आर्थिक 📈

इयुको सहयोग प्राथमिकतामा नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा

काठमाडौं, २६ माघ । युरोपेली सङ्घ (इयु) ले नेपाललाई प्रदान गर्ने सहयोगका विविध क्षेत्रमध्ये नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँचको विषयलाई प्राथमिकतामा राखेको छ । नेपालको एक दिने औपचारिक भ्रमणका क्रममा आइपुग्नुका अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त युटा उर्पिलाइनेनले भेटवार्तामा नवीकरणीय ऊर्जाका साथै पानी र सरसफाइ तथा मानव पूँजी विकासलगायतका क्षेत्र प्राथमिकतामा रहेको सम्बन्धमा छलफल गरे। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्ता गरेकी थिइन। सो अवसरमा नेपाल–इयु सहकार्यका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी… पुरा पढौ

मायाखोला हाइड्रोको आइपीओ भाेलि बाँडफाँड गरिने

काठमाडौं, २५ माघ । माया खोला हाइड्रोपावरको आइपीओ भाेलि बिहीबार बाँडफाँड गरिने भएकाे छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीबार बिहान ९.३० बजे आफ्नै कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ । यता, माया खोला हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ७.९६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।  यसमा १३ लाख ९७ हजार ७२३ जनाले कुल १ करोड ५८ लाख ६३ हजार ८१० कित्ताको लागि आवेदन दिएका छन् । जसमा… पुरा पढौ

सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ६९ करोडको कारोबार

काठमाडौं, २५ माघ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।अघिल्लो दिन मंगलबार सेयर बजारमा भारि अंकको बृद्धि भएको थियो । दुईवटा उपसमूहरुम मात्रै हरियो लागेको छ भने बाँकी ११ वटामा रातो लागेको छ । तर कारोबार रकममा भने उल्लेख्य प्रगति भएको छ । मंगलबारको उछाललाई देखेर सेयर बिक्रीकाे लहर बढ्दाखेरि सेयर बजारमा यस्ता घटनाहरु भईरहने जानकारहरु बताउँछन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा झरेको… पुरा पढौ

सुनचाँदी रत्न तथा आभूषण महासंघको नवौं वार्षिक साधारणसभा चितवनमा हुने

पोखरा, २५ माघ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको दशौं वाषिकोत्सव तथा नवौं वार्षिक साधारण सभा चितवनमा हुने भएको छ । उक्त कार्यक्रम आगामी माघ २६ गते चितवनको पार्क सफारी रिसोर्टमा हुने महासंघका महासचिव किसान सुनारले जानकारी दिए । ‘संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक महासंघको वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणसभा राजधानी बाहिर गर्दै छौं, सुनारले भने, ‘राजधानी बाहिर पहिलो पटक हुन लागेको साधारणसभालाई विधान केन्द्रित महाधिवेशन भनेका छौं ।’ उनले विधान संशोधन गर्दै प्रदेश गठनलाई तीव्रता दिने बताए ।… पुरा पढौ

प्रि-ओपन सेसनमा ४ अंकले बढ्यो नेप्से

काठमाडौं, २५ माघ । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४ अंकभन्दा बढीले उकालिएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार नेप्से ७६.६४ अंक बढेर २१७७.३४ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से परिसूचक ४.२७ अंक बढेर २१८१.६२ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२३ अंकले बढेको छ । आजको प्रि-ओपन सेसनमा ३९ वटा स्टकको ३६ लाख ३१ हजार ५९६ रुपैयाँ ६० पैसा बराबरको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।… पुरा पढौ

बढ्यो सुनको भाउ, चाँदीमा सामान्य गिरावट

काठमाडौं, २५ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । सुनको भाउमा यसदिन रुपैयाँ २ सयले बढेको छ । चाँदीको भाउमा भने रुपैयाँ ५ ले गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ

राजस्व चुहावट नियन्त्रण गर्नुस् : प्रधानमन्त्री दाहाल

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रम भङ्ग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ‘राजस्वको अवस्था र चुहावट नियन्त्रण’सम्बन्धी छलफलमा प्रधानमन्त्री दाहालले भने, “अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचक सकारात्मक हुँदै गएका देखिए । गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो । तर, यसको अर्थ नेपाली अर्थतन्त्र सङ्कटमुक्त भइसक्यो भन्ने होइन । राजस्व सङ्कलनमा अहिले पनि केही समस्या छन्… पुरा पढौ

लोकतान्त्रिक साझेदारीमा युएसएआइडीद्वारा ६ करोड डलर सहयोगको घोषणा

काठमाडौं, २४ माघ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ । दुई दिने नेपाल भ्रमणमा रहेका युएसएआइडीका प्रशासक सामन्था पावरले आज नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले पाँच करोड ८५ लाख अमेरिकी डलर (साढे सात अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गरे। सो रकम स्रोतको उपलब्धतामा निर्भर हुनेछ । उक्त घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा… पुरा पढौ

१९.५ मिलियन अमेरिकी डलर रहेकाे ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम शुरु

काठमाडौं, २४ माघ । नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चारवर्षे संयुक्त राष्ट्रिय कार्यक्रम आज ललितपुरको पाटनमा आयोजित विशेष समारोहमा शुभारम्भ गरिएको हो । उक्त कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारीका निर्देशक पेटेरिस उस्टुब्स र युनिसेफ नेपालका प्रतिनिधि एल्के विस्चले संयुक्त रुपमा शुभारम्भ गरे। सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको… पुरा पढौ

सेयर बजारमा छायो हरियाली, ३ अर्ब बढीको कारोबार

काठमाडौं, २४ माघ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सर्वत्र हरियाली छाएको छ । सेयर बजारमा भएको भारि मात्राको बढोत्तरीले लगानीकर्ताहरुमा उत्साह छाएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय रीपार्टको कारण सेयर बजारमा उछालको अवश्था आएको छ भने कारोबार रकम ३ अर्ब माथि पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.६५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १२.८५ अंकले बढेर ४१५.०१ विन्दुमा पुगेको छ ।… पुरा पढौ