मुख्य समाचार

राष्ट्रियसभा : मुलुकको यथार्थतालाई सम्बोधन गर्ने बजेट हुनुपर्छ

काठमाडौं, २ चैत । राष्ट्रियसभाको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको सो विधेयकलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको हो । विधेयकमाथि उठेको प्रश्नको जवाफमा अर्थमन्त्री पुनले विश्वव्यापीकरण, सूचना प्रविधिले पारेको प्रभाव तथा प्रवृत्तिलाई उपयोग गर्ने हिसाबले विधेयक प्रस्तुत गरिएको हो । कारोबारलाई सुरक्षित एवम् थप पारदर्शी बनाउने उद्देश्य राखिएको बताए। त्यसअघि आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै… पुरा पढौ

दुग्ध किसानले पाउने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्री पुनको निर्देशन

काठमाडौं, २ चैत । अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा गोविन्प्रसाद शर्मा र पशुपक्षी विकास सचिव डा रेवतीरमण पौडेलसँग छलफल गरे । आफ्नो उत्पादनको भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलनरत छन् । किसानलाई भुक्तानीका लागि… पुरा पढौ

पोखरा फाईनान्सको २७ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

पाेखरा, २ चैत। पोखराकाे न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाईनान्स लिमिटेडले आज आफ्नो २७ औ वार्षिकोत्सव मनाएको छ । २०५३ सालदेखि आफ्नो बैकिङ कारोबार शुरू गरि निरन्तर संचालित राष्ट्रिय स्तरको पोखरा फाईनान्स लिमिटेड नेपाल अधिराज्यभर सञ्चालित फाईनान्सहरु मध्ये पुरानो र स्थापित फाईनान्समा पर्दछ । २७ औ वार्षिकोत्सवको अवसरमा फाईनान्सले आज बिहान प्रधान कार्यालय न्युराेड पाेखराको प्राङ्गणमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियाे । उक्त रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए । २७ औ वर्षसम्म आईपुग्दा फाईनान्सले ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त… पुरा पढौ

बैंकिङ कसुरमा मुछिएका १० बैंकरमाथि सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान शुरू

काठमाडौँ, २ चैत । धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल राष्ट्र बैंककै विज्ञ टोलीबाट सो प्रकरणमा मुछिएका १० बैंकरको सम्बन्धमा पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धान थालिएको जानकारी दिएका छन । तत्कालिन सेञ्चुरी कमर्सियल बैंकले मिलेमतोमा धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा परेको उजुरीमाथि अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा पक्राउ… पुरा पढौ

फेवा नवबर्ष महोत्सवमा पाेखराका हाेटलमा २० प्रतिशत छुट

पोखरा, २ चैत । होटल संघ पोखरा नेपालले १९ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित स्ट्रिट  नम्बर १ देखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव आयोजना हुँदैछ । पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ बर्ष २०८१ को अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा गरिएको १९ औं फेवा नव बर्ष महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । यही चैत… पुरा पढौ

सुन जाँचबुझ आयोगकाे सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्। उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए । प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिनुभएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उनले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गरेका… पुरा पढौ

सिंगटी हाईड्रो इनर्जीको हकप्रद शेयर बाँडफाँड

काठमाण्डौ, २ चैत । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेकाे छ । कम्पनीले मिति २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१०० अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरेकाे थियाे । सो मध्ये रितपूर्वक आवेदन दिने ७६,२०० जना शेयरधनीहरुलाई ९८,८८,४६१ कित्ता हकप्रद शेयर निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वीकृति… पुरा पढौ

शुक्रबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं, २ चैत । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले गिरावट भएको छ । चाँदीको भाउ बिहिबारकै कायम भएको छ । छापावाल सुन तोलामा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बन्दै

बेनी ( म्याग्दी ), २ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो । सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, निरीक्षण गरेर गुरुयोजनाको प्रारम्भिक काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। उनको नेतृत्वमा गएको टोलीले तीन दिन लगाएर… पुरा पढौ

राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ को लक्ष्य: अध्यक्ष ओली

महेन्द्रनगर (कञ्चनपुर), २ चैत : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताएका छन् । एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्दै उनले निर्वाचन र यसको परिणामले कस्को शक्ति कस्तो छ भन्ने कुरा स्पष्ट पार्ने बताए । “हामी नेपालको राष्ट्रिय शक्तिलाई निर्णायक रुपमा सुदृढ र बलियो बनाउन चाहन्छौँ”, अध्यक्ष ओलीले भने, “यसको मापन निर्वाचन परिणामबाट हुन्छ यसै कारण हामीले मिसन ८४ भनेका छौँ ।” उनले वर्तमान… पुरा पढौ