आर्थिक 📈

बैंकको ब्याज घट्यो, निक्षेपमा ११ प्रतिशत भन्दा बढी दिन नपाइने

काठमाडौं, २७ पुस । माघदेखि वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर घट्ने भएकाे छ । नेपाल बैंकर्स संघकाे बैठकले निक्षेपको ब्याजदर घटाउने सहमति गरेको बताएकाे छ । बैंकहरुबीचकाे भद्र सहमति अनुसार अब निक्षेपको ब्याजदर ११ प्रतिशत मात्र हुनेछ । संस्थागत निक्षेपको ब्याजदर भने ९ प्रतिशतमा झारिएको छ। हाल बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदरमा १२.१३ प्रतिशत र संस्थागत निक्षेपमा १०.१३ प्रतिशतकाे ब्याज कायम गरेका थिए । निक्षेपको ब्याजदर घटेपछि अब कर्जाकाे ब्याजदर पनि घट्ने देखिएकाे छ । वाणिज्य बैंकहरूकाे याे निर्णयसँगै बिकास बैक र… पुरा पढौ

एघारौं पोखरा महोत्सव सुरु, आर्थिक चलायमानमा टेवा पुग्छ : मुख्यमन्त्री अधिकारी

पोखरा २७ पुष । बुधवारदेखी पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्ने वताए । मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो । युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममा समेत अग्रणी स्थानमा रहेको वताउदै मेला… पुरा पढौ

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहन्छ: विश्व बैंक

काठमाडौं, २७ पुस । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान रहेको पनि विश्व बैंकले जनाएको छ । विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने देखाएको छ ।… पुरा पढौ

निजी क्षेत्रको योगदान बिना अर्थतन्त्रले गति लिदैन: प्रम दाहाल

गोरखा, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन्। उनले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बिचार व्यक्त गरे । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर… पुरा पढौ

यस्तो छ अमलेखगञ्ज-चितवन-झापा पेट्रोलियम पाइपलाइनको योजना

नयाँ दिल्ली, २७ पुस । नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ । भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले नेपालबाट ४ सय ५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यक पर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक रहेको र नेपालमा उन्नत (हाइब्रिड) जातका पशु ल्याएर व्यावसायिक पशुपालन बढाउन छलफल भइरहेको बताए । भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयमा जारी सार्क पत्रकार मञ्च… पुरा पढौ

धितोपत्र बोर्डले यी ३ ब्रोकर कम्पनीलाई किन गर्यो जरिबाना ?

काठमाडौं, २७ पुस । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ३ वटा ब्रोकर कम्पनीलाई जरिबाना गर्ने भएको छ । जरिबाना गराउने निर्णय गरेका ३ कम्पनीमा सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिज रहेको बोर्डले जनाएको छ । सनी सेक्युरिटिज कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेस नगरेकोले धितोपत्र ऐन, २०६३ को दफा ८२ (२) अनुसार १० हजार रुपैयाँ जरिबाना गरिएको बोर्डका प्रवक्ता एवं कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई दुवैलाई ७५-७५ हजार रुपैयाँ जरिबाना तोकिएको छ… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, २७ पुस । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । यसदिन छापावाल सुनको भाउमा रुपैयाँ ३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले… पुरा पढौ

आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, २७ पुस । आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले कम्पनीकाे सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेकाे छ । इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयर समायोजन भएकाे हाे । सेयर समायोजन भएपछि इन्स्योरेन्सको सेयरमूल्य ५०० रुपैयाँ २८ पैसा निर्धारण भएकाे छ। कमपनीकाे अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधार बनाएर सेयरमूल्य समायोजन गरिएकाे हो। मंगलबार कमपनीकाे सेयरकाे अन्तिम कारोबार प्रतिकित्ता ५३० रुपैयाँ ३० पैसामा भएकाे… पुरा पढौ

‘मेड इन नेपाल एक्स्पो २०७९’ सुरु

भरतपुर, २७ पुस  । ‘मेड इन नेपाल एक्स्पो २०७९’ सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोको मङ्गलबार भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे। एक्स्पोमा ४० वटा स्टल रहेका छन् । दश वटा स्टार्ट अप बिजनेशका स्टल रहेका छन् । भर्खरै उद्यमशील बनेका युवाहरूबीच ‘बिजनेश आइडिया’को विषयमा मञ्चले प्रतिस्पर्धा गराउँदैछ । उत्कृष्ट हुनेले नगद रु एक लाख पुरस्कार पाउने छ । एक्स्पोको उद्घाटन कार्यक्रममा उपप्रमुख अधिकारीले नेपाली उत्पादनको… पुरा पढौ

विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती

काठमाडौं, २७ पुस । भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ । विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ । प्रावधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो । “विहारको विद्युत् प्रणालीमा प्रावधिक समस्या देखिएपछि रक्सौल–रामनगरबाट नेपालले लिइरहेको करिब तीन हजार मेगावाट घण्टा बराबर बिजुली आपूर्ति रोकिएको छ । जसकारण ठूला उद्योगहरूलाई बिहान र… पुरा पढौ