मुख्य समाचार

नेप्सेमा १३.१८ अंकको बृद्धि, १ अर्ब बढीको कारोबार

काठमाडौं, ३० असोज । केहि दिन ओरालो लागेको सेयर बजार आज भने उकालोको यात्रामा गएको छ । सेयर बजारकाे सकारात्मक लयले अब सुधारका संकेतहरू देखिने हुन् कि भन्ने अपेक्षा बढाएकाे छ । लामो समयसम्म सेयर लगानीकर्ताहरुको असन्तुष्टि कायम रहिरहँदा लगानीकर्ताहरुको मनोबल उच्च हुन सकिरहेको छैन । यहिबीचमा सेयर लगानीकर्ताहरुका विभिन्न चारवटा संघ संस्थाहरु एकतावद्ध भएर आफ्नो हकहितका लागि महासंघ घोषणा गरिसकेका छन् । जस्ले शक्ति सन्तुलन, शक्ति प्रदर्शन र शक्तिसंचयनकाे काम गर्नेछ । मंगलबार आज साताको सेयर कारोबार हुने तेश्रो… पुरा पढौ

पहिलो २ महिनामा मूल्यवृद्धि ८.१९ प्रतिशत पुग्यो-राष्ट्र बैंक

काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत पुगेको छ । रकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकको गत भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार मरमसलामा ४५ दशमलव ४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको… पुरा पढौ

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि हो : प्रधानमन्त्री दाहाल

काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उनले यो निकै ठूलो उपलब्धि हो भने। “नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष र पहल गरेको छु, त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ”, उनले भने। आफ्नो नेतृत्वको नयाँ सरकारको आग्रहअनुसार राष्ट्रपतिबाट… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, ३० असोज । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा रुपैया ४ सय तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले घटेर तोलाको… पुरा पढौ

उद्योग सङ्घ चितवनमा न्यौपाने , रुपन्देहीमा सापकोटा विजयी

चितवन, ३० असोज । चितवन उद्योग सङ्घको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन्। अविधेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा परमेश्वर भण्डारी, दिनुपकुमार बराल, गोपालप्रसाद गैरे, ताराबहादुर कार्की, गजेन्द्र घिमिरे, मदन घिमिरे रहेका छन् । अधिवेशनको उद्घाटन सत्रमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले सरकारले मात्रै चाहेर उत्पादन बढाउन नसक्ने बताए । उनले भने, “सरकार र व्यवसायीको साझेदारीमा उत्पादन बढाउन सकिन्छ ।” सरकार उद्योगी–व्यवसायीको व्यवसाय बढाउन र प्रवर्द्धन गर्न तयार… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहि देशहरूको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १… पुरा पढौ

मिर्मिरे लघुवित्तकाे एफपीओमा आवेदन दिने अन्तिम दिन बाँकी

काठमाडौं, ३० असाेज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले खुलाएकाे एफपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। संस्थाले असोज २५ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओकाे बिक्री खुला गरेको थियाे । संस्थाले रुपैयाँ १ करोड २३ लाख ८१ हजार ६४५ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा रुपैयाँ १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ जारी गरेकाे हो। इच्छुक लगानीकर्ताले एफपीओमा घटीमा १० तथा बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। एफपीओमा लगानीका लागि लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सम्पूर्ण… पुरा पढौ

राष्ट्र बैंकद्वारा वित्तीय संस्थाहरुलाई फाइनान्सियल रिपाेर्ट बुझाउने म्याद १० दिन थप

काठमाडौं, ३० असाेज। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो त्रैमासिक फाइनान्सियल रिपाेर्ट बुझाउने म्याद १० दिन थप गरेको छ । नेपालमा संचालनमा रहेका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले हरेक त्रैमासको महिना सकिएकाे मितिले ७ दिनभित्र अनअडिटेड फाइनान्सियल रिपाेर्ट राष्ट्र बैंकमा बुझाउनुपर्ने नियम थियाे । पहिलो त्रैमासिक वित्तीय विवरण कात्तिक ७ गतेभित्र राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था भएकाेमा त्याे समयमा दशै पर्वकाे बिदा परेकाेले बैकहरूकाे सहजताका लागि यसपटक समय थप गर्दै कात्तिक १७ गतेसम्म पुर्‍याइएको नेपाल राष्ट्र बैंकले सुचनामा… पुरा पढौ

एनआरएनएको एघारौँ महाधिवेशन आजदेखि

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि कात्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख) सम्म काठमाडौंमा आयोजना हुँदैछ । एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् । कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट समापन हुने सङ्घले जनाएको छ । एनआरएनएले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठकाे अवसरका रूपमा समेत मनाउँदैछ । सरकार,… पुरा पढौ

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीकाे पूजा गरिदै

काठमाडौं, ३० असोज । बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए। मार्कण्डेय पुराणमा ‘चन्द्र ः… पुरा पढौ