आर्थिक 📈

प्रि-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

काठमाडौं, २४ माघ । आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो सोमबार यो परिसूचक ४.६२ अंकले बढेर २१००.७० विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेसे ०.५८ अंक घटेर २१००.१२ विन्दुमा झरेको छ । साथै यो सेसनमा सेन्सेटिभ इण्डेक्समा कुनै उतार चढाव आएको छैन । आजको प्रि-ओपन सेसनमा ११ वटा स्टकको ३ लाख ६० हजार २७७ रुपैयाँ बराबरको ८५७ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ३ वटा… पुरा पढौ

तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स सञ्चालन

भरतपुर, २४ माघ  । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उनले जानकारी दिए। उनका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी… पुरा पढौ

सनराइज फोकस्ड इक्विटीमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २४ माघ । सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । सनलाइन क्यापिटलले माघ १० गतेदेखि साे सनराइज फोकस्ड इक्विटी फण्डको इकाई बिक्रीमा ल्याएकाे थियाे । क्यापिटलले १२ करोड इकाई बिक्रीमा ल्याएकाे हाे । त्यसबाट १ करोड ८० लाख इकाई कोष प्रबर्धक रहेकाे सनराइज बैंकका लागि सुरक्षित गरिएकाे छ । कम्पनीले १० करोड २० लाख इकाई सार्वजनिक निष्काशन गरेकाे हो। इकाईका लागि लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १०० इकाई र बढीमा १… पुरा पढौ

सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, २४ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ यथावत् रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन, तेजाबी सुन र चाँदी कुनैमा पनि मूल्य घटबढ नभएको जनाएको छ । आज छापावाल सुन १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुनको मूल्यमा पनि कुनै फेरबदल भएको छैन ।… पुरा पढौ

चिया निर्यातबाट बर्सेनि करिब ४ करोड विदेशी मुद्रा आर्जन

झापा, २४ माघ । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए। उहाँले नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको बताए। त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुँदै… पुरा पढौ

सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ग्यासको यथावत्

काठमाडौं, २४ माघ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ । वृद्धि गरिएको मूल्य गएराति १२ बजेदेखि लागू भएकाे छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको… पुरा पढौ

नेप्सेमा सामान्य अङ्कको वृद्धि, करिब डेढ अर्बकाे काराेबार

काठमाडौं, २३ माघ । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजार सामान्य अङ्कले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ । यी ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ अङ्कले उकालो लागेर चार सय दुई दशमलव शून्य एकमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौं, २३ माघ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ५ सयले बृद्धि भएको जनाएको छ । यसदिन चाँदीको भाउ आईतबारकै कायम भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ५ सयले बृद्धि भई तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४ हजार १ सय… पुरा पढौ

सुपर मादी हाइड्रोको आईपीओ बाँडफाँड, कस्लाई कति पर्याे ?

काठमाडौं, २३ माघ । सुपर मादी हाइड्रोपावरको सेयर आज बिहान बाँडफाँड सम्पन्न भएको छ। साे सेयर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हाे । कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याएकाे थियाे। सेयरमा १२ लाख ९८ हजार ६९३ जनाकाे १ करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि परेका आवेदन स्वीकृत भएका थिए । यसमा १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताका दरले… पुरा पढौ

तोरीको उत्पादन बढ्ने भएपछी किसानमा खुसी

कावासोती, २३ माघ । पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीको रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताए। विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढ्ने भएपछि तोरीखेती गर्ने किसानसमेत खुसी भएका छन् । उनका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय… पुरा पढौ