आर्थिक 📈

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं, ३० असार। चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएर २१ खर्ब २० अर्ब ८० करोड पुगेको हो । राष्ट्र बैंकका अनुसार चालु आवको जेठमा मात्रै रु दुई खर्ब तीन अर्ब ८९ करोड रकम रेमिट्यान्सबापत भित्रिएको छ । जबकि गत आवको जेठमा भने… पुरा पढौ

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी हुँदै

काठमाडौँ, ३० असार। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ । मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनका लागि चालिएका कदम, हालसम्मको प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन… पुरा पढौ

सेयर लगानीकर्ता आज आन्दोलनमा, धितोपत्र बोर्ड र ब्रोकर कार्यालय घेराउ गर्दै

काठमाडौं, ३० असार। नेपालको पूँजी बजारमा देखिएको निरन्तर गिरावट र लगानीकर्ताको सम्पत्तिमा आएको ह्रासप्रति आक्रोसित सेयर लगानीकर्ताहरू आज आन्दोलनमा उत्रने भएका छन्। बजार सुधारका लागि सरकार तथा सरोकारवाला निकायले प्रभावकारी कदम नचालेको भन्दै लगानीकर्ताहरूले सडक संघर्षको बाटो रोजेका हुन्। सेयर लगानीकर्ता तथा अभियन्ता तिलक कोइरालाको नेतृत्वमा हुने यस आन्दोलनअन्तर्गत आज नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय, नेपाल स्टक ब्रोकर एसोसिएसनको कार्यालयका साथै देशभरका ब्रोकर कार्यालयहरूमा विरोध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। अभियन्ता कोइरालाले सामाजिक सञ्जालमार्फत सम्पूर्ण सेयर… पुरा पढौ

११ महिनामा थपियो २२ अर्ब मार्जिन कर्जा, ठूला लगानीकर्ता हाबी

काठमाडौं, ३० असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पछिल्लो समय देखिएको सकारात्मक चहलपहल र कारोबार रकममा आएको सुधारसँगै बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने शेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा उल्लेख्य वृद्धि भएको छ। बैंकहरूमा पर्याप्त तरलता (लगानीयोग्य रकम) हुनु र ब्याजदर इतिहासकै सस्तो विन्दुमा ओर्लिनुले लगानीकर्ताहरू शेयर धितो कर्जातर्फ आकर्षित भएका हुन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय प्रतिवेदनअनुसार जेठ मसान्तसम्ममा मार्जिन प्रकृतिको कर्जा १५.७६ प्रतिशतले बढेको छ। ११ महिनामा २२ अर्बभन्दा… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ३० असार। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा कायम… पुरा पढौ

बागमतीमा ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

काठमाडौं, ३० असार। बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ । समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम रु एक लाखसम्मको बचत रकम फिर्ता गर्न लागिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री… पुरा पढौ

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, २९ असार। चालू आर्थिक वर्ष २०८२/८३ को एघार महिना (जेठ मसान्त) सम्ममा मुलुकको विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार समीक्षा अवधिमा रेमिट्यान्स ३८.२ प्रतिशतले वृद्धि भई रु. २१ खर्ब २० अर्ब ८० करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले मात्र बढेको थियो। अमेरिकी डलरमा पनि उत्साहजनक वृद्धि अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९… पुरा पढौ

नेप्सेमा लगातार गिरावट, साढे ७ अर्बकाे काराेबार

काठमाडौं, २९ असार। सेयर बजारमा गिरावट आउने क्रमले साताको पहिलो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ। पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस दिन पनि घटेर बन्द भएको हो। सोमबार नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा झरेको छ। परिसूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.०४ अंक, फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंकले घटेका छन्। नेप्से घटे पनि कारोबार रकममा सुधार परिसूचकमा गिरावट आए पनि बजारमा कारोबार रकम भने… पुरा पढौ

राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित गर्न सुझाव

काठमाडौं, असार २९ । राष्ट्रिय योजना आयोगले हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको सङ्ख्या कटौती गरी बढीमा १० वटामा मात्र सीमित गर्न सुझाव दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा आयोगका सदस्यसचिव रविलाल पन्थले गौरवका आयोजनामा नीतिगत, कानुनी र व्यावहारिक जटिलता रहेकाले यसको तत्काल पुनरावलोकन गर्नुपर्ने बताएका हुन् । हाल मुलुकमा २७ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा राखिएको छ । आयोगले तीमध्ये बढीमा १० वटालाई मात्र गौरवको आयोजनामा कायम राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण… पुरा पढौ

सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड

काठमाडौं, २९ असार। व्यवहारिक रुपमा सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल सहभागितामूलक कार्य समूह (नेपान) द्वारा आज आयोजित अन्तक्रियामा सहभागी वक्ताहरुले यस पद्धतिको व्यवहारिक पक्षमा रहेका चुनौतीहरुको समाधान गरी स्थानीय समुदायलाई कुनै पनि प्रकारको उद्यममा सङ्लग्न गराई उत्पादित वस्तु वा सेवाको व्यापारबाट हुने आम्दानीबाट उनीहरुको जीविकोपार्जनमा सहयोग पुर्याउनुपर्ने धारणा राख्नुभयो । सो अवसरमा विकासविद् डा कृष्णराज भण्डारीले संस्थाको दिगो आर्थिक स्रोत नहुँदा नेपालका करिव आधाजसो गैसस बन्द भइसकेको बताउँदै ती संस्थाहरुलाई पुर्नस्थापित गराउन सामाजिक उद्यमशीलता विकास… पुरा पढौ