मुख्य समाचार

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, २२ चैत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आज आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित गर्नुपर्ने बताए। प्रधानमन्त्री दाहालले भने, ‘‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीति, अर्थनीति, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ । सोही छलफलको… पुरा पढौ

पर्यटक आउन थालेसँगै लयमा फर्किदै घलेगाउँका घरबास

लमजुङ, २२ चैत । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण सो स्थानका घरबासमा गर्मी लागेसँगै अहिले दैनिक ४०÷५० पर्यटक आउन थालेका हुन् । जाडो बढेसँगै घरबास सुनसान थिए । ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले भने, “जाडोयाम बढेसँगै सुनसान जस्तै बनेको यहाँको घरबासमा यतिबेला बिस्तारै पर्यटक आउन थालेका छन् ।” दैनिकजसो ३० देखि ५० र शुक्रबार, शनिबार तथा बिदाको समयमा एक… पुरा पढौ

नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने : विश्व बैंक

काठमाडौं, २२ चैत । विश्व बैंकले नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आयात भएकाे प्रतिबन्ध, मौद्रिक नीतिमा लागू गरिएकाे कडा नीति, उच्च मुद्रास्फीति र सरकारी खर्चमा भएकाे कमीले राजस्व संकलनमा असर गरेकाे छ। बैंकका अनुसार यस वर्ष नेपालको वृद्धिदर सुस्त हुने देखिएकाे छ । बैंकले नेपाल विकासका विवरणहरु सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र २०२३ मा ४.१% ले वृद्धि हुने जनाएकाे हो । पर्यटनमा हुने पुनःस्थापना, रेमिट्यान्समा हुने वृद्धि र मौद्रिक नीतिको कारण आर्थिक वर्ष २०२४ मा साे… पुरा पढौ

करको दायरा बढाउन नागरिकतासँगै प्यानकार्ड दिन चेम्बरको प्रस्ताव

काठमाडौं, २२ चैत । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग करको दायरा बढाएर राजश्व संकलनको लक्ष्य पूरा गर्नुपर्ने माग गरेको छ। अध्यक्ष राजेन्द्र मल्ल सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्रालयमा गएर अर्थमन्त्री डा.महतसँग भेटवार्तामा त्यस्तो माग गरेका हुन्। चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करको दर वृद्धि गर्नु भन्दा करको दायरा बढाईनुपर्छ। यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्दछ।’ चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्नेमा जोड दिए। बिल लिने–दिने व्यवस्थालाई पनि अनिवार्य रुपमा कार्यान्व्यनमा… पुरा पढौ

विश्वका धनी व्यक्तिको सुचिमा विनोद चौधरी १६४७ औं स्थानमा

काठमाडौं, २२ चैत । नेपालका धनी तथा सांसद् विनोद चौधरी विश्वकै १६४७ औं धनी व्यक्ति बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ अनुसार चौधरीसँग कूल १.८ अर्ब डलर सम्पत्ति रहेको छ। उनी सन् २०२२ मा १९२९ औं स्थानमा थिए। १ वर्षको अवधिमा चौधरीको सम्पत्तिसमेत ३० करोड डलरले वृद्धि भएको छ। म्यागेजिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.५ अर्ब डलर रहेको थियो। चौधरी अन्तर्गत सीजी ग्रुप ग्लोबल रहेको छ। उनीसँग भएका नबिल बैंक, सीजी फुड्सबाट उत्पादित वाईवाई चाउचाउ चर्चित छन्। वाईवाई… पुरा पढौ

एकैदिन २ हजारले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं, २२ चैत । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ भारि मात्राले बढेको छ । छावापाल सुनमा एकैदिन रुपैयाँ २ हजारले बढेको छ । चाँदीमा रुपैयाँ ४० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको रुपैयाँ १ लाख ११ हजारमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको रुपैयाँ १ लाख ९ हजारमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ हजारले… पुरा पढौ

उद्योग वाणिज्य महासंघमा १०१ जनाको उम्मेदवारी

काठमाडौं, २२ चैत । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि १०१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। १ जना वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएको महासंघको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लीलामणि पोखरेलले जानकारी दिए। उनका अनुसार वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठको उम्मेदवारी परेको छ। जिल्लानगरका अरुण सुमार्गी, सुरकृष्ण वैद्य र दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। यस्तै वस्तुगततर्फ मनिषलाल प्रधान र सकुन्तलाल हिराचनको उम्मेदवारी परेको छ। एसोसिएटतर्फ भने ज्योत्सना श्रेष्ठ… पुरा पढौ

‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन हुँदै

काठमाडौं, २२ चैत । ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ चैत २९ गतेदेखि निष्काशन गर्न लागिएकाे छ । महालक्ष्मी विकास बैंकले रु १ अर्ब रुपैयाँ बराबरको १० वर्षे अवधिको लागि वार्षिक ११ प्रतिशत ब्याजदरकाे ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकले साे प्रतिऋणपत्रकाे ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएकाे छ। ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता भने सर्वसाधारणका लागि रहेकाे छ । २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। ऋणपत्रमा लगानी गर्न… पुरा पढौ

नारायणगढ-बुटवल सडक धमाधम कालोपत्र हुँदै

नवलपुर, २२ चैत । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्रको काम भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा कालोपत्रको काम भइरहेको छ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी कालोपत्र गरिएको जानकारी दिए। “हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी क्षेत्रफलमा अक्सपाल्ट (कालोपत्र) गर्ने योजनाका साथ काम गरिरहेका छौँ”, उनले भने, “गैँडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा दुई किलोमिटर क्षेत्र तथा… पुरा पढौ

बाँस र निगालोको मान्द्रा बुनेरै जीविकोपार्जन

चौतारा, २२ चैत । जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्छन् सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा । उमेरले ७० टेकेका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आएका छन् । जब गाउँमा कसैको बिहे हुन्छ । कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उनलाई दिने गर्छन् । वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्mनो पेसालाई नछोडी… पुरा पढौ