मुख्य समाचार

डलरको भाउ स्थिर, अन्यको बढ्यो (मूल्यसूचीसहित)

काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा बिक्रीदर १३२ रुपैयाँ ४ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४४ रुपैयाँ… पुरा पढौ

हवाई भाडा घट्यो, कहाँकाे कति ? (सूचीसहित)

काठमाडौं, २२ चैत । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो । सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र रु सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब रु सात हजार ७० भाडा कायम गरिएको… पुरा पढौ

पोखरा-१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

पाेखरा, २२ चैत । उच्च अदालत पोखराले गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिका–१८ मा पुनः मतगणनाको आदेश दिएको छ । सो वडामा तीन मतान्तरले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद तिमिल्सिना विजयी भएका थिए। नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्याशी पुष्कल थापाले गणनामा धाँधली भएकाले पुनः मतगणनाको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए। सो निवेदनमाथि आज सुनुवाइ गर्दै उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले गणना बदर गरी आगामी… पुरा पढौ

केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, २२ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। चैत २२ गते (बुधबार) दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका  पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।… पुरा पढौ

सजिलो छैन पोर्तुगलमा पनि

पोर्तुगल, २१ चैत । नेपालमा शैक्षिक बेरोजगारी तथा स्वरोजगारबारे आवश्यक सचेतनाको कमीले धेरैलाई विदेश प्रस्थान गर्ने बाटो देखाउने गरेको छ। कोही पढ्ने निहुँले, कोही आफन्त भेट्ने निहुँले, कोही घुमफिर अनि कोही कुनै न कुनै कार्यक्रममा सहभागी हुने निहुँले विदेश पसेर उतैको कागजात बनाई बसाईलाई लम्ब्याउने गरेको पाइन्छ। यसरी सिर्जनशील युवा विदेश पलायनले देशलाई घाटा छ भनेर थुप्रै विद्वानहरूले भनिसक्नु भएको छ, लेखिसक्नु भएको छ। तर पनि बिदेशिनेको संख्या घट्नुको साटो बढेर गएको तथ्यांक छ। त्यसमा पनि अष्ट्रेलिया, अमेरिका, क्यानडाभन्दा अलिक… पुरा पढौ

हाम्रो जित सुनिश्चित छ : वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल

काठमाडौं, २१ चैत । । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गरेको छ । मंगलबार एक विशेष कार्यक्रमबीच उक्त समुहले महासंघ केन्द्रिय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो । सो समुहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन् । आज भएको उम्मेदवारी दर्ता कार्यक्रममा वस्तुगततर्फबाट उपाध्यक्ष लगायत १४ जना कार्यसमित सदस्य पदका उम्मेदवारहरुले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका थिए । यस्तै… पुरा पढौ

लगातार नेप्सेमा गिरावट, कारोबार ९१ करोडमा सिमित

काठमाडौं, २१ चैत । नेप्सेको ओरालो लागेको यात्राले निरन्तरता लिईरहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । सेयर लगानीकर्ताले सबैथरि निर्बाचन र सरकारको पूर्णतापछि सुधारको अपेक्षा गरेका भएपनि बजार लयमा फर्किन नसकेपछि मनोबल उच्च बनाउन सकेका छैनन् । अझैंपनि उनीहरु पर्ख र हेरको स्थितिमा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.४५ अंकले घटेर १८६५.४२ विन्दुमा रहेको छ । नेप्सेमा ०.३४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७०… पुरा पढौ

रसुवा नाकाबाट १५ करोडका नेपाली उत्पादन चीन निर्यात

रसुवा, २१ चैत । बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् । चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार १५ करोड बराबरको नेपाली सामग्री चीनको केरुङतर्फ निर्यात भइसकेको छ । निर्यात भएका सामग्रीमा बाँसका मुढा, कपडा, कार्पेट, भाँडाकुँडा, हातेकागज, हस्तकलाका… पुरा पढौ

अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न स्थानीयको माग

भोजपुर, २१ चैत । ९०० मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् । सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने ४०० केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नै नगरी काम अगाडि बढाउन खोजिएको भन्दै भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाका जग्गाधनीले पुन सर्भे गर्न माग गरेका हुन् । उनीहरु सङ्घर्ष समिति निर्माण गरी विरोत्र उत्रिएका छन् । बस्ती र खेतीयोग्य जमिन नछली सर्भे गर्दा आफूहरु विस्तापित हुने अवस्था आएकाले पुनः सर्भेको माग गरिएको सङ्घर्ष समितिका संयोजक… पुरा पढौ

बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई

काठमाडौँ, २१ चैत । नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’ । यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै फेरि प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ । शेयर संरचनालगायतका विषयमा अन्तिम टुङ्गो लगाउनका लागि प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलले दिने प्रतिवेदनका आधारमा शेयर संरचनामा संशोधन गर्ने तयारी गरिएको छ । प्राधिकरणका सञ्चालक समिति सदस्यसमेत रहेका ऊर्जा, जलस्रोत… पुरा पढौ