स्वास्थ्य

कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान

काठमाडौं, ९ मङ्सिर । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौंमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो । नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको शुरु अवधिदेखि… पुरा पढौ

कोरोना जित्ने २ लाख नाघे

काठमाडौं, ९ मंसिर । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ छ। हालसम्म पीसीआर विधिबाट १६ लाख ७० हजार ४ सय ५६ परीक्षण भएको छ। पुरा पढौ

पचास शय्याको अस्पतालमा एम्बुलेन्स छैन, बिरामी बोक्न डोको प्रयाेग

जाजरकोट, ८ मङ्सिर । पचास शय्याको अस्पताल रहेको जाजरकाेट सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा लैजाने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको हो । अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ । दुईवटा टायर फेर्न र मोबिल इञ्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुलेन्स ग्यारेजमा लगिएको भए पनि रकम अभावमा मर्मत हुन नसकेको चालक राकेशकुमार शाहले बताए । एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएको छ । एम्बुलेन्स सञ्चालनमा नरहे पनि… पुरा पढौ

खुसीको संकेतःफाइजर र वायोएनटेकले कोभिड १९ को खोप प्रयोगमा ल्याउन अनुमति मागे

काठमाडौं, ७ मंसिर । कोरोना भाइरस विरुद्धको खोप बनाईरहेको अमेरिकी औषधी कम्पनी फाइजर र कम्पनीको जर्मन साझेदार वायोएनटेकले कोभिड १९ को खोप प्रयोगमा ल्याउनका लागि अनुमति माग गर्दै निवेदन दिएका छन् । कम्पनीका अनुसार आफुले बनाएको खोप प्रभावकारी र राम्रो भएको जिकिर गर्दै सबैको प्रयोगको लागि शुक्रबार अनुमति मागेको हो । गएको एक वर्षदेखि विश्वभरका मानिसलाई कोरोना भाइरसको संक्रमणको कारण मानिसहरुले कष्टकर जीवन बिताईरहेका छन् । यही बिचमा कम्पनीले खोप प्रयोगमा ल्याउनका लागि निवदेन दिएपछि खुसिको संकेत देखिएको छ ।… पुरा पढौ

काठमाठौं महानगरमा आजदेखि निःशुल्क पीसीआर परीक्षण हुँदै

काठमाडौं, ७ मंसिर । काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षण शुरु गर्दैछ । यसका लागि महानगरका वडाहरुमा स्वाब संकलन गर्न लागेको बताईएको छ । महानगरले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डमा परेका व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण फेरी शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताएका छन् । राष्ट्रिय विभूति शंखधर साख्वा तथा मानवअधिकार अभियानका अगुवा पध्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा शाक्यले आजबाट फेरी महानगरमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्न लागेको बताए हुन् । मेयर शाक्यका अनुसार कन्ट्याक्ट… पुरा पढौ

स्वास्थ्य सेवा लिन चार घण्टा हिँडनुपर्ने अवस्था हट्यो

सिन्धुपाल्चोक, ७ मङ्सिर । भोटेकोशी गाउँपालिका–१ स्थित लिस्ती काङ्लाङवासीको स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिँडनुपर्ने अवस्था हटेको छ । गाउँमै एकाइ स्वास्थ्यचौकी निर्माण भएपछि उनीहरुको पैदल हिँडेर स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था हटेको हो । लिस्ती काङ्लाङमा निर्माण भएको एकाइ स्वास्थ्यचौकीको शनिबार वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गरे । अब काङ्लाङवासीले घाउ जाँच, गर्भवती जाँच, ओपिडी, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा सोही स्वास्थ्यचौकीबाट पाउने भएका छन् । सो एकाइ स्वास्थ्यचौकी सङ्घीय सरकारको विशेष अनुदानबाट… पुरा पढौ

थपिए १६ सय कोरोना सङ्क्रमित

काठमाडाैं, ६ मंसिर । नेपालमा थप आठ हजार १४४ नमूना परीक्षण गर्दा थप एक हजार ६७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । हालसम्म कोरोनाका कारण एक हजार ३०५ जनाको मृत्यु भएको छ । तीमध्ये एक लाख ९३ हजार ३२५ सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर २४ हजार नौ सक्रिय सङ्क्रमित छन् । सत्र हजार २०६ जना होम आइसोलेसनमा छन् ।… पुरा पढौ

पोखरामा एकै दिन ८ संक्रमितको मृत्यु

पोखरा, ५ मंसिर । पोखरामा गएको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि एकै दिनमा यति ठूलो संख्यामा संक्रमितको मृत्यु भएको थिएन । यो संख्या एकै दिनमा मृत्यु हुने अहिलेसम्मकै उच्च हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा आठै जना पुरुष हुन् । तीमध्ये २९ वर्षीय पुरुष बाहेक अन्य सबै ५० वर्षमाथिका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जनाको र ३ जनाको गण्डकी मेडिकल कलेजमा उपचारक्रममा मृत्यु भएको हो । गण्डकी मेडिकल कलेजमा… पुरा पढौ

५३६४ डिस्चार्ज भएसंगै निकाे हुने संख्या १ लाख ९१ हजार २

काठमाडौं, ५ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमण मुक्त हुनेहरुको संख्या १ लाख ९१ हजार २ पुगेको छ । पछिल्लाे २४ घन्टामा देशका विभिन्न अस्पतालमा उपचार गराईरहेका ५ हजार ३६४ जना कोराना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा २२ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । यसंगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ हजार २९८ पुगेको छ । मन्त्रालयको तथ्यांकका अनुसार आज थप नयाँ १९ सय ४५ जनामा संक्रमण पोजेटिभ… पुरा पढौ

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौं, ५ मङ्सिर । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए । उनका अनुसार सीता हर्बल सुनसरीले उत्पादन… पुरा पढौ