मुख्य समाचार

आज अमेरिकी डलर र यूराेसहित अन्यको भाउ स्थिर

काठमाडौं, १४ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । साथै यूरोसहित अन्य देशकाे मुद्राहरूकाे भाउ पनि स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय… पुरा पढौ

रिलायबल लाइफकाे लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडाैं, १४ माघ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साेमबार बुकक्लोज हुने जनाएकाे छ । सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका लगानीकर्ताहरू साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य मानिनेछन् कम्पनीकाे सातौँ वार्षिक साधारणा सभा माघ २९ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौँमाान डाकिएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे हाे । सभाबाट हाल कायम… पुरा पढौ

रिलायन्स स्पिनिङ्ग मिल्सकाे सेयरमा बाेलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडाैं, १४ माघ । रिलायन्स स्पिनिङ्ग मिल्सले बिक्रीमा ल्याएकाे सेयरमा बाेलपत्र पेश गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले माघ १० गतेदेखि बुक बिल्डिङ्ग प्रक्रियाबाट सेयर खुलाएकाे थियाे । कम्पनीले १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ लाख २६ हजार ६०० कित्ता सयर निष्काशनकाे अनमुति पाएकाेमा ७ लाख ७० हजार ६४० कित्ता सेयरकाे बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ रहेकाे छ। नेप्सेकाे बोलकबोल प्रक्रियामा योग्य रहेका संस्थागत लगानीकर्ताहरुकाे सहभागिता हुनेगरी… पुरा पढौ

कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना

काठमाडाैं, १४ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। माघ १४ गते (आइतबार) दिउँसो: देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा… पुरा पढौ

अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेट, सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता

काठमाडौं, १३ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ । ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिष्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे। उपमन्त्री सुन हायानले पनि दुई देशबीच… पुरा पढौ

आर्थिक पूर्वाधार निर्माण अबको बाटो हाे : अर्थमन्त्री महत

काठमाडौं, १३ माघ । अर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नेपाल मार्केटिङ एशोसियनले आज आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा महतले अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । “देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौं, राजनीतिक पूर्वाधार तयार पारिसक्यौं । अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न… पुरा पढौ

उत्तरगङ्गा जलविद्युत्को वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत

गलकोट (बागलुङ), १३ माघ । बहुप्रतिक्षित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी अड्चन हटेको छ । सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको बागलुङको ढोरपाटन उपत्यकामा बनाइने उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी बाटो खुला भएको छ । नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको छ । इआइए स्वीकृत भएसँगै अब आयोजनाको काम अघि बढ्ने देखिएको छ । आयोजना सिकार आरक्षभित्र निर्माण गर्नुपर्ने भएकाले कानुनीरुपमा संरक्षित क्षेत्रभित्र वातावरणीय… पुरा पढौ

जाडोमा दमका रोगीलाई किन गाह्रो हुन्छ ?

काठमाडौं, १३ माघ । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो । चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि पाउन नसकिने भएकाले सामान्यतया दमको रोग भएकाहरुलाई गाह्रो हुने चिकित्सकको भनाई छ । जाडो भयो चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी… पुरा पढौ

माउन्टेन ग्लोरी लिमिटेडले ४० करोडको साधारण शेयर निष्काशन गर्ने

काठमाडाैं, १३ माघ। पोखराकाे दोभिल्लामा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरिरहेको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि १०० अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्ने भएकाे छ । कंपनीले शेयर सम्बन्धि सम्पुर्ण कार्य गर्न लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एलएस क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त समेत गरेको छ । साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिलभक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर… पुरा पढौ

काठमाडौंमा आज यस वर्षकै न्यून तापक्रम

काठमाडौँ, १३ माघ । उपत्यकामा आज यस वर्षकै न्यून तापक्रम भएकाे छ। हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ । काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम २ दशमलव ५ डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मिनकुमार अर्यालले जानकारी दिए । आज बिहान ५ बजेतिर न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री मापन भएकामा अहिले विहान ९ बजेको समयमा झरेर न्यूनमत तापक्रम… पुरा पढौ