आर्थिक 📈

बजेट खर्च : पुस मसान्तसम्म ५ खर्ब ७६ अर्ब बढी

काठमाडौं, १ माघ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२ दशमलव १३ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले रु पाँच खर्ब ७६ अर्ब ३४ करोड ७६ बराबर खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबर विनियोजन गरेको थियो । बजेटको अर्धवार्षिक समीक्षा अवधिमा १४ प्रतिशत बराबर मात्रै पुँजीगत खर्च भएको छ । चालु आवका लागि सरकारले… पुरा पढौ

यस्तो रह्यो पन्ध्रौँ योजनाको मध्यावधि समीक्षा

काठमाडौ, १ माघ । पन्ध्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०७६-७७–२०८१-८१) को मध्यावधि समीक्षा सकिएको छ । हाल कार्यान्वयनमा रहेको आवधिक योजनाको मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगले अधिकांश क्षेत्रमा लक्षित उपलब्धि हासिल हुन नसकेको जनाएको छ । पन्ध्रौँ पञ्चवर्षीय योजना कार्यान्वयनको करिब ३ वर्ष बितिसकेको छ । सरकारले २०७६ फागुनमा यो आवधिक योजना लागू गरेको थियो । त्यसको अर्को महिनाबाटै कोभिड– १९ महामारी रोकथामका लागि भन्दै सरकारले देशव्यापी लकडाउन सुरु गर्यो । जसकारण आवधिक योजनाले वार्षिकरूपमा लिएको… पुरा पढौ

म्याग्दे गाउँपालिका ३ करोडको लगानीमा कालिज फार्म

तनहुँ, १ माघ । जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन्। करिब २२ रोपनी क्षेत्रफलमा उनले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पालेका हुन। करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर रु तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताए। केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उनको सोच रहेको छ । कालिजको अण्डालाई ह्याचरी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उनले जानकारी दिए। हरेक कालिजले… पुरा पढौ

वायुसेवा निगमले सञ्चयकोषलाई किन तिर्यो ३३ करोड ?

काठमाडौं, १ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोषलाई किस्ता वापतको रु ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमले जहाज खरिद गरेबापत कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता रकम बुझाएको विज्ञप्तिमार्फत जनाएको हो । ‘कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको रकम पछिल्लो पटक पुस २९ गते भुक्तानी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । यसअघि निगमले गत असार ३० गते रु एक अर्ब ३५ करोड… पुरा पढौ

राष्ट्रिय खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिनुपर्ने

काठमाडौं, १ माघ । कृषि उत्पादन प्रवर्द्धन र बजारीकरणका लागि राष्ट्रिय खाद्य बैंकले ‘एक पालिका एक उत्पादन’ मा जोड दिएर अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय खाद्य बैंक लिमिटेडको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताले खाद्य बैंकलाई स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै पोसिलो आहारको लागि दीगो कृषि उत्पादन गरिनुपर्ने बताए । पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खाद्य बैकले रैथाने बालीको सङ्कलन र बजारीकरण गर्दै उपभोक्ता माझ गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने कार्य थालेको भन्दै यसलाई थप व्यवस्थित र प्रभावकारी… पुरा पढौ

सरकार तीव्र आर्थिक विकासमा लाग्नुपर्छ-उपराष्ट्रपति पुन

काठमाडौं, १ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्। ‘मगर, थारु र छन्त्याल समुदायको प्रमुख सांस्कृतिक चाड एवं नेपालीहरूको महत्त्वपूर्ण चाड माघेसकराती÷माघेसङ्क्रान्ति÷माघी पर्व–२०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय र प्रदेश सरकारले जनसुरक्षा, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि तीव्र गतिमा काम गर्ने विश्वास व्यक्त गरे। लोकतन्त्रलाई सुदृढ् गर्ने महत्त्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन हालै सम्पन्न भई नयाँ सङ्घीय सरकार र प्रदेश… पुरा पढौ

डा.श्रेष्ठले गल्ति नगरेकाे भन्दै किसान सहकारीद्वारा क्षमा याचना

पोखरा, ३० पुस । आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका डा.ढाका कुमार श्रेष्ठमाथि लागेको आरोपमाथि साथी किसान सहकारी संस्था लिमिटेडले क्षमा याचना गरेको छ । संस्थाले जारि गरेको बिज्ञप्तीका अनुसार श्रेष्ठले सबै कुरा नबिगारेको र निवर्तमान कार्यसमिति र वर्तमान कार्यसमितिमा सल्लाह नभएको कारण यस्तो अवस्था आएको जनाईएको छ । २०५९ सालमा पोल्ट्री किसानको हितम काम गर्ने गरी डा.ढाका कुमार श्रेष्ठले अध्यक्षतामा साथी सहकारी संस्था लिमिटेड गठन भएको थियो । संस्था र किसानको हितको लागि डा.श्रेष्ठले लकडाउनको समयदेखि ज्यान जोखिममा… पुरा पढौ

कृषकदेखि सरकारसम्म अलैँचीबारे छलफल गर्दै महासङ्घ

पाँचथर, ३० पुस । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तक्र्रिया गरी अलैँचीमा रहेका समस्या समाधानको प्रयास थालेको छ । ‘कालो सुन’को उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर र बजारमा विगत केही वर्षदेखि देखिएका समस्या समाधानमा सबै पक्ष एकजुट भई लाग्नुपर्ने आवश्यकता देखिएको भन्दै महासङ्घले यो अभियान थालेको हो । अलैँचीको अत्यधिक उत्पादन हुने प्रदेश १ का ताप्लेजुङ, पाँचथर र इलामका कृषक, व्यवसायी र सरोकारवालालाई शुक्रबार पाँचथरको फिदिममा भेला गरी महासङ्घले अन्तक्र्रियाको थालनी गरेको छ । उत्पादनदेखि बजारसम्म… पुरा पढौ

अपाङ्गताले रोकेन पुरनसिंहलाई उद्योगी बन्ने सपना

दोधारा चाँदनी, ३० पुस । कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग भए। डेढ दशक भारतमा मजदुरी गर्दै आएका धामीले सडक दुर्घटनामा परी अपाङ्गता जीवन बिताउनुपरेको पीडालाई भुलेर अहिले गाउँमै विभिन्न प्रकारका मसला उत्पादन गर्ने ‘सुदूरपश्चिम मसला उद्योग’ सञ्चालनमा ल्याएका छन् । उनले सुरुआतमा रु २० लाख लगानीमा सुदूरपश्चिम मसला उद्योग सञ्चालनमा ल्याए। “भारतमा मजदुरी गरेर घरखर्च चलाइराखेको थिए, दुर्घटनामा परेर यस्तो जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो,” धामीले दुखेसो गरे “तैपनि हरेस… पुरा पढौ

माघे सङ्क्रान्तिकाे बेलामा व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ

भक्तपुर, ३० पुस । माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ । मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गरेको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार एकमहिना अघिदेखि चाकु बनाउन व्यस्त छ । थिमिमा चाकु उत्पादन गर्ने पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे सङ्क्रान्तिका लागि मात्रै नभई वर्ष दिनभरि नै चाकु बनाउन्छन्। यहाँको चाकु र पुष्टकारी स्वदेशमा… पुरा पढौ