स्वास्थ्य

एकै दिन १९११ कोरोना संक्रमित थपिए

काठमाडौं, १५ असोज । नेपालमा गएको २४ घण्टामा १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ९ सय ११ जना संक्रमित थपिएको जनाएका हुन् । यसरी संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ९ सय ६१ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको… पुरा पढौ

काठमाडौं महानगरका विभिन्न वडामा स्वाब संकलन हुँदै

काठमाडौं, १५ असोज । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज काठमाडौंका विभिन्न वडाहरुमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागेको जानकारी दिएको छ । पीसीआर परीक्षणका लागि वडा नं २८ मा बिहान ११.३० वडा कार्यालयमा स्वाब संकलन हुँदैछ । यस्तै, वडा नं २९ मा बिजय स्मारक मा.बि डिल्लिबजारमा बिहान ११.३० वजे, वडा नं ३० को मैतीदेवी मन्दिरमा मध्यान्ह १२ वजे, वडा नं २६ र २ को ११.३० वजे शान्ती बिद्या गृह लैनचौरमा स्वाब संकलन गर्न लागिएको… पुरा पढौ

सुदूरपश्चिममा घट्यो कोरोना सङ्क्रमण, जनजीवन सहज बन्दै

डोटी, १५ असोज । दुई महिनाअघिसम्म सङ्क्रमण वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सङ्क्रमित छिट्टै निको भएका छन् । नौवटै जिल्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार पछिल्लो समय प्रदेशमा कोरोना निको हुनेको सङ्ख्या पाँच हजार ९२९ पुगेको छ । कोरोनाकै कारण सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भएको छ । तर पछिल्लो समय निको हुने दरमा उल्लेख्य मात्रामा वृद्धि भएको निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार यहाँ एक… पुरा पढौ

२४ घन्टामा परीक्षण शुल्क समायोजन नगरे स्वीकृती खारेज गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं, १४ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि बढी शुल्क लिएका ८ वटा ल्यावलाई २४ घन्टामा शुल्क समायोजन गर्न निर्देशन दिएको छ । दिईएको निर्देशनको पालना नगरे प्रयोगशाला परीक्षणका लागि दिईएको स्वीकृती खारेज गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा आज प्रवक्ता प्राडा जागेश्वर गौतमले मन्त्रायलयस्तरीय इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को निर्णयलाई सुनाउँदै शुल्क समायोजन नगरेको खण्डमा प्रयोगशाला परीक्षणका लागि दिईएको स्वीकृतीलाई खारेज गर्ने निर्णय भएको जानकारी दिए । डा.गौतमले गुणस्तर मापन… पुरा पढौ

कास्कीमा कोरोनाका सक्रिय केस ५ सय पार

पोखरा, १४ असोज । गण्डकी प्रदेशमा पहिलो पटक कास्कीमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । प्रदेशका अन्य जिल्लामा क्रमशः संक्रमित संख्या घट्दै गएकोमा कास्कीमा भने संक्रमित दिनप्रतिदिन बढ्दै गएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म कास्कीमा हालसम्म ५ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । कास्कीमा कुल संक्रमित संख्या ९ सय ४४ रहेकोमा ३ सय ९४ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । विगतमा कोरोनाको ‘हट स्पट’… पुरा पढौ

पाेखरामा नवजात शिशुमा कोरोना

पोखरा, १४ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ६६ पुगेको छ । बुधबारमात्रै प्रदेशमा ३० संक्रमित थपिएका हुन् । तीमध्ये पोखराका नवजात शिशुसहित ३ जना छन् । पोखरा वडा २ का ६५ वर्षीय पुरुष, वडा २० का ६५ वर्षीय पुरुष र वडा ४ का २० घण्टाका नवजात शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएका नवजात शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआईसीयूमा भर्ना गरिएको छ । यस्तै, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा २ का… पुरा पढौ

कोरोना नियन्त्रण गर्न रुसबाट २ करोड ५० लाख भ्याक्सिन नेपाल ल्याउन सम्झौता

काठमाडौं, १४ असोज । रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ), रुसको सार्वभौम सम्पति कोष र नेपालको एक प्रमुख औषधी वितरक ट्रिनिटी फर्मास्यूटिकल्सबीच नेपालका लागि २ करोड ५० लाख डोज औषधी आपूर्ति गर्न सम्झौता भएको छ । रुसले बनाएको खोप “स्पुतनिक भि” खोप जो एक लामो अध्ययनबाट बनाईएको र मानव एडिनोवायरल भेक्टर प्लेटफर्ममा आधारित रहेको जनाईएको छ । यो सम्झौताले धेरै देशहरुले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन मानव एडिनोवायरल भेक्टर प्लेटफर्ममा आधारित भएकोले यसकाे महत्वलाई मान्यता दिन्छन भनेर रेखांकित गरेको छ । मानव… पुरा पढौ

पोखरामा १२ जना संक्रमित थप

पोखरा, १३ असोज । पोखरामा थप १२ जना कोरोना संक्रमित फेला परेका छन् । पोखरामा मंगलबार दिउँसो पनि १४ जनामा संक्रमण पुष्टि भएको थियो । यो सहित गएको २४ घण्टामा पोखरमा २६ जनामा संक्रमण देखा परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै, पछिल्लो पटक नवलपुरका १, तनहुँका ४, स्याङ्जाका ३ जना संक्रमितसहित कुल संक्रमित संख्या ३ हजार ८ सय ३३ पुगेको छ । यसअघि दिउँसो १८ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले जनाए । पुरा पढौ

विश्व मुटु दिवस:मुटुरोगीलाई कोरोना सङ्क्रमणबाट बच्न विज्ञको सुझाव

चितवन, १३ असोज । कोरोना सङ्क्रमणको आक्रमण दीर्घरोगीलाई बढी हुने गरेको छ । यसमध्ये मुटुरोगको समस्या भएकाेमा रोगको सङ्क्रमण हुने गरेको विज्ञहरुले जनाएका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा बढी सङ्ख्यामा रोगप्रतिरोधी क्षमता कम भएका र दीर्घरोगी रहेका छन् । उच्च रक्तचाप, मधुमेह, मोटोपनजस्ता समस्या भएकामा मुटुरोगको उच्च जोखिम हुने गर्दछ । चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा सुधीर रेग्मीले मुटु रोगका समस्या भएकाहरु कोरोना सङ्क्रमणको जोखिममा रहेको बताए । कोरोनाले मुटुको मासु, रगतको नलि, मुटुलाई ढाक्ने र झिल्लिमा आक्रमण… पुरा पढौ

पोखरामा १४ जना संक्रमित थप

पोखरा, १३ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमित थप भएसँगै कुल संक्रमित संख्या ३ हजार ८ सय १३ पुगेको मंगलबार प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमार्फत जनाइएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले पछिल्लो समय पोखरामा १४ जना, नवलपुरका ४ जना संक्रमित थपिएको जनाए । जसमा पोखरा ५ का १४ र ३६ वर्षीय पुरुया, ९ वर्षकी बच्ची, वडा ८ का ४९ वर्षीय पुरुष, वडा… पुरा पढौ