मुख्य समाचार

बुर्तिबाङ बजार : नमूना सहरको काम सुस्त गतिमा

ढोरपाटन, ११ माघ । साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा सूचीकृत गरेको सात वर्ष बितिसक्यो । तर अहिलेसम्मको प्रगति हेर्ने हो भने उत्साहजनक छैन । योजना सुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भएको छ । हरेक वर्ष बुर्तिबाङका लागि करोडौँ बजेट विनियोजन गर्ने गरिएको छ । तर… पुरा पढौ

पाँचखालमा पहिलो पटक महिला औद्योगिक ग्राम निर्माण गरिँदै

धुलिखेल, ११ माघ । काभ्रेपलाञ्चोकको पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलका अनुसार मुलुकमै पहिलो पटक पाँचखाल नगरपालिका–७ मा महिला तथा कृषिलाई केन्द्रित गरी औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो । “मुलुकको आर्थिक क्षेत्रमा महिला उद्यमीको ठूलो भूमिका छ”, उनले भने। हरित औद्योगिक ग्राम स्थापना गर्न स्थानीय तहले दक्षिण एसियाली महिला विकास मञ्चसँग सहकार्य गरेको छ । स्थानिय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड… पुरा पढौ

जलविद्युत् विकासमा सर्वसाधारणको लगानी प्रवर्धन गर्न प्रयासरत : मन्त्री लिङ्देन

काठमाडौं, ११ माघ । उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जलविद्युत् विकासमा सर्वसाधारणको लगानी प्रवद्र्धन गर्न आफू प्रयासरत रहेको बताएका छन् । दूधकोसी, माथिल्लो अरुण, बूढीगण्डकीजस्ता आयोजना स्वदेशी लगानीमै निर्माणका लागि सरकारले योजना अघि बढाएको मन्त्री लिङ्देनको भनाइ छ । नेपालको विद्युत् निर्यातका लागि भारत, बङ्गलादेशसहित त्रिदेशीय सम्झौताको तयारी भइरहेको र छिट्टै परिणाम आउने मन्त्री लिङ्देनले उल्लेख गरे। सरकारले विद्युत् खपत बढाउने नीतिसमेत अख्तियार गरेको उनले जानकारी दिए। नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले मन्त्री लिङ्देनसँग सिंहदरबारमा भेटवार्ता… पुरा पढौ

स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गिरी

पाेखरा, ११ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने भएकाले त्यसलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्दै उनले समाजका गरिब र विपन्न वर्गलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउने लक्ष्यका साथ सञ्चालन गरिएको स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राख्न आफूले निर्देशन दिएको जानकारी दिए। अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनु वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गर्दैैै मन्त्री गिरीले अस्पतालमा सेवा विस्तार र भौतिक संरचना निर्माणमा जोड दिने विश्वास… पुरा पढौ

जनताको काम बाहेक दाँयाबाँया गर्ने छुट कसैलाई छैन : मन्त्री गुरुङ

पोखरा, १० माघ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले जनता नै सर्वोपरि भएकोले जनताको काम बाहेक दाँयाबाँया गर्ने छुट कसैलाई नभएको बताएका छन् । उनले भने, म दत्तचित्त भएर आजैबाट काममा हिंडिसके । मन्त्री पदमा बहाली भएपछि सफल आवाजसंग कुराकानी गर्दै मन्त्री गुरुङले भने, म पदमा बहाली भएको छु । मैले आफ्नो जिम्मेवारीमा रहेका कामहरु छिटोटरितो कसरी गर्न सकिन्छ त्यसैमा ध्यान दिन्छु दाँयाबाँया गर्ने छुट कसैलाई छैन र त्यसो गर्न पनि दिन्न । हामी शासक होईन… पुरा पढौ

गण्डकी प्रदेश सरकारले पायाे पूर्णता (सूचीसहित) 

पोखरा, १० माघ । गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएकाे छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएको २ सातापछि उनले सानाे आकारको मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।  गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले गएकाे पुस २५ गते अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। साथै सोही दिन मुख्यमन्त्री अधिकारीले एमालेबाट सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरुले जिम्मेवारी पाएका थिएनन् ।  यसअघि गण्डकीमा १२ वटा मन्त्रालय रहेकाेमा… पुरा पढौ

चालु आर्थिक वर्षकाे ६ महिनामा घट्याे आयात र निर्यात

काठमाडौं, १० माघ । चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव ०१ प्रतिशतले कमी आएको हो । गत आवको पुससम्म ९ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमा ७ खर्ब ९२ अर्ब… पुरा पढौ

सार्वजनिक संस्थानले पनि खर्च कटौती गर्नुपर्छ: अर्थमन्त्री पौडेल

काठमाडौं, १० माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थान राजनीतिक हस्तक्षेपमुक्त हुन आवश्यक रहेको बताएका छन् । पाैडेलले संस्थानलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुन नहुने बताए । अहिलेको सरकारले यस्तो हस्तक्षेप नगर्ने पनि उनको भनाइ छ । “सार्वजनिक संस्थानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन जरुरी छ । हिजोका दिनमा के भयो भनेर आजको मानसिकता बनाउन हुँदैन । सरकारका तर्फबाट कुनैपनि प्रकारको राजनीतिक हस्तक्षेप हुँदैन । यदि हस्तक्षेप भएको पाउनुभयो भने तपाईहरुसँग आँखामा आँखा जुधाएर… पुरा पढौ

‘नेपालको पानी जनताको लगानी’ नाराको व्यवहारिक कार्यान्वयन होस्: चेम्बर

काठमाडौं, १० माघ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले उपप्रधान एवं ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङदेनसँग सिंहदरबारमा भेटवार्ता गरेको छ । मन्त्री लिङदेनसँग चेम्बरले 'नेपालको पानी जनताको लगानी' भन्ने सरकारी नारालाई व्यावहारिक कार्यन्वयन गर्न आग्रह समेत गरेको छ । मन्त्री लिङदेनसँगको आजको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत क्षेत्रमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत लगानी प्रर्वद्धन गरी स्वदेशमै ऊर्जाको खपत र निर्यातको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘चरम व्यापार घाटा रोक्ने एक मात्रै विकल्प… पुरा पढौ

नेप्से परिसूचक ८.१४ अंकले बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं, १० माघ। साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजार सकारात्मक लयमा गएको छ। अन्य दिनको तुलनामा कारोबार सन्तोषजनक मानिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३८ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.५३ अंकले बढेर ४१५.५४ विन्दुमा पुगेको छ । यसदिन कुल २४८ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ८३ लाख १८७ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ३२ लाख ३० हजार ३९ रुपैयाँ ४४ पैसा… पुरा पढौ