मुख्य समाचार

किन ओझेलमा छ ढोरपाटन?

ढोरपाटन, २ चैत । कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो । यहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारी पनि नाउर र झारलको सिकार खेल्न आइपुग्छन् । पश्चिम नेपालमा धौलागिरि हिमशृङ्लाभित्र पर्ने ढोरपाटन समुन्द्री सतहबाट २ हजार ८ सय ५० मिटरदेखि ५ हजार ५ सय मिटर उचाइमा अवस्थित छ । सिकार आरक्षको… पुरा पढौ

बिपिडब्लु लघुवित्तको आईपीओ शुक्रबारबाट बिक्री हुने

काठमाडौं, २ चैत । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० हजार ९५० कित्ता आईपीओ बिक्री हुने भएको छ । सर्वसाधारणका लागि फागुन १८ गतेदेखि २३ गतेसम्मको लागि आईपीओ खुल्ला गरिने कम्पनीले बताएको छ । प्रतिव्यक्ति १० कित्ताका दरले सर्वसाधरणले आईपीओ भर्न पाउने छन् । आईपीओ चैत ३ गते शुक्रवार बाँड्ने कम्पनीले जनाएको छ । यस अघि फागुन १७ गते कम्पनीले विदेशमा भएका नेपालीलाई १० प्रतिशत शेयर वितरण गरेको थियो । कम्पनीले मेगा क्यापिटल मार्केट्स लिमिटेडकोमार्फत् आईपीओ वितरण गर्ने भएको हो… पुरा पढौ

प्रि-ओपन सेसनमा यस्तो छ नेप्सेको अवस्था

काठमाडौं, २ चैत । साताको अन्तिम कारोबार हुने दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा फेरबदल भएको छैन । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार यो परिसूचक १४.४४ अंक घटेर १९३८.६२ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्सेमा कुनै घटबढ नभई स्थिर रहेको पाइएको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि स्थिर अवस्थामा नै रहेको छ । आज बिहीबारको प्रि-ओपन सेसनमा १० वटा स्टकको ६ लाख ७९० रुपैयाँ बराबरको १ हजार ६३२ कित्ता सेयर खरिदबिक्री भएको छ… पुरा पढौ

१५ अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकले आज १५ अर्ब रुपैयाँको रिपो जारी गर्न लागेकाे छ । बैंकले १४ दिनमा परिपक्व हुने गरी रिपो जारी गर्न लागेको जनाएकाे छ। रिपोमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोलका लागि समय ताेकिएकाे बैंकले जनाएको छ । जारि हुने रिपो चैतकाे १६ गते परिपक्व हुने भएकाे छ । बैंकिङ प्रणालीमा लगानीका लागि योग्य रकमकाे अभाव देखिएपछि राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्नका लागि रिपो जारी गर्ने गरेकाे छ । रिपाेकाे बोलकबोलमा ‘क’,… पुरा पढौ

यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकले बिहिबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा बिक्रीदर १३२.४६ पैसा रहेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७०… पुरा पढौ

असललाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गरौं : अभियन्ता

काठमाडौं, २ चैत । मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको तथा स्थापनाको मूल्य मान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शङ्काको दृष्टिले नर्हेन सुझाव दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल सुरु गरिसकेको सन्दर्भमा सबै सहकारीलाई एउटै दृष्टिकोणले नहेर्न उनीहरुले आग्रह गरेका छन् । सहकारीका सन्दर्भमा आयोजित छलफलमा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले समस्याग्रस्त सहकारी समाधान समितिलाई समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाबाट बचतकर्ताको रकम शीघ्र फिर्ता गर्ने… पुरा पढौ

कामपाको सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा

काठमाडौं, २ चैत । महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ । नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन् । सेवामा जानुअघि उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ । सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ । त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन् । तीमध्ये… पुरा पढौ

नारायणघाट बुटवल सडक : शिलान्यासको चार वर्षमा कालोपत्र सुरु

कावासोती, २ चैत । शिलान्यासको चार वर्षपछि पूर्वपश्चिम नारायणघाट–बुटवल सडकको पूर्वी खण्डको कावासोती क्षेत्रमा कालोपत्रको काम सुरु भएको छ । नारायणघाटबाट ३० किलोमिटर पश्चिममा रहेको कावासोती र लोकाहाबीचको जङ्गल क्षेत्रमा पाँच सय मिटर सडकमा कालोपत्र गरिएको हो । गत २०७५ चैत ८ गते शिलान्यास भएको पूर्वपश्चिम जोड्ने मुख्य राजमार्गको यसअघि पूर्वी खण्डको हर्कपुर र पश्चिम खण्डको भुमहीमा कालोपत्रको परीक्षण गरिएको थियो । कावासोतीदेखि लोकाहासम्मको चार किलोमिटर सडक एक साताभित्र कालोपत्र गरिसक्ने आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए। उनका अनुसार राजमार्गको… पुरा पढौ

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको तलब तथा सुविधा

काठमाडौं, १ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हालै नेपालको तेस्रो राष्ट्रपति बनेका छन् । उपराष्ट्रपतिको निर्वाचन पनि आगामी चैत ३ गतेका लागि तोकिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिमा संघीय सांसद र प्रदेश सांसदले मतदान गर्ने पाउने व्यवस्था रहेको छ । १ जना संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ हुन्छ । तिनै सांसदले नै मतदान गरेर मुलुकको चौथो उपराष्ट्रपति चुन्दैछन् । राष्ट्रपति र उपराष्ट्रपतिको तलब, सुविधा कति हुन्छ भन्ने आम मानिसको चासोको विषय हुन सक्छ… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, १ अर्ब २० करोडकाे कारोबार

काठमाडौं, १ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । अघिल्लो दिनमा सुधारको संकेत देखिएको भएपनि त्यसको भोलिपल्टै आज करेक्सन देखिएको हाे । सेयर बजारमा यसै हुन्छ भनेर आकलन गर्ने संभावना पनि न्यून छ । लगानीकर्ताहरु सेयर बजारबाट पलयान वा पर्खर हेरको बाहेक अर्को के गर्ने भनेर अन्योलमा छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा झरेको छ । नेप्सेमा ०.७४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स… पुरा पढौ