिएको कडाइ र वनबासा पुल… पुरा पढौ

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं, ६ साउन । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढिरहेका बेला हुवावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणसम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले आज यहाँ आयोजित कार्यक्रममा ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा’ (पीभी) र ‘लुटेरा ग्रिड–फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली’ (इएसएस) सार्वजनिक गरेको हो । कम्पनीका अनुसार फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा (पीभी) ठूला क्षमताका सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएको विकसित डिजिटल प्रणाली हो । यसले कृत्रिम बौद्धिकता… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं, ६ साउन। धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० अङ्कले घटेर ४७० दशमलव ३१ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ७७ अङ्कले घटेर १८५ दशमलव ८५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शूल्य दशमलव ५८ अङ्कले घटेर १५९… पुरा पढौ

नेको इन्स्योरेन्सकाे १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, ५ साउन । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल कायम रहेका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो। कम्पनीका संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएपछि असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले शेयर बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका उक्त शेयर बिक्रीका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। नेपाल बीमा प्राधिकरणद्वारा जारी… पुरा पढौ

नेप्सेमा लगातार छैटौँ दिन सुधार, कारोबार साढे ६ अर्ब नाघ्यो

काठमाडौं, ५ साउन। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि लगातार उकालो लागिरहेको शेयर बजारले मंगलबार पनि सोही वृद्धिको क्रमलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २,७२६.४९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंकले बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने स्थिर रहेको छ। परिसूचकसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। अघिल्लो दिन… पुरा पढौ