मुख्य समाचार

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

काठमाडौं, १३ माघ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन्। सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल रहेका छन् । कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने छ । कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य… पुरा पढौ

चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त : मुख्यमन्त्री अधिकारी

पाेखरा, १३ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक चालु खर्च घटाइ पुँजीगततर्फ विनियोजित बजेट खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री र सचिवहरूबाट प्रस्तुत मन्त्रालयगत बिफ्रिङमा उनले पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने विषय वित्तीय सुशासन र विकासको अनिवार्य सर्त भएको बताए। मुख्यमन्त्री अधिकारीले सुशासन कायम गर्ने विषय भाषण र नारामा मात्रै सीमित नराखी व्यवहारमा देखिने गरी कार्य गर्न निर्देशन दिए। आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गरी पुराना बेरुजु… पुरा पढौ

सम्मानपूर्वक बाँच्ने हकको सुनिश्चितता गर्न आयोगको आग्रह

काठमाडौं, १३ माघ । राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ । नयाँ बानेश्वरको संसद् भवन अगाडि यही माघ ९ गते आत्मदाह गरी घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले उक्त माग गरेको हो । उक्त विषयमा आयोगका सदस्य लिली थापाले पीडित परिवारका सदस्यसँग भेट गरी घटनाका बारेमा जानकारी लिनुका साथै कानुनी प्रक्रियामा सहजीकरण गर्न पहल गरेको आयोगले जनाएको छ । “आत्मदाह गर्नु अगाडि आचार्यले सामाजिक… पुरा पढौ

भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाइनेछ: अर्थमन्त्री पाैडेल

काठमाडौँ, १२ माघ । ७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवस आज विभिन्न कार्यक्रम आयोजना गरीमनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताएका छन । भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकारी रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले इमान्दार भएर काम गर्न निर्देशन दिए । उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न आग्रह गर्दै पाैडेलले बैध व्यापारको प्रवर्धन… पुरा पढौ

निर्वाचन व्यवस्थापनमा सुधार भइरहेको छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ, १२ माघ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताएका छन । नेपाल कानून आयोगले आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, आमसञ्चार पर्यवेक्षण प्रतिवेदन’ माथिको छलफलमा उनले निर्वाचन अगाडि सामाजिक सञ्जालमध्ये फेसबुक र टिकटकसँग सहकार्य नै गरेर काम गर्दा सहज भएको बताए । उनले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्नुपर्ने र सामाजिक सञ्जाल पनि आमसञ्चारमाध्यमकै रूपमा स्थापित हुन खोजिरहेको हुँदा एउटा दायरामा ल्याएर नियमन… पुरा पढौ

नेप्से ०.४१ अंकले घट्याे, करिब ३ अर्बको कारोबार

काठमाडौं, १२ माघ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.४१ अंकले घटेर २१८३.२१ विन्दुमा झरेको छ । नेप्सेमा ०.०२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १.१० अंकले घटेर ४१३.१४ विन्दुमा पुगेको छ । यसदिन कुल २५४ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ७७ लाख ६४ हजार १५३ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ८६ करोड ८ लाख २ हजार ८३९ रुपैयाँ ३ पैसा बराबरको कारोबार भएको… पुरा पढौ

ग्लोबल आइएमई बैंककाे ६३औं एक्सटेन्सन काउन्टर बेनीकाे ताताेपानीमा सञ्चालन

काठमाडौं, १२ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो ६३औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले म्याग्दीकाे बेनी नगरपालिका वडा नं ४, तातोपानीमा साे एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएकाे हाे ।  सेवाग्राहीकाे चाप बढेपछि बैंकले एक्सटेन्सन काउन्ट थपकाे हाे । साथै बैंकले सेवालाई बिस्तार गर्दै जाने लक्षय र आवश्यकता अनुसार बेनी शाखा कार्यालयकाे मातहतमा हुनेगरी ६३औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताएकाे छ । बैंकका अनुसार साे एक्सटेन्सन काउन्टरबाट निक्षेपकाे सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने लगायत सेवाहरु… पुरा पढौ

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा

दमौली, १२ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखे। संविधान र निर्वाचन कानून बाँझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भने, “राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ ।” पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन… पुरा पढौ

स्वाभिमान र सबैको लघुवित्तले गरे लाभांश घोषणा

काठमाडौं, १२ माघ। दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद गरी २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको चुक्ता पुँजी रू १२ करोड १७ लाख ८२ हजार १५० छ । साथै सबैको लघुवित्त… पुरा पढौ

पुस मसान्तसम्म नेपालमा २४ करोडको स्मार्ट घडी आयात

काठमाडौं, १२ माघ । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ६ महिना अर्थात् पुस मसान्तसम्म नेपालमा २४ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थक वर्षको अर्धवार्षिक वैदेशिक व्यापारको तथ्याङ्क अनुसार साउनदेखि पुस महिनाभित्र विश्वका विभिन्न १४ देशबाट २६ करोड ३७ लाख ८१ हजार रुपैयाँ बराबरको १ लाख ७३ हजार ७२१ थान स्मार्टफोन आयात भएको छ । तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी राष्ट्र चीन र भारत सहित अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, पोर्चुगल,… पुरा पढौ