मुख्य समाचार

८ महिनामा बजेट घाटा डेढ खर्ब बढी, पुँजीगत खर्च २२ प्रतिशत

काठमाडौं, १ चैत। चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ८ महिनामा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड नाघेको पाइएको छ । फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गरेको छ । राजस्व सङ्कलन जम्मा ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै रहेको छ । महालेखा नियन्त्रक कार्यालयले हालै सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको राजस्व सङ्कलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको हो । यो अवधिमा सरकारी… पुरा पढौ

च्याउखेतीबाट वार्षिक १० करोडको कारोबार गर्दै चौलागाइ

सर्लाही, १ चैत । बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागाइले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताएका उनी तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौँ ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित भएका हुन्। काठमाडौँ उपत्यकामा च्याउ र गोलभेँडाको राम्रो मागदेखि पनि तत्कालीन समयमा रू एक लाख लगानीमा उनले ध्रुव कृषि फर्म प्रालि दर्ता गरी च्याउखेती सुरु गरेका हुन्। “जब मैले तराईका जिल्लाबाट ठूलो मात्रामा गोलभेँडा र च्याउ काठमाडौँ लैजाँदै गरेको देखेँ… पुरा पढौ

यसकारण बढ्दैछ विद्युतीय चुलोप्रति मधेसवासीको आकर्षण

धनुषा, १ चैत । केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका बासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् । गाउँ–गाउँसम्म केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्नुपर्छ भन्ने जनचेतनाका कारण विद्युतीय चुलोको प्रयोग बढ्न थालेको हो । यहाँका अधिकांश युवा वैदेशिक रोजगारमा जाने गरेको र कतिपय व्यक्तिहरूले स्वदेशमै विभिन्न व्यवसायमा संलग्न भएसँगै परिवारको आर्थिक स्थितिमा सुधार आउँदा पक्की घरको निर्माण गर्ने, भान्छामा… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ स्थिर, यस्तो छ मूल्य

काठमाडौं, १ चैत । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा कुनै फेरबदल भएको छैन । छापावाल सुन, तेजाबी सुन र चाँदी आज पनि मंगलबारकै भाउमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन पनि तोलाको १ लाख ५… पुरा पढौ

यी तीन लघुवित्तकाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, १ चैत । नेपाल स्टक एक्सचेञ्जले बुधबार तीनवटा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएकाे जनाएकाे छ । सेयरमूल्य समायाेजन भएका वित्तीय संस्थाहरुमा आरएमडीसी लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्तीय वित्तीय संस्था र मनकामना स्मार्ट लघुवित्त रहेका छन्। तीनवटै संस्थाले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेका छन् । याेसंगै नेप्सेले उनीहरुकाे सेयरमूल्य समायोजन गरेर नयाँ सेयरमूल्य कायम गरेकाे हाे । आरएमडीसी लघुवित्त आरएमडीसी लघुवित्तको २६ प्रतिशत, समता घरेलुको १५ प्रतिशत र मनकामना स्मार्टकाे ४.७५ प्रतिशत बोनस सेयर… पुरा पढौ

बढ्यो डलरसहित विदेशी मुद्राको मूल्य (सूचीसहित)

काठमाडौं, १ चैत । नेपाल राष्ट्र बैंकले बुधबारका आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका मूल्यसूचीला भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । आज अमेरिकी डलर तथा अन्य केहि देशको मुद्राको भाउ बढेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६९ पैसा बिक्रीदर १३२ रुपैयाँ २९ पैसा रहेको छ । यूरो १… पुरा पढौ

दक्षिण कोरियाका २ सय बौद्ध तीर्थयात्री लुम्बिनीमा

लुम्बिनी, १ चैत । दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्केका २ सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका बीच स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्गसहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन् । कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीलाई रुपन्देही निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदलयात्रीलाई बुद्धजन्मस्थलमा खादा ओढाएर स्वागत गरे। कोरियाली… पुरा पढौ

हुलाकी सडक निर्माणलाई गति दिन प्रमुखको निर्देशन

विराटनगर, १ चैत । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उहाँले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन्। विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन दशमलव एक सय ९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफल गरे। स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार मीनकुमार नवोदितले… पुरा पढौ

वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा अध्यक्षसहित पदाधिकारी सर्वसम्मत

वीरगञ्ज, १ चैत । फागुन । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन भएका छन् । पैँतीस सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेपछि त्ससमध्येबाट पदाधिकारी चयन गर्ने विधानअनुसार सङ्घको पदाधिकारीमा सर्वसम्मत चयन गरिएको हो । सङ्घका अध्यक्षमा अनिल अग्रवाल (पटावारी), वरिष्ठ उपाध्यक्षमा हरि गौतम, उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशिष लाठ, कोषाध्यक्षमा शिवजीप्रसाद साह कलवार, उद्योग सचिवमा सुशान्त चाचान, वाणिज्य सचिव प्रेमचन्द गोयल सर्वसम्मत चयन भएको सङ्घले जनाएको छ । त्यस्तै सहकोषाध्यक्ष अनोज रूंगटा, सहसचिवमा नरेश टिवडेवाल र निरज अग्रवाल पनि… पुरा पढौ

मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा : पूर्वप्रम ओली

काठमाडौं, ३० फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा भएको बताएका छन्। मानवअधिकार एलाइन्सले आयोजना गरेको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले व्यक्तिको सुरक्षापछि नै अरु मानवअधिकारको विषय आउने बताए। “मानवअधिकारका लागि बोल्न सक्ने एलाइन्स हुनुपर्छ, मानवअधिकारवादीको एलाइन्स कुनै पार्टी विशेषका पक्षमा लाग्नुहुन्न, नेपालको एउटा राजनीतिक पक्ष आफूलाई भनेजस्तो भएन भने मानवअधिकार आयोगलाई पनि धम्की दिन्छ, मानवअधिकारका लागि सकारात्मक परिवर्तन भए पनि पूर्णता… पुरा पढौ