मुख्य समाचार

लघुवित्तको निष्क्रिय कर्जा ८३ प्रतिशतसम्म बढ्यो

काठमाडौं, ३० फागुन । पछिल्लो समय लघुवित्त कम्पनीको निष्क्रिय कर्जा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिको ‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार निष्क्रिय कर्जा पछिल्लो छ महिना अवधिमा करिब ८३ प्रतिशतसम्म बढेको देखिएको हो । “पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको छ । त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएको छ”, प्रतिवेदनमा भनिएको छ… पुरा पढौ

सूचना प्रविधिको माध्यमबाट नयाँ अवसर सिर्जना गर्न सकिन्छ :सञ्चारमन्त्री शर्मा

काठमाडौं, ३० फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताएकी छिन् । राजधानीमा आजदेखि सुरु भएको एशिया–प्यासिफिक एड्भान्स नेटवर्क ९एपान०को ५५औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले आफ्नै भू–उपग्रह र सफ्टवेयर निर्माणको पहल थालेको र त्यसका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग र थप लगानी प्राथमिकतामा राखेको बताइन् । उनले सूचना प्रविधिसम्बन्धी कानुन परिमार्जन, आवश्यक नीति निर्माण, साइबर सुरक्षाका लागि सचेतना, सार्वजनिक तथा निजी तथ्याङ्कको सुरक्षालगायत क्षेत्रमा गहिरो ध्यान गएको बताइन् ।… पुरा पढौ

नेप्सेमा झिनो अंकको सुधार, १ अर्ब १३ करोडको कारोबार

काठमाडौं, ३० फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा झिनो आशाको संकेत देखिएको छ । निरन्तर ओरालो लाग्दै आएको बजारको परिदृश्यले लगानीकर्तालाई अर्को बाटो रोज्ने वा पर्ख र हेरको रणभूल्लमा पारिरहेको छ । बजार नकारात्मक भईरहने, व्यवस्थित राजनीतिक यात्रा शुरु नभईसकेको र लगानीकर्ताहरु नियामक निकाय, सरकारबाट आश्वस्त नभईरहेको बेलामा बजारको सकारात्मक गतिले कहिलेबाट निरन्तरता पाउने हो यो भविष्यको गर्भमै छ । यद्यपी वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु बजार सुधारको पक्षमा रहिरहेको बताउदै आएका… पुरा पढौ

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री दाहाल

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका छन् । नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड ९सिसिपीआईटी० को संयुक्त रुपमा आज आयोजित नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्दै उनले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए । प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाए… पुरा पढौ

दु:खले बिदेश भासिएका हामीले कहिले सिक्ने ?

अमेरिकामा क्यारीबेयन लगाएत छिमेकी देशका मानिसहरु सिजनल भिषामा आउने काम गर्ने र आफ्नै देश फर्कने गर्दा रहेछन् । यसरी ५/६ महिना काम गर्दा कमाइने र बांकी आफ्ने देश परिबार कुलकुटुंबसंग चैनले बस्न पाइने हुंदा लुकीछिपी अबैध तरिकाले अमेरिकामै बस्ने आकर्षण उनिहरुमा हुंदो रहेनछ । सुदुर र मध्य नेपालका मानिसहरु सिजनल काम गर्न काला पहाड हिमाञ्चल, उत्तराखण्ड गए जस्तै । यसैगरी ईमान्दारीसाथ त्यस देशको कानुनको मर्यादामा बसेर काम गर्ने हो भने अदक्ष देखि दक्ष र बिशेष योग्यता भएका नेपालीहरुलाइ युरोप ईजरायल… पुरा पढौ

हिमपातका कारण अन्नपूर्ण पदमार्गमा बढ्यो चहलपहल

मनाङ, ३० फागुन । हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । विगतका वर्षमा हिउँदमा हिउँ खेल्न आउने पर्यटक प्रशस्त हुने गरे पनि यसवर्ष हिमपात भएन । हिमपात नहुँदा हिउँ छुन र खेल्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो । तर, वसन्त ऋतु सुरु भएसँगै हिमपात हुुँदा अहिले पर्यटकको आवागमन बढेको छ । पर्यटकको आवागमनले अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । बेमौसममा सुनसान रहने मनाङ अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् ।… पुरा पढौ

१० करोडकाे “कुमारी सुनौलो योजना” निष्कासन हुदै

काठमाडौं, ३० फागुन । कुमारी बैंकले आगामी चैत ९ गतेदेखि 'कुमारी सुनौलो योजना' नामक खुलामुखी योजना निष्कासन गर्ने भएको छ । यो योजना चैत ९ देखि १३ गतेसम्म निष्कासन गरिने बैंकले जनाएको छ । सुनौलो लगानी योजनाको कोष प्रवर्द्धक कुमारी बैंक, तथा योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको छ । बैंकका अनुसार प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको १० करोड इकाई निष्कासन गरिने छ । त्यसमध्ये १ करोड ५० लाख इकाई कुमारी बैंकका लागि सुरक्षित गरिएको छ । ३ करोड ५०… पुरा पढौ

प्रि-ओपन सेसनमा १ अंकले घट्यो नेप्से

काठमाडौं, ३० फागुन । आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो सोमबार यो परिसूचक २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से परिसूचक ०.८० अंक घटेर १९५०.४१ विन्दुमा झरेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.४३ अंकले गिरावट आएको छ । आज मंगलबारको प्रि-ओपन सेसनमा १२ वटा स्टकको ६० हजार ५३६ रुपैयाँ बराबरको २१० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ७… पुरा पढौ

सगरमाथा जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्दै

काठमाडौं, ३० फागुन । सगरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणका लागि ४३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर (आईपीओ) निष्काशन गर्न लागेकाे छ । कम्पनीले चैत ८ गतेदेखि साे सेयर निष्काशन गर्न लागेकाे हाे । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा जनता तथा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ । जारी पूँजी रु १ अर्ब १२ करोडकाे ९ प्रतिशतले हुने रु ४३ करोड ६८ लाख बराबरको ४३ लाख ६८ हजार कित्ता सेयर रहेकाेमा ४ लाख ३६ हजार… पुरा पढौ

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ३० फागुन । नेपाल राष्ट्र बैंकले मंगलबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १० पैसा बिक्रीदर १३१ रुपैयाँ ७० पैसा रहेको छ । यूरो १ को खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ… पुरा पढौ