मुख्य समाचार

आइओसीबाट बढेर आयो ईन्धनको मूल्य

काठमाडौं, १८ माघ । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई ईन्धनको नयाँ मूल्यसूची पठाएको छ । आज नेपाल आयल निगमले प्राप्त गरेको मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य बढेको छ भने खाना पकाउने ग्यासको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य प्रति लिटर ८ रुपैयाँले बढेको छ । यसैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धनमा पनि ७ रुपैयाँ ८० पैसा बढेर आएको पाइएको छ । यो सूची… पुरा पढौ

सूचनाको हक प्रत्याभूत हुँदा सुशासन कायम हुन्छ: प्रम दाहाल

काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै उनले सूचनाको हकको प्रवर्द्धनले विकासको नयाँ वातावरण बन्ने बताए । “जति धेरै सूचना सम्प्रेषण तथा सूचनाको हकको प्रत्याभूत हुन सक्यो त्यति धेरै सुशासन कायम हुन्छ । त्यसले विकासको एउटा नयाँ वातावरण बन्छ”, उनले भन्नुभयो । उनले सूचनाको हक प्रवर्द्धन गर्न आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे । शासन प्रणालीमा… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टी नै खारेजीको माग गर्दै किन पर्यो उजुरी ?

काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी नै खारेज हुनुपर्ने माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । उक्त पार्टीको दर्ता प्रक्रिया नै गलत रहेकोले खारेज हुनुपर्ने भन्दै आयोगमा उजुरी परेको हो । यसअघि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता दुरुपयोग गरेको भन्दै सर्वोच्च अदालतमा उजुरी दिनेमध्येका एक युवराज पौडेलले निर्वाचन आयोगका सचिवलाई उजुरी बुझाएका हुन् । उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस… पुरा पढौ

नेप्सेमा ४.९७ अंकको वृद्धि, २ अर्ब ७६ करोडकाे काराेबार

काठमाडौं, १८ माघ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार सकारात्मक बनेको छ। केहि दिन ओरालो लाग्दै आएको सेयर बजारमा यसदिन दोहोरो अंकको बृद्धि भएको छ । कारोबार रकम भने २ अर्ब कट्न सकेन। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५३ अंकले बढेर ४०१.१६ विन्दुमा रहेको छ। यसदिन कुल २६१ कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ५० लाख २४ हजार… पुरा पढौ

लघुबीमाको लाइसेन्स सम्बन्धी रिटमा माघ २९ गते सुनुवाई हुने

काठमाडौं, १८ माघ । लघुबीमाको लाइसेन्स वितरण विरुद्ध परेको रिटमा आगामी माघ २९ गते सुनुवाई हुने भएको छ ।गत असोज २ गते दीपक कुमार बरालले बीमा प्राधिकरणले गैर कानुनी रुपमा लाइसेन्स बाँड्न लागेको भन्दै दायर गरेको रिटमाथि असोज ५ गते नै पेशीमा चढेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भनेर दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी भएको थियो । उक्त दिनपछि यो रिट ८ पटक पेशीमा चढेर प्रत्येक पटक हेर्न नभ्याइनेमा पर्दै आएको थियो । अब भने माघ २९… पुरा पढौ

दैनिक ८ घण्टा किन बन्द गरिँदैछ बागलुङ–पोखरा सडक ?

बागलुङ, १८ माघ । मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । बागलुङ–पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका… पुरा पढौ

के छलफल भयो प्रम दाहाल र एमाले अध्यक्ष ओलीको भेटमा?

काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । आजै प्रधानमन्त्री दाहालसँग प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भेटवार्ता गरेका थिए । भेटमा उनीहरुबीच बधाई आदानप्रदानका साथै प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बताइएको छ… पुरा पढौ

प्रि-ओपन सेसन: यस्तो छ नेप्सेको अवस्था

काठमाडौं, १८ माघ । आज बुधबारको प्रि-ओपन सेसनमा पनि नेप्से परिसूचक केही घटेको छ मंगलबारको प्रि-ओपन सेसनमा पनि नेप्से ओरालो लागेको थियो । अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार यो परिसूचक १५.७० अंक घटेर २१११.६८ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा पनि ०.२५ अंक घटेर नेप्से परिसूचक २१११.४३ विन्दुमा झरेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.८२ अंकले घटेको छ । आज बुधबारको प्रि-ओपन सेसनमा १६ वटा स्टकको १९ लाख ९८ हजार ५२१ रुपैयाँ ५ पैसा… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ बढ्यो, कति पुग्यो तोलाको?

काठमाडौं, १८ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि ५ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार… पुरा पढौ

ऋणपत्र निष्काशन गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक

काठमाडौं, १८ माघ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी माघ २६ गतेदेखि २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागिएको बताएको छ । बैंकले जारी गर्ने ऋणपत्रको नाम ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ रहेको छ । यो ऋणपत्रको अवधि ५ वर्षको हुने तथा लगानीकर्तालाई वार्षिक १०.३० प्रतिशत ब्याजदर दिने गरी बिक्री खुला गर्न लागिएको हो । यसरी जारी हुने प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका हुने र जम्मा २४ लाख इकाइ… पुरा पढौ