आर्थिक 📈

४० प्रतिशत लाभांश बाँड्दै नेपाल क्लियरिङ्ग हाउस

काठमाडौं, २९ पुस । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको एघारौं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । साधारणसभाले ४० प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गरेको छ । गत पुस २८ मा होटेल क्राउन इम्पेरियल, काठमाडौंमा सम्पन्न बैठकले ३८ प्रतिशत बोनस सेयर तथा त्यसैको कर प्रयोजनका लागि २ प्रतिशन नगद लाभांश गरी ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । उक्त परिमाणको बोनस सेयर बितरण गरेपछि कम्पनीको चुक‍्ता पुँजी ७८ करोड ३३ लाख ७५ हजार ७६८… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २९ पुस । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको… पुरा पढौ

टेलिकमले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने

काठमाडौं, २९ पुस । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८÷७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सम्पन्न पन्ध्रौँ वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७८÷०७९ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८÷०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ… पुरा पढौ

निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक : परिसङ्घ

काठमाडौं, २९ पुस । नेपाल उद्योग परिसङ्घले निक्षेपको व्याजदर घटाउने बैँकर्स एशोसियशनको सहमति सकारात्मक भएको बताएको छ । परिसङ्घले एक विज्ञप्ती जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च व्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैँकर्स एसोसिएशनको सहमति सकारात्मक भएको बताएको हो । मागमा आएको सङ्कुचन, उच्च व्याजदरका कारण लगानी महङ्गो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेको अवस्थामा उक्त सहमति हुनु खुशीको कुरा भएको परिसङ्घले बताएको छ । “परिसङ्घले निजी क्षेत्रको… पुरा पढौ

आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी : अर्थमन्त्री पौडेल

काठमाडौं, २८ पुस । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताए । ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले कोभिड–१९ को महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको सङ्केत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताए। मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भने, “नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ । हामी समृृद्ध नेपाल, सुखी नेपालीको एजेण्डालाई… पुरा पढौ

बिहिबार सेयर बजारमा करेक्सन, ५ अर्बको कारोबार

काठमाडौं, २८ पुस । केहि दिन उकालो लागेको सेयर बजारको यात्रामा बिहिबार ब्रेक लागेको छ । नयाँ सरकार बन्ने बित्तिकै सेयर कारोबारमा ह्वात्तै बृद्धि हुन थालेपछि ब्रेकको संकेत देखिएको हो । लगानीकर्ताहरुले बढी नाफा कमाउने अवस्था र क्रय बिक्रयमा बढोत्तरी भएपछि करेक्सन भएको आकलन गरिएको छ । बैंकहरुमा व्याजदर घटाउने निर्णय ढिलो आउनुको कारणले पनि बजारलाई प्रभाव पारेको बुझिएको छ । तर बैंकको ब्याजदर घट्नु भनेको सेयर बजारको लागि फाइदाको विषय हो । यतिबेला बजार सकारात्मक बन्दै गएकोले एक दुई… पुरा पढौ

गलेश्वर मन्दिरको पाँच महिनाको आम्दानी तीन करोड

म्याग्दी, २८ पुस । बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनाको अवधिमा रु तीन करोड ३७ लाख छ सय ४५ आम्दानी भएको जानकारी गराइएको हो । कोषका कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सो अवधिमा रु २० लाख दुई हजार खर्च भई रु तीन करोड १६… पुरा पढौ

बढ्यो सुनको भाउ, चाँदीमा गिरावट

काठमाडौं, २८ पुस । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । यसदिन सुनको भाउमा रुपैयाँ २०० ले बढेको छ । चाँदीको भाउमा भने रुपैयाँ ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलामा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ३ जार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि… पुरा पढौ

नेपाल टेलिकमको ‘विन्टर अफर’ आजदेखि लागू

काठमाडौं, २८ पुस । नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो । विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु एक सय ९९ देखि रु छ सय ९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक… पुरा पढौ

कामपाको आगामी तीन वर्षको आय प्रक्षेपण करिब ४० अर्ब

काठमाडौं २८ पुस । काठमाडौं महानगरपालिकाले आगामी तीन वर्षको आय प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷८१, २०८१÷८२ तथा २०८२÷८३ को लागि आय प्रक्षेपण गरिएको हो । आव २०८०÷८१ को आय रु ११ अर्ब ८० करोड २० लाख, आव २०८१÷८२ को रु १३ अर्ब १२ करोड ३० लाख तथा आव २०८२÷८३ को रु १३ अर्ब ६६ करोड ३० लाख प्रक्षेपण गरिएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र अन्य निकायबाट प्राप्त हुने, शसर्त तथा निःशर्त अनुदान, राजस्व बाँडफाँट, रजिष्ट्रेसन… पुरा पढौ