स्वास्थ्य

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता

मकवानपुर, २३ मङ्सिर। बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो । हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटा र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुष्करचन्द्र श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। हेटौँडा अस्पतालमा पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकारले चालु… पुरा पढौ

‘हाम्रा डाक्टरको हातै सेलो’

काठमाडौं, २२ मंसिर । खप्तडछान्ना गाउँपालिका–५ का श्याम गिरी अहिले ७३ वर्षका भए । उनको दाँतले दुःख दिन थालेको १० वर्ष भइसक्यो । त्यस अवधिमा गिरीले उपचारका लागि धेरै नै संघर्ष गरे । दाँत दुखाई कम गर्न आयुर्वेद चिकित्सकदेखि डेन्टल चिकित्सकसम्म धेरै पटक धाए । तर, न उनको दुखाई कम भयो, न त दाँत निकाल्ने काम नै । औषधी खाएको बेला केही राहत महशुस भए पनि बाँकी समय उस्तै । गिरीलाई अब बाँच्नसम्मै दाँतले मुक्ति नदिने लागिरहेको थियो । ‘पटक… पुरा पढौ

चाबहिलमा खुल्यो अन्तर्राष्ट्रिय स्तरको मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक

काठमाडौं, २२ मंसिर । चाबहिलको चुच्चेपाटीमा रहेको दाम्पा कम्प्लेक्समा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ । बिहिबार कलाकार दिपाश्री निरौला, आकाश श्रेष्ठ र बेनिसा हमालले क्लिनिकको शुरुवात गरेका हुन । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहित स्थानीय ब्यक्त्ती हरुको उपस्थिति रहेको उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरुले राजधानीमा यस किसिमको व्यवस्थित स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए । यस क्लिनिकबाट कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी,… पुरा पढौ

९ कोरोना सङ्क्रमित थपिए, १६ जना डिस्चार्ज

काठमाडौं, २१ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार ६८३ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । ८०३ जनाको पीसीआर परीक्षण गरिएकामा ९ जनामा तथा ८९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १९ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको… पुरा पढौ

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

बागलुङ, २१ मंसिर । बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो । । कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो । अस्पतालमा विगत दुई महिनादेखि सञ्चालनमा आएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ । अस्पतालको अक्सिजन प्लान्ट बाट उत्पादित अक्सिजन साविक धौलागिरि अञ्चलका जिल्लामा निर्यात गर्न थालिएको छ । अस्पतालमा… पुरा पढौ

कोरोनाका सक्रिय संक्रमित घट्ने क्रम जारी

काठमाडौं, २० मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ९२३ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १ जनामा सङ्क्रमण पुष्टि भएको हो । ३६० जनाको पीसीआर परीक्षण गरिएकामा १ जनामा तथा ५६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १४ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन ।… पुरा पढौ

काभ्रेमा रेबिज : प्रभावित क्षेत्रमा खोप

काभ्रेपलाञ्चोक, २० मङ्सिर । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए । महाभारत– १ को गोकुले र ८ नं वडास्थित घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको जनाइएको छ । सोमबार साँझसम्म १९ स्थानीयलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईँले जानकारी दिए। उहाँका अनुसार उक्त रेबिज प्रभावित क्षेत्रमा एक सय ६० डोज खोप उपलब्ध… पुरा पढौ

काभ्रेमा ३ महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

काभ्रेपलाञ्चोक, १९ मङ्सिर । काभ्रेमा ३ महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो । महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । केही दिनअघि महाभारत–१ गोकुले र ८ नं वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट दुई गाई मरेका थिए । वडा नं १… पुरा पढौ

६ कोरोना सङ्क्रमित थपिए, १९ जना डिस्चार्ज

काठमाडौं, १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार ३८८ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । ४५४ जनाको पीसीआर परीक्षण गरिएकामा ६ जनामा तथा ९३४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १९ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको… पुरा पढौ

५ कोरोना सङ्क्रमित थपिए, २४ जना डिस्चार्ज

काठमाडौं, १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ९०३ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । ३३७ जनाको पीसीआर परीक्षण गरिएकामा ५ जनामा तथा ५६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २४ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन ।… पुरा पढौ