मुख्य समाचार

घुम्ने याम सुरु भएसँगै पर्यटकको रोजाइमा पर्याे बन्दीपुर

तनहुँ, १५ चैत । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिए। “हप्ताको दुई÷तीन दिन चिनियाँ पर्यटक करिब पाँच÷छ सयका दरले आउने गरेका छन्”, उनले भने, “जर्मनी, श्रीलङ्का, ताइवानी स्पेनलगायत देशबाट दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।” कोरोनाको समयपछि यहाँका होटल व्यवसायले विस्तारै गति लिन थालेकाले व्यवसायी… पुरा पढौ

सुन तोलाको १ लाख २७ हजार ९ सय पुग्यो, चाँदी पनि बढ्याे

काठमाडौं, १५ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघले छापावाल सुनमा रुपैयाँ ११ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनज तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ११ सयले बढेर तोलाको १… पुरा पढौ

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा

गलेश्वर (म्याग्दी), १५ चैत । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् । बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरे। त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी लिन सफल भएका छन् । रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा… पुरा पढौ

नेपाल वित्त कम्पनी संघको धितो मुल्याङ्कनका अभ्यास विषयक अन्तरक्रिया कार्यक्रम

काठमाडाै, १४ चैत । नेपाल वित्त कम्पनी संघको आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा लिने धितो, घरजग्गा मुल्याङ्कनका अभ्यासहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको पुल्चोक, ललितपुर स्थित गुहेश्वरी भवनमा आयोजित उक्त कार्यक्रममा विश्व बैंकका भूमी विज्ञ डेनिलो आर आन्टानियोले मन्तव्य राख्दै धितो मुल्याङ्कनका क्रममा भइरहेका अभ्यासहरु बारे प्रकाश पारेका थिए । काठमाण्डौ विश्व विद्यालयका प्राध्यापक डा. सुवास घिमिरेले नेपालमा हाल भइरहेको घरजग्गा मुल्याङ्कनका अभ्यासहरु र सुधारका उपायहरुको बारेमा चर्चा गरेका थिए… पुरा पढौ

अपराध गर्ने कसैलाई छोड्दिन: गृहमन्त्री लामिछाने

काठमाडौं, १४ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने कोहीलाई पनि नछाड्ने बताएका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले आपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि नछोड्ने प्रतिबद्धता जनाए । गृहमन्त्री लामिछानेले राजनीतिक दलमा आबद्ध कुनै पनि दलका नेता तथा कार्यकर्तालाई राजनीतिक प्रसयको आधारमा कुनै पनि हालतमा छुट नदिने तथा भनसुनको आधारमा अपराधमा संलग्न कसैलाई पनि नछाडिने बताए । “कुनै पार्टीको नेता तथा स्वार्थ समूहलाई जोगाउने पक्षमा म कहिल्यै हुने छैन, म देश जोगाउने छु,… पुरा पढौ

उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न प्रधानमन्त्री दाहालकाे निर्देशन

काठमाडौंं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा उनले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिए । प्रधानमन्त्रीले भने, “नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुई थरि ‘स्कुल अफ थट’ छन् । एउटा दृष्टिकोण छ, ‘अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै… पुरा पढौ

नेप्सेमा १०.८३ अंकको गिरावट, २ अर्ब बढीको कारोबार

काठमाडौं, १४ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार आज नेपाली सेयर बजारमा नकारात्मक दृश्य देखिएको छ । एउटा बाहेक सबै सूचकांकहरुमा रातो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा झरेको छ । नेप्सेमा ०.५३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१७ अंकले घटेर ३५९.४६ विन्दुमा रहेको छ । यसदिन १३ वटा उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी सबै १२ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३१० वटा कम्पनीहरुको… पुरा पढौ

अदुवा खेतीकाे आधुनिकीकरणले बढ्याे किसानको आम्दानी

फिक्कल (इलाम), १४ चैत । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष अदुवा बेचेर रू १२ लाख आम्दानी गरे। अदुवा (बच्चा) प्रतिमन (४० किलो) रू आठ हजारका दरले एक सय ५० मन… पुरा पढौ

नेपाली प्लाइउडको भारत निर्यातकाे अवरोध हट्याे

बाँके, १४ चैत । गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ । नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा केही वर्षयता भारतले गरेको अवरोध हटेपछि नेपाली प्लाइउड उद्योगीमा उत्साह छाएको छ । नेपालको पूर्वी नाकातिरबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिम नेपालको नेपालगञ्ज नाकाबाट भने प्लाइउडको निर्यातमा भारतले रोक लगाएको थियो । भारत सरकारले प्लाइउड, बोर्ड र डोरमा एक वर्ष बिआइएस मापदण्डका लागि म्याद थप गर्ने निर्णय गरेका कारण अवरोध… पुरा पढौ

वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन गर्ने प्रधानमन्त्री दाहालकाे घोषणापछि व्यवसायी उत्साहित

वीरगञ्ज, १४ चैत । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन हुने सम्भावना देखिएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि स्थानीय व्यवसायीहरू उत्साहित भएका हुन्। केही दिनअघि चिनी कारखानाको स्थलगत अवलोकन गर्न आएको सङ्घीय संसदीय टोलीले पनि कारखाना पुनःसञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो । प्रधानमन्त्रीबाट भएको उत्साहजनक घोषणा र संसदीय टोलीको निष्कर्षपछि स्थानीयमा रुग्ण उद्योग पुनःसञ्चालन हुने आशा जाग्नु सामान्य भएको वीरगञ्जका व्यापारी कृष्णकुमार कानु बताउछन्। “लामो समयदेखि… पुरा पढौ