मुख्य समाचार

६ करोड लागतमा बन्याे म्याग्दे गाउँपालिकाकाे भवन

तनहुँ, १६ चैत । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा ६ करोडको लागतमा भवन निर्माण भएको हो । गाउँपालिकाले बिहीबारदेखि नयाँ भवनबाट सेवा प्रवाह गरेको छ । गाउँपालिकाको सम्पूर्ण सेवा भने आगामी वैशाख ३ गतेपछि मात्र नयाँ भवनबाट प्रवाह गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। जिल्ला समन्वय समिति तनहुँको कोषमार्फत प्राप्त भएको रकम र आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको हो । सात वडा रहेको गाउँपालिकाका सबै वडा कार्यालयका आफ्नै भवन छन ।… पुरा पढौ

प्रि-मनसुन सक्रिय, आइतबारदेखि माैसममा सुधार हुने

काठमाडौं, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी रहने भएकाे छ । आइतबारदेखि क्रमश माैसम सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि–मनसुन सक्रिय भएको बताए । “हाल देशभर आंशिकदेखि… पुरा पढौ

एमडिएमएसमा ९२ करोड भ्रष्ट्राचार अभियाेगमा २ पूर्व अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोबाइल म्यानेजमेन्ट सिष्टमको परामर्श सेवा खरिदमा अनियमितता भएको पाइएपछि आयोगले मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन अध्यक्ष झा र खनाल, वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र रहेका छन् । यस्तै सहायक निर्देशकहरु रेवतीराम पन्थ,सन्दिप अधिकारी, विजयकुमार… पुरा पढौ

१ किलाे स्ट्रबेरी किन्दा १ किलाे सित्तैमा

दाङ, १६ चैत । लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म भएका छन् । चरा र कीराले नखाओस् भनेर सेतो पातलो कपडाले छोपिएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूलखेती गरिरहेका भास्कर पङ्गेनी र दशरथ साउदले दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १७ कठ्ठा जमिन मासिक रु दुई हजार भाडा दिने शर्तमा विगत दुई वर्षदेखि सयपत्री खेती गरेका थिए। उनीहरुले सोही स्थानमा अहिले स्ट्रबेरी खेती गरेका छन् । दाङको हावापानी सुहाउँदो केही खेती गरौँ भन्ने साथीहरुसँग सल्लाह गरी स्ट्रबेरी… पुरा पढौ

सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा, १५ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताएका छन् । उनले सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताए । नेकपा (एमाले) झापाको ११ आँैं जिल्ला अधिवेशनको आज विर्तामोडमा उद्घाटन गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । समिकरणमा सामेल दलहरुले जारी गरेको साझा सङ्कल्पको सातौँ बुँदामा समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्ने सरकारको गन्तव्य… पुरा पढौ

नेप्से ४.७८ अङ्कको वृद्धि, साढे २ अर्बकाे काराेबार

काठमाडौं, १५ चैत । सताकाे सेयर काराेबार हुने अन्तम दिन बिहिबार नेपाली सेयर बजारमा सामान्य अंककाे बृद्धि भएकाे छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको… पुरा पढौ

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव उपाध्याय नियुक्त

काठमाडौं, १५ चैत। गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन । बैक सञ्चालक समितिको बैठकले हाल बैकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ बैशाख १ गतेदेखि लागू हुनेगरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हाे। व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा स्थापना कालदेखि कार्यरत रहेका छन । विगत १५ वर्षदेखि कम्पनी सचिवको समेत जिम्मेवारी बहन गरेका उपाध्याय ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । बैंकिङ्ग क्षेत्रमा… पुरा पढौ

साढे १३ अर्बमा निर्माणाधीन रसुवागढी जलविद्युतकाे टरवाइन परीक्षण अन्तिम चरणमा

रसुवा, १५ चैत। उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टरवाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण शुभारम्भ गरिएको एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले निर्माण गरेका सुरूङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात विद्युत उत्पादन गर्ने उपकरण रनर धुमाइ परीक्षण कार्य अन्तिम चरणमा पुगेको हो । तीनवटा युनिटमध्ये दुईको सफल परीक्षण सम्पन्न भइसकेको र बाँकी एकको परीक्षण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । रसुवागढी… पुरा पढौ

प्रतिकूल मौसमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं, १५ चैत । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ ।… पुरा पढौ

साताैं दिनमा पनि सर्वोत्तमकाे सेयर सर्किट लेबलमा काराेबार

काठमाडाैं, १५ चैत । सर्वोत्तम सिमेन्टकाे सेयर काराेबारमा लगातार सर्किट लाग्ने क्रम राेकिएकाे छैन । कम्पनीले बुक बिल्डिङबाट सेयर गरेकाे थियाे । आज साताैं दिनमा पनि सेयर सर्किट लेबलमा काराेबार भएकाे छ । दोस्रो बजारमा कारोबारमा शुरू भएपछि लगानीकर्ताहरू बढी सक्रिय भएकाे देखिएका छन् । शुरूकाे दिनमा नेटवर्थको तीन गुणा रूपैयाँ ५ सय ५६ मा कारोबार शुरु भएको थियो । सर्वाेत्तमकाे सेयरकाे सातौ दिनकाे आजकाे कारोबारसम्म आउदा सर्किट लेबलमै कारोबार भएकाे छ भने जाे प्रतिसेयर एक हजार ८३ रुपैयाँमा किनबेच… पुरा पढौ