आर्थिक 📈

कारोबार घट्न थालेपछि छाला जुत्ता व्यवसाय सङ्कटमा

टीकापुर, २३ माघ । कैलालीको टीकापुरमा रहेका छाला जुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन् । व्यवसायमा विगतभन्दा कारोबार घट्दै जान थालेपछि व्यवसायी विदेश जान थालेका हुन् । जुत्ता व्यवसायी चार जना अहिले विदेश गइसकेको उनीहरू बताउँछन् । अन्य छ जनासमेत विदेश जाने तयारीमा रहेको व्यवसायी तिलबहादुर सार्कीले बताए । यसरी जुत्ता निर्माण गर्ने व्यवसायी विदेश जान थालेपछि व्यवसाय भने महिलाले धान्न थालेका छन् । छाला जुत्ता व्यवसायीले टीकापुरमा यो व्यवसाय थालेको कसैको… पुरा पढौ

वीरगञ्ज भन्सारद्वारा रु ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन

वीरगञ्ज, २३ माघ । पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि पुससम्ममा रु एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ६१ दशमलव २७ प्रतिशत अर्थात् रु ७६ अर्ब ६३ करोड चार लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए। उनका अनुसार सो भन्सार कार्यालयको चालु आवमा रु दुई खर्ब ६१ अर्ब ९९ करोड… पुरा पढौ

हुण्डी गर्न सङ्कलित ७८ लाख ५० हजारसहित कारोबारी पक्राउ

काठमाडौं, २३ माघ । प्रहरीले काठमाडौंबाट हुण्डी गर्न सङ्कलित रु ७८ लाख ५० हजार र चार लाखको चेकसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँमा विभिन्न व्यक्तिहरूले नेपाल राष्ट्र बैँकले जारी गरेको आदेश/निर्देशन विपरीत इजाजतपत्र नलिई वित्तीय कारोबार (हुण्डी) गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। कार्यालयको विशेष टोलीले निगरानी गर्ने क्रममा उनीहरूबाट हुण्डी गर्न सङ्कलित उक्त रकमसँगै रु चार लाखको चेकसमेत बरामद गरेको छ । यसरी… पुरा पढौ

रासायनिक मल उपलब्ध गराउन चिया उद्योगीको माग

झापा, २३ माघ । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ । हजारौँ मजदुर र किसान यसमा आश्रित छन् । तर दुःखको कुरा के छ भने सरकारलाई चियाखेतीमा मल चाहिन्छ भन्ने थाहा छैन । विसं २०७७ देखि सरकारले चियाखेतीका लागि रासायनिक मल उपलब्ध गराउन छाडेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शिवकुमार गुप्ताले बताए। नेपालले विदेशमा चिया निर्यात गरेर बर्सेनि… पुरा पढौ

टेलिकमकाे फाइभजी परीक्षण जारी, देशव्यापी बिस्तार हुँदै : प्रबन्ध निर्देशक पौडेल

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ । टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताए। उनले फाइभजी प्रभावकारीरुपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गरे। जीएसएम प्रविधिअन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिकरुपमा नै फरकरुपमा सञ्चालन हुने उनको भनाइ छ । कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटिटिएच सेवा देशव्यापी बिस्तार गरिरहेको… पुरा पढौ

१४ उद्योगले पाए नेपाल गुणस्तर प्रमाण चिन्ह

काठमाडौं, २२ माघ । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ । विभागले चालु आर्थिक वर्षको ६ महिनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको हो । गुणस्तर चिह्न पाउनेमा सिमेन्ट, टिएमटी छड, रङ, एचडिपीई पाइप, सिपीभीसी पाइप, यूपीभिसी पाइप, जस्मिन हाईजिन सेनिटरी पाइप, पेभर्स लकलगायत कम्पनी रहेका छन् । विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समयमा गुणस्तर चिह्नप्रति उद्योगी व्यवसायीको भरोसा बढ्दै गएको बताए । “अघिल्ला वर्षको… पुरा पढौ

सेयर बजार सामान्य बढ्यो, करिब २ अर्बको कारोबार

काठमाडौं, २२ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन नेपाली सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । नेप्सेमा दोहोरो अंकको बृद्धि भएपनि कारोबार रकममा अन्य दिनहरुको तुलनामा उल्लेखनिय प्रगति भएको देखिएन । आर्थिक तरलता, वित्त बजारको असन्तुलन, लगानीकर्ताहरुको असन्तुष्टि र राजनीतिक घटनाक्रमले नकारात्मक लयमा जाने गरेको सेयर बजारले कहिलेदेखि सकारात्मक लयलाई पछ्याईरहने हो पर्ख र हेरको अवस्थामा रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेपरिसूचक १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ । नेप्सेमा ०.०७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ… पुरा पढौ

मलङ्गवा भन्सारद्वारा ६ महिनामा साढे १७ करोड राजस्व सङ्कलन

सर्लाही, २२ माघ । भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको ६ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्म रू ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू १७ करोड ३५ लाख ८६ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दिए। उनका अनुसार कार्यालयले चालु आवमा रू ७८ करोड ५० लाख ७६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । आव २०७८÷७९ मा लक्ष्यको ८५ प्रतिशत र आव २०७७÷७८ मा लक्ष्यको… पुरा पढौ

बिपिडब्लु लघुवित्तको आइपिओमा कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, २२ माघ । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आजदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा नौ हजार सात सय कित्ता साधारण शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्काशित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन ८ गतेसम्म अधिकतम एक हजार… पुरा पढौ

राष्ट्र बैंकका संस्थापक गभर्नरको निधनले अर्थतन्त्रमा अपूरणीय क्षति: गभर्नर अधिकारी

काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गर्भनर हिमालय शमशेर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । राणा निवास थापाथलीमा पुगेर पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको निधनले नेपालको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको बताएका हुन् । “समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उहाँको निधनले ठूलो क्षति पुगेको छ, यो क्षेत्रले अभिभावक गुमाएको छ ।” केन्द्रीय बैंकको सोच, आवश्यकता, स्थापना, दृष्टिकोण ल्याउने व्यक्तित्व राणाले मुलुकको आर्थिक क्षेत्रमा भएको योगदान चर्चा गरेर… पुरा पढौ