मुख्य समाचार

कुसुन्डा भाषाको चौथो चरणको कक्षा सञ्चालन गरिँदै

देउखुरी, २० माघ। भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ । तेस्रो चरण पूरा गरेर चौथो चरणमा सिकाइ हुँदै छ । दाङको घोराही–५ महेन्द्र मावि धर्नामा कक्षा सञ्चालन गरिँदै छ । भाषा आयोगका सदस्य अमर गिरीले कुसुन्डा भाषा संरक्षणका लागि समुदायस्तरबाट लाग्नुपर्ने बताए। लोप हुन थालेको भाषालाई संरक्षण गर्नका लागि भाषा आयोगले कार्यक्रम ल्याएको बताए। “भाषा कुनै जातिको मात्रै होइन सबैको साझा हो, एउटा भाषा जीवित राख्नमा सम्बन्धित… पुरा पढौ

बुटवलमा रगतसम्बन्धि सबै सेवा निःशुल्क

बुटवल, २० माघ । बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्यपदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुटवल उपमहानगर र रेडक्रस सोसाइटीबीच आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरू सञ्चालन गर्ने… पुरा पढौ

सेयर धितो कर्जाकाे रु १२ करोडकाे सीमा हटाउन लगानीकर्ताले दिए सुझाव

काठमाडौं, १९ माघ । लगानीकर्ताहरुकाे तीन संघ, संगठनले सेयर धितो कर्जामा लगाइएकाे रुपैयाँ १२ करोडकाे सीमालाई हटाउन चारवटा सुझाव दिएका छन्।  नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ, नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागलाई पत्र लेख्दै साे सीमा हटाउन सुझाव दिएका हुन् । उनीहरुले रुपैयाँ १२ करोडकाे सेयर कर्जाको सीमाका कारण सेयर बजारका लगानीकर्ताकाे मनाेबल घटाएकाेले उक्त व्यवस्थालाई फिर्ता लिन पत्रमा सुझाव… पुरा पढौ

क्रिकेटर सन्दिप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं, १९ माघ । क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका छन्। आज उननी अभ्यास खेलका लागि सहभागि भएका हुन्। नाबालिका बलात्कारकाे आरोप लागेका सन्दीपकाे निलम्बन फुकुवा भएपछि क्यानले उनलाई बन्द प्रशिक्षणमा बोलाएको बताइएकाे छ । उच्च अदालत पाटनले उनलाई रुपैयाँ २० लाख धरौटीमा रिहा गरेपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपकाे बारेमा क्यानको बैठकले उनीमाथि लगाइएकाे निलम्बन फुकुवा गरेको थियो। उताल उनले खेल खेल्न पाउने नपाउने बारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको कानुनले मान्यता दिए सन्दीपलाई खेलमा सहभागि… पुरा पढौ

साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग

काठमाडौं, १९ माघ । नेपाल चेम्बर अफ कमर्सले गत पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षाका लागि आज ९ बुँदे सुझाव दिँदै चेम्बरले आगामी असार मसान्तसम्म साँवा र ब्याजको पुर्नतालिकीकरण गर्न सुझाएको हो । यसअघि उत्पन्न तरलता सङ्कटसँगै चर्को ब्याजदरका कारण व्यावसायिक गतिविधि ठप्प प्रायः रहेकाले अधिकांश ऋणी समस्यामा परेको चेम्बरको ठहर छ । मौद्रिक समीक्षामार्फत् साँवा… पुरा पढौ

अन्तिम दिन सेयर बजार राताम्मै, करिब ३ अर्बको कारोबार

काठमाडौं, १९ माघ । नयाँ सरकार बनेसंगै उकालो लाग्ने थालेको सेयर बजारमा पछिल्ला दिनहरुमा त्यसले एकरुपता पाउन सकेको छैन । सरकार बनेपनि सरकारले पूर्णता पाउन सकेको छैन । सरकारमा जानमै आन्तरिक व्यवस्थापनमा कुरा मिलिसकेको छैन । यही बीचमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अदालतको आदेशबाट सरकारबाट बाहिरीएपछि नयाँ गृहमन्त्री तथा दलहरुमा मन्त्रीहरुको भागबण्डा मिल्न सकिरहेको छैन । सरकारका बारेमा अनेककन अडकलबाजिहरु भईरहँदा सेयर बजार र सरकारको अस्पष्ट गतिको कारण पुनः सकारात्मक बन्न सकिरहेको छैन । साताको सेयर कारोबार हुने अन्तिम… पुरा पढौ

डिसहोममा स्टारका च्यानल फेरि बन्द, ग्राहक शुल्क के हुन्छ ?

काठमाडौं,१९ माघ। भारतीय टेलिभिजन स्टार इण्डियाले नेपालको डिसहोममा प्रदान गर्दै आएको आफ्नो ३२ वटा च्यानलहरुको प्रसारण बन्द गरेको छ । लामो समयसम्म बक्यौता नतिरेपछि यसअघि पुसमा पनि स्टारले इण्डिया दबाबका लागि आफ्ना सेवा बन्द गराएको थियो । पछि बक्यौता तिर्ने सहमति गरेर च्यानल सुचारू गरिएको थियो । हाल समयमै नवीकरण नगरेका कारण देखाउँदै स्टार इण्डियाले आफ्ना च्यानल काटेको हो । डिसहोम मिडियाका अनुसार स्टार इण्डियाले प्याकेजको मूल्य आफुखुसी बढाएकाले वार्षिक रुपमा गर्नुपर्ने सम्झौता नवीकरण नगरिएको र यसका कारण स्टारका च्यानलहरुको… पुरा पढौ

लायन्स ‘डिस्ट्रिक्ट ३२५ के’ नेपालको तेस्रो क्याविनेट मिटिङको तयारी पुरा, ७ सय लायन्सकाे सहभागिता रहने

बाग्लुङ, १९ माघ । लायन्स क्लब्स् अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको बाग्लुङमा हुन गईरहेको तेस्रो क्याबिनेट मिटिङको तयारी पुरा भएको छ । भोलि माघ २० गते शुक्रबार र २१ गते शनिबार बाग्लङुमा हुन गइरहेकाे उक्त क्याबिनेट मिटिङकाे गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गर्नेछन भने लायन्स अन्तराष्ट्रियका आईडी ईन्डोर्सी लायन बालकृष्ण बुर्लाकोटी विशेष अतिथि रहनुहुने डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक गर्भनर लायन राजेन्द्र बाटाजुले बताए । याे मिटिङमा डिस्ट्रिक्ट ३२५ के नेपालले हालसम्म गरेका कार्यहरूकाे जानकारी गराउने र भावी कार्ययाेजना… पुरा पढौ

३२ करोड कर्जा अपचलनकाे आरोपमा कामना सेवा बैंकका तत्कालीन सीइओ बस्नेतसहित ४ जना पक्राऊ

काठमाडौं, १९ माघ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन बस्नेतसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते बैंकिङ कसूरमा पक्राउ पुर्जी जारी भएका सीईओ बस्नेतलाई बैंकले माघ १६ गते जिम्मेवारीबाट हटाएको थियो । बैंकको दमकस्थित शाखामा कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रकाऊ पर्नेमा बैंकका सीइओ प्रवीन बस्नेत, हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ… पुरा पढौ

प्रि-ओपन सेसनमा १.९० अंकले बढ्यो नेप्से

काठमाडौं, १९ माघ । आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक उकालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार नेप्से ४.९७ अंक बढेर २११६.६५ विन्दुमा पुगेर बन्द भएको थियो । आजको यो सेसनमा पनि यो परिसूचक १.९० अंकले बढेर २११८.५५ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२५ अंक बढेर ४०२.१७ विन्दुमा पुगेको छ । कारोबारका हिसाबले आजको प्रि-ओपन सेसनमा १३ वटा स्टकको ३ लाख २४ हजार ९१९ रुपैयाँ बराबरको ४२९ कित्ता सेयर खरिदबिक्री भएको छ… पुरा पढौ