मुख्य समाचार

यस्तो छ बागमती प्रदेशको पूर्ण मन्त्रिपरिषद्

काठमाडौं, ११ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ८ मन्त्री नियुक्त गर्दै  मौजुदा ३ सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो । नवनियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकलाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, डम्बरबहादुर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु बिष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी… पुरा पढौ

प्राधिकरणले तारकेश्वरमा उच्च क्षमताको सबस्टेशन बनाउने

काठमाडौं, ११ माघ । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सबस्टेशन निर्माण गर्ने भएको छ । नियमित रुपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिक रुपमा हुने विद्युत् विच्छेद जस्ता अवरोधलाई समेत न्यूनीकरण गर्न उक्त सबस्टेशन निर्माण गर्न लागिएको हो । प्राधिकरणले आगामी ३० वर्षसम्मको काठमाडौं उपत्यकाभित्रको बिजुलीको मागलाई सहजतापूर्वक सम्बोधन गर्ने तयारी गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसका लागि काठमाडौँमा ‘रिङ सर्किट’ निर्माण गर्ने बताए… पुरा पढौ

कामना सेवा बैंकका सीईओ बस्नेतसहित केही कर्मचारी विरुद्ध पक्राउ पुर्जी

काठमाडौं, ११ माघ। कामना सेवा विकास बैंककाे ३२ करोड भन्दा बढिको कर्जा अपचलन गरेको आराेपमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत सहित केही उच्च कर्मचारी बिरूद्द प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । नेपाल राष्ट्र बैंकले सो बिकास बैंकका केहि संकास्पद फाइल चेक गर्दा कमजोरी भेटाएपछि कर्जा अपचलन भएको प्रतिबेदनसहित बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेत तथा केहि उच्च तहका कर्मचारीकाे थप अनुसन्धान र कारबाहीकाे माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएको थियो। सो लगत्तै प्रहरीले बैंकका प्रमुख कार्यकारी… पुरा पढौ

७ वर्षमा पनि किन कालोपत्र भएन बागलुङ सदरमुकाम खण्ड?

बागलुङ, ११ माघ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको ७ वर्षसम्म कालोपत्र हुन सकेको छैन । दुई वर्षमा कालोपत्र गर्नेगरी सम्झौता भएकामा सात वर्षमा ५ पटकसम्म म्याद थप्दासमेत राजमार्गले सार्थकता नपाएको हो । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ठेक्का सम्झौता भएको म्याद सकिएपछि ५ पटकसम्म म्याद थप्दासमेत कालोपत्र सम्पन्न नभएपछि यात्रुलाई सास्ती छ । उक्त सदरमुकाम खण्डको सडक कालोपत्र हुन नसक्दा अहिले निर्माण व्यवसायी र राजमार्ग आयोजना कार्यालयप्रति स्थानीयको चर्को आलोचनासमेत… पुरा पढौ

गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी सुनुवाई जारी

काठमाडौं, ११ माघ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा आजबाट सुनुवाई सुरु भएको छ । गएको पुस २२ गते संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर माघ ११ गते अर्थात् आज पूर्ण सुनुवाईका लागि पेस गर्न आदेश दिए बमोजिम आजबाट सुनुवाई सुरु भएको हो । गृहमन्त्री लामिछानेको यो विवादमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको फाइल सर्वोच्च अदालतले झिकाएको छ । यसैगरी सर्वोच्चले गएको २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र गत मंसिर… पुरा पढौ

६ महिनामा भित्रियो ५ अर्ब हाराहारीको विद्युतीय गाडी

काठमाडौं, ११ माघ । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ६ महिनामा नेपालमा पौने ५ अर्बभन्दा बढीको चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको छ । विद्युतीय सवारी आयातबाट राज्यले यो अवधिमा १ अर्ब ३९ करोड ४६ लाख ७५ हजार राजस्व आम्दानी गरेको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार रुपैयाँ बराबरका १ हजार ७४९ थान चारपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका हुन् ।… पुरा पढौ

प्रि-ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं, ११ माघ । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब साढे २ अंकको बढोत्तरी देखिएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार नेप्से ८.१५ अंक बढेर २१७३.२५ विन्दुमा बन्द भएको थियो । तर आजको यो सेसनमा भने यो परिसूचक २.४२ अंक बढेर २१७५.६७ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.०७ अंकले वृद्धि भएको छ । आज बुधबारको प्रि-ओपन सेसनमा १३ वटा स्टकको ३ लाख ६४ हजार ६२३ रुपैयाँ बराबरको ८८५ कित्ता सेयर खरिदबिक्री भएको छ… पुरा पढौ

मिथिला लघुवित्तकाे नाफा ३७.२५ प्रतिशतले कम

काठमाडौं, ११ माघ । मिथिला लघुवित्त वित्तीय संस्थाकाे नाफा घटेकाे छ । संस्थाकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्ताे देखाएकाे हाे । संस्थाकाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा आम्दानी र नाफा घटेको देखिएकाे छ। लघुवित्तले यस आर्थिक वर्षको पुससम्म रुपैयाँ २ करोड १७ लाख खुद नाफा कमाएको देखिएकाे छ। याे नाफा गएकाे आर्थिक वर्षको तुलनामा ३७.२५ प्रतिशतले कम हो। गएकाे वर्षको सोही समयमा घुवित्तकाे नाफा रुपैयाँ ३ करोड ४६ लाख रहेकाे थियो। मिथिला लघुवित्तकाे खुद ब्याज… पुरा पढौ

के कारणले विश्वका ठूला बैंकले धेरै कर्मचारी हटाउदैछन् ?

काठमाडौं, ११ माघ । आर्थिक अवश्था र आम्दानी कमजाेर हुँदै गएपछि विश्वका ठूला बैंकहरुले वित्तीय संकटपछिकाे समयमा भारी मात्रामा कर्मचारी हटाउन लागेका छन् । लगानीका क्षेत्रहरुबाट लाभ कम हुन थालेपछि उनीरहरुले बैंकका कार्यकारीहरुलाई व्यवस्थापन गर्न गाह्राे भइरहेकाे बताइएकाे छ । लागतलाइ कम गर्ने बहानामा उनीहरुले कर्मचारी कटौतीको तयारी शुरु गरेकाे फाइनान्सियल टाइम्सकाे एक रिपोर्टमा उल्लेख छ । गोल्डम्यान साक्स, क्रेडिट सुइस, मोर्गन स्टेनली, तथा बैंक अफ न्यूयोर्क मेलनले हालै १५ हजार बढी रोजगारी कटौती गरेका पाइएकाे छ । याे अवश्था… पुरा पढौ

नापी र मालपोत प्रमुख मन्त्रालयका सचिवसँग भर्चुअल अन्तक्र्रियामा

काठमाडौं, ११ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक महिना सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको छ । भर्चुअल माध्यमबाट सञ्चालन हुने सो कार्यक्रममा देशभरिका सबै मालपोत र नापी कार्यालय प्रमुखले मन्त्रालयका सचिव र विभागीय प्रमुखसँग अन्तक्र्रिया गर्ने छन् । कार्यालयका समस्या र सेवा प्रवाहमा अपनाएका अभ्यासबारे विचार विनिमय गर्ने उक्त कार्यक्रमको लक्ष्य रहेको सचिव डा दामोदर रेग्मीले बताए। कार्यक्रमले जिल्लाका कर्मचारीले सचिव र विभागीय प्रमुखसँग अन्तक्र्रिया गर्दै सेवा प्रवाहमा… पुरा पढौ