मुख्य समाचार

महासंघको निर्वाचन : ११८ उम्मेदवारमध्ये ६ जना मात्र महिला

काठमाडौं, २३ चैत । नेपाल उद्योग वाणिज्य महासंघको २९ चैतमा हुने निर्वाचनमा ११८ जना उम्मेदवार हुँदा ६ जना मात्र महिला उम्मेदवार छन। त्यो पनि सदस्य पदका लागि मात्र उम्मेदवार छन्। पदाधिकारीमा भने कोही पनि महिला उम्मेदवार छैनन्। एसोसिएटमा ३० जना उम्मेदवार हुँदा राज्यलक्ष्मी महर्जन र जुना माथेमा २ जना मात्र महिला उम्मेदवार छन्। उनीहरू दुवै जना काठमाडौंकै हुन्। उद्योग वाणिज्य संघतर्फका १६ पदका लागि ३२ जना उम्मेदवार हुँदा पाल्पाकी कल्पाना गैरे मात्र महिला उम्मेदवार छन्। वस्तुगत संघतर्फ २८ जनाको उम्मेदवारी… पुरा पढौ

विश्वका सबैभन्दा १० धनी व्यक्तिहरू मध्ये ७ अमेरिकी

एजेन्सी, २३ चैत । सन् २०२३ मा विश्वका सबैभन्दा १० जना धनी व्यक्तिहरूको सूची सार्वजनिक हुँदा अमेरिकी ७ जना परेका छन् । फोर्ब्सले जारी गरेको उक्त सूचीमा विश्वका सवैभन्दा धनी फ्रान्सबाट बर्नार्ड आर्नल्ट भएका छन् । उनको कुल सम्पत्ति २११ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ । दोस्रो नम्बरमा अमेरिरकी एलन मस्क छन् । उनको हाल १८० बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ । तेस्रो स्थानमा अमेजोनका मालिक अमेरिरकी नागरिक जेफ बेजोस रहेका छन् । हालको सम्पत्ति ११४ बिलियन… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

काठमाडौं, २३ चैत । काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ २२ पैसा… पुरा पढौ

भूगोल इनर्जिकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, २३ चैत । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको सेयर (आईपीओ) निष्काशन गरेकाे छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेकाहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ । कम्पनीले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेकाे हो। यसबाट १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुका लागि रहेकाे छ ।… पुरा पढौ

औद्योगिक नीतिकाे सुधार उच्च प्राथमिकतामा : मन्त्री रिजाल

काठमाडौं चैत २३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले औद्योगिक नीतिमा सुधार गर्ने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग भएको भेटमा उनले देशको आर्थिक विकासका लागि औद्योगिक नीतिमा सुधार गर्ने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । “म बजारमा आधारित अर्थतन्त्रमा विश्वास गर्ने व्यक्ति हुँ, उद्योग खोल्ने काम, व्यापार गर्ने काम सरकारले गर्ने होइन, निजी क्षेत्रका लागि उपयुक्त वातावरण बनाइदिने सरकारको काम हो”, उनले भने। आफू खुला बजार अर्थनीतिको पक्षमा रहेको मन्त्री… पुरा पढौ

ट्राफिक जामका कारण उपत्यकामा वार्षिक रु १ खर्ब बढी क्षति

काठमाडौं २३ चैत । काठमाडौं उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले आर्थिक क्षेत्रमा रु एक खर्ब १६ अर्ब बराबरको क्षति हुने गरेको काठमाडौँ महानगरपालिकाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। उनले भने, “यो ठूलो क्षति हो, यसलाई न्यूनीकरण गर्नका लागि कामपाले ट्राफिक जाम कम गर्ने… पुरा पढौ

लुम्बिनीमा थन्किएका विदेशी मुद्रा सटही हुने, राष्ट्र बैंक र कोषबीच सम्झौता

भैरहवा, २२ चैत । लुम्बिनीमा दानको रूपमा जम्मा भएको विदेशी मुद्रा सटही हुने भएको छ । लामो समयदेखि सटही नभएको विदेशी मुद्रा सटही गर्न नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सङ्कलित विभिन्न २० वटा देशका विदेशी मुद्रामात्र सटही गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । लुम्बिनीमा भेटी र दानबापत जम्मा भएको विदेशी मुद्रामा सबैभन्दा धेरै म्यानमारको रहेको कोषका कोषाध्यक्ष भट्टराईले… पुरा पढौ

८.३९ अंकले बढ्यो नेप्से परिसूचक, साडे ८१ करोडको कारोबार

काठमाडौं, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री डा.प्रकाशसरण महतले पदको बहाली भएको दिनदेखि नै अर्थतन्त्र सुधारको पक्षमा रहेको बताउँदै आएपनि विश्वस्त हुन नसकेको सेयर बजार बुधबार लयमा फर्किएको छ । सेयर बजारको गिर्दो अवश्था र ओरालो लागेको अर्थतन्त्रलाई उकास्नको लागि दिनहुँ सकारात्मक कुराहरु गरिरहेका अर्थमन्त्री डा.महतसंग नीजि क्षेत्र तथा लगानीकर्ताका अगुवाहरुसंग छलफल गरेको भोलिपल्ट बुधबार सेयर बजार उकालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.३९ अंकले बढेर १८७५.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४५… पुरा पढौ

उपकरण बिग्रिदा नागढुङ्गामा सुरुङ खन्ने काम रोकियो

काठमाडौँ, २२ चैत । सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यस्तो समस्या देखिएन थालेको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । पहिले दैनिक ३ देखि ४ मिटर खन्ने गरेकामा अहिले रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए । अरु काम चलेपनि सुरुङ खन्ने प्रगति कम रहेको छ । त्यहाँको भूवनोट कमजोर रहेको र काम गर्दा उपकरणमा विग्रने समस्या आइरहेको श्रेष्ठले बताएका छन् । कम्पनीले तिव्र गतिमा काम गरिरहँदा… पुरा पढौ

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह

काठमाडौं, २२ चैत । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् । विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उनीसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् । “उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा… पुरा पढौ