स्वास्थ्य

धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आइसोलेसनमा

धुलिखेल अस्पतालमा सोमबारदेखि बिहीबारसम्ममा उपचारार्थ ४ जना बिरामी र १ जना उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी गरी १२० जना आइसोलेसनमा बस्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रशासकीय निर्देशक डा रमेश माकजुले विज्ञप्ति जारी गर्दै देशभित्र केही दिनयता कोभिड–१९ को पोजेटिभ संख्यामा वृद्धि भएसँगै अस्पतालमा उपचाररत बिरामीमध्ये एक जना अस्पतालकै स्वास्थ्यकर्मीसहित सोमबारदेखि बिहीबारसम्ममा ५ जनामा पोजेटिभ देखिएपछि अस्पतालको ओपिडी, आकस्मिक कक्ष र वार्डमा सहित सङ्क्रमण फैलिएको आशङ्का भएकाले केही समय अस्पतालको सेवा बन्द गरी… पुरा पढौ

तनहुँमा एकैपटक २० संक्रमित फेला

पाेखरा, ३० साउन । तनहुँ जिल्लामा एकैपटक २० जना काेराेना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार जारी गरेकाे विज्ञप्ति अनुसार तनहुँकाे भानु नगरपालिकाका २० मध्ये १४ पुरूष र ६ महिलामा संक्रमण देखिएको हाे। यस्तै स्याङ्जाकाे पुतलीबजारमा १ पुरूषमा संक्रमण देखिएकाे छ। याे सहित गण्डकीमा कुल संक्रमित संख्या १ हजार ६ सय ८१ पुगेकाे छ । शुक्रबार भेटिएका संक्रमितकाे नमुना परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको हाे । सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी… पुरा पढौ

गण्डकीमा थपिए ४ संक्रमित, संकलित नमुना सबैको रिपोर्ट सार्वजनिक

पोखरा, २९ साउन । गण्डकी प्रदेशमा ४ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरु सबै पुरुष हुन्। प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गरी क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा कास्की, लमजुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का गरी १–१ जना संक्रमित भेटिएका हुन् । तीमध्ये कास्कीको पोखरा महानगरपालिका वडा २६ का ४९ वर्षीय, लमजुङ सुन्दरबजारका ३२ वर्षीय, पर्वत पैयूँ वडा ७ का २० वर्षीय र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २५ वर्षीय पुरुष छन् । संक्रमित… पुरा पढौ

नेपालमा ५ सय २५ जना संक्रमित थपिए

नेपालमा ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा देशका ३८ प्रयोगशालामा भएको परीक्षणमा ५ सय २५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हाल सक्रिय संक्रमित र निको भएर गएकासहित कुल संक्रमितको संख्या २४ हजार ९ सय ९७ जना पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ । बिहीबार ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण… पुरा पढौ

मेची आम्दा अस्पताल सिल

झापा, २९ साउन । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती डाक्टरलाई व्यवस्थितरुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेशनमा राखिएको छ । मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक कोरोनाको सङ्क्रमण फेला परेको हो । केही दिनअघि मेचीनगर–१० धुलाबारी बजारका १५ वर्षीय किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको थियो । चिकित्सकसहित समुदायस्तरमा एकैपटक चार जनामा… पुरा पढौ

समुदायमा कोरोना देखिएपछि देवघाट गाउँपालिका सिल

तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले बिहीबार (आज) देखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले एक हप्ताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । ‘सङ्क्रमित धार्मिक व्यक्तित्व हुनुहुन्छ । धेरै जनासँग सम्पर्कमा… पुरा पढौ

साँखुमा तीन कोरोना सङ्क्रमित

काठमाडौंको शंखरापुर नगरपालिकामा ३ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा ७ मा एक गरी ३ जनामा कोरोना भाइरस भेटिएको हो । वडा ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए । सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यस्तै शंखरापुर– ७ नगरपालिका भवन नजिकै एक जना सङ्क्रमित भएको पुष्टि भएको छ । बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए । बारामा… पुरा पढौ

कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखिएका २ जना बिरामीको मृत्यु

बुटवल, २८ साउन । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालको भेन्टिलेरमा राखेर उपचार गराइरहेका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना पुरुष कपिलबस्तु निवासी हुन् । अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाले मृतकमध्ये १ जनाको पीसीआर पोजेटिभ र अर्का शंकास्पद बिरामी रहेको बताए । तीमध्ये १ जनाको साउन २५ देखि भेन्टिलेरमा राखेर उपचार गराइरहेकोमा अर्का मंगलबार (हिजो) मात्र आएका हुन् । मंगलबार आएकालाई पनि भेन्टिलेटरमै राखिएको थियो । तर दुवैको बुधबार बिहान मृत्यु भएको थापाले बताए ।… पुरा पढौ

कोभिड–१९ खोपलाई स्वीकृति दिने पहिलो बन्यो रुस

मस्को, २७ साउन । संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृति दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । “मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ संक्रमणविरुद्धको पहिलो खोप बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भने । “मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधीको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौं, जुन एकदम महत्वपूर्ण छ,” उनले थपे । यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई… पुरा पढौ

पोखरामा एकै परिवारका ९ जनामा कोरोना !

पोखरा, २७ साउन । पोखरामा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाइएको छ । पोखरा वडा ९ बसोबास गर्ने एकै परिवारका ९ सदस्यमा कोरोना पुष्टि भएपछि सतर्कता अपनाइएको वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए । उनका अनुसार २ दिनअघि परिवारका २ जनामा कोरोना पुष्टि भएकोमा उनीहरुको कन्ट्याक्टमा आएकाको मंगलबार भएको पीसीआर परीक्षणमा थप ७ जनामा कोभिड–१९ पुष्टि भएको हो । जसमा ६ महिला (१ बच्चासमेत) र १ जना पुरुष छन् । यसअघि २ जना (महिला/पुरुष) संक्रमित थिए। यता,… पुरा पढौ