मुख्य समाचार

बढ्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख… पुरा पढौ

सरकारले २ वर्षमा ३ हजार झोलुङ्गे पुल बनाउने

काठमाडौ, १२ माघ । सरकारले आगामी २ वर्षमा मुलुकभर ३ हजार झोलु्ङ्गे पुल निर्माणको योजना अघि बढाएको छ ।झोलुङ्गे पुलको अभावमा नागरिक शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस् भनी प्रत्येक आधाआधा घण्टाको दूरीमा पुल निर्माणका लागि योजना बनाइएको सहरी विकास मन्त्रालयले जनाएको छ । सहरी विकासमन्त्री विक्रम पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पहिलो कामका रुपमा झोलुङ्गे पुलसम्बन्धी फाइल सदर गरेका थिए । चालु पन्ध्रौँ योजनामा प्रत्येक आधाआधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख छ । सोही आधारमा बस्ती भएका… पुरा पढौ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंककाे नाफामा २८.४४ प्रतिशतले बृद्धि

काठमाडौं, १२ माघ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंककाे नाफामा २८.४४ प्रतिशतले बृद्धि भएकाे छ। यस आर्थिक वर्षको दोस्रो त्रैमासम्म आउदा बैंकले २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा गएकाे वर्षकोभन्दा २८.४४ प्रतिशतले बढी हो । गएकाे वर्षमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ ४३ लाख रुपैयाँ नाफा कमाएकाे थियाे। बैंकले ३ खर्ब ५५ अर्ब २२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेकाे छ। यस्तै ३ खर्ब १७ अर्ब ८९ करोड ३० लाख रुपैयाँ… पुरा पढौ

छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा राजस्व गुम्दै

भैरहवा, १२ माघ । द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट राजस्व सङ्कलनसमेत प्रभावित बनेको छ । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी भन्सार मात्र सञ्चालनमा छ । छवटा छोटी भन्सार अझै सञ्चालनमा आउन सकेका छैनन् । द्वन्द्वकालमा बन्द भएका यी भन्सार सञ्चालनमा नआउँदा स्थानीयलाई पनि मर्का परेको छ लाखौँ रुपैयाँको राजस्व चुहावट भइरहेको छ । रोहिणी गाउँपालिका–२ स्थित अमवा भन्सार कार्यालय चाँडो सञ्चालन गर्नुपर्ने आवाज उठ्दै गएको… पुरा पढौ

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो, किसान चिन्तित

वालिङ, १२ माघ । स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी आम्दाी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गरेका थिए । केही दिन अघि हेर्दा छ÷सात क्यारेट जति सुन्तला कुहिएको उनले बताए । अब उनी चाँडै सुन्तला बिक्री गर्ने… पुरा पढौ

आज बसन्त पन्चमी: सरस्वतीको पूजा आराधना गरि मनाइदै

काठमाडौं, १२ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले बताए। वसन्त श्रवणको सबै… पुरा पढौ

११ बुँदे सम्झौता कार्यान्वयन नगरेपछि सुपर मादी हाईड्रोपावरमा लगाए प्रभावित जनताले ताला

काठमाडौं, ११ माघ । सुपर मादी हाइड्रो पावरले ११ बुँदे त्रिपक्षिय सम्झौता कार्यान्वयन नगरेको भन्दै आयोजनाबाट प्रभावित स्थानिय जनताले हाईड्रोपावरमा ताला लगाई दिएका छन् । कास्कीको मादी गाउँपालिका २ स्थित ताङतिङ युवा क्लव, मादी नदी सरोकार समिति र स्थानिय जनताले त्यहाँस्थित सुपर मादी हाइड्रो पावर प्रा.लि को ताङतिङस्थित साईटको कार्यालयमा ताला लगाएर सम्झौता कार्यान्वयन गर्न सर्वपक्षिय भेलाकाे निर्णयसहितको पत्र पनि टाँसेका छन् । सुपर मादी हाईड्रोपावरसंग भएको ११ बुँदे त्रिपक्षिय सम्झौता कार्यान्वयन नगरेसम्म कामकाजमा अवरोध गर्ने र लगाईएको ताला पनि… पुरा पढौ

आगामी आर्थिक वर्षमा ठूला र नयाँ आयोजना ल्याउन सकिँदैन: योजना आयोग उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ

काठमाडौं, ११ माघ । साढे ५ वर्षपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा डा मीनबहादुर श्रेष्ठले सिंहदरबारको दोस्रो ‘इनिङ्स’ सुरु गरेका छन्। प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सुरु गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सोचअनुसार काम गर्ने लक्ष्यका साथ आयोगको जिम्मेवारी सम्हालेका डा श्रेष्ठलाई पनि नयाँ तरिकाले काम गर्नुपर्ने चुनौती रहेकाे छ। मुलुकको अर्थतन्त्रमा समस्या छ । नागरिकका अपेक्षा बढेका छन् । अध्ययन र अनुभवका आधारमा डा श्रेष्ठको पृष्ठभूमि सबल छ । नेपाल राष्ट्र बैंकमा लामो समय सेवा गरेका उनलाई आम मानिसले वरिष्ठ… पुरा पढौ

धौलागिरि अस्पतालमा डायलासिस क्षमता थपियो

बागलुङ, २२ माघ । धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो । डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन थपिएपछि सेवा विस्तार गरिएको हो । आरोपानी पर्याप्त मात्रमा उत्पादन हुँदा डायलासिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको धौलागिरि अस्पतालका नर्सिङ अधिकृत तथा सूचना अधिकारी अञ्जना पौडेलले जानकारी दिए । आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै… पुरा पढौ

नेप्सेमा १०.३७ अंककाे वृद्धि, साढे ३ अर्बकाे कारोबार

काठमाडौं, ११ माघ । साताको सेयर कारोबार हुने चौथो दिन सेयरका सूचकहरुसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक १०.३७ अंकले बढेर २१ ८३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४८ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स भने १.३० अंकले घटेर ४१४.२४ विन्दुमा रहेको छ । बुधबार कुल २६१ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८… पुरा पढौ