मुख्य समाचार

वायुसेवाका ५ पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

काठमाडौं, १० माघ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले नियम पालना नगर्ने निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको बताए। उनका अनुसार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा तथा काठमाडौँबाट जापान उड्ने क्रममा स्टान्डर अप्रेशनल प्रोस्युड्युल पालना नगरेकाले प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न… पुरा पढौ

साना तथा मझौला उद्यम सम्मेलनबाट दश बुँदे घोषणापत्र जारी

काठमाडौं, ९ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले पहिलो पटक काठमाडौँमा आयोजना गरेको ‘लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन २०७९’ दश बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । आज ललितपुरमा सम्पन्न पहिलो सम्मेलनले प्रदेशमा हरेक वर्ष र सङ्घमा दुई वर्षमा यस्तो सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । महासङ्घले २०७७ चैतमा सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक रुपान्तरण, २०३०’ मा राखिएका साना तथा मझौला उद्यमलक्षित कार्यक्रम कार्यान्वयनलाई निरन्तरता दिने घोषणा पनि यो सम्मेलनले गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय… पुरा पढौ

कहिले चढ्न पाइएला धरहरा ?

काठमाडौं, ९ माघ । साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’ भएकाले अझै एक वर्ष धरहरा परिसरका संरचना निर्माणका लागि लाग्ने निर्माण व्यवसायी पक्षको भनाइ छ । विसं २०७५ असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणका लागि निर्माण व्यवसायीसँग तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गरेको थियो ।… पुरा पढौ

आइएमई जनरल इन्स्योरेन्सको बीमा प्रिमियम संकलन साढे १६ प्रतिशतले बढ्यो

काठमाडौं, ९ माघ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारण सभा आज माघ ९ गते सोमबार होटल लि हिमालय, लाजिम्पाटमा सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण सेयरधनीलाई हार्दिक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । यसबाहेक उनले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए । अध्यक्ष ढकालले २४औँ साधारण सभामा गरिएको… पुरा पढौ

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा छ: अर्थमन्त्री

काठमाडौं, ९ माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । उनले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताए । आज निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरुसँग कुरा गर्दै उनले यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरी आवश्यक निर्णय लिने बताए । महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँग निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय मेला आयोजना गर्न माग गरेको थियो । महासङ्घले नेपाली मौलिक उत्पादनको पहुँच विश्वबजारसम्म पुर्याउन,… पुरा पढौ

मौद्रिक नीति: अर्धवार्षिक समीक्षा हुँदै, राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक त्रैमासिक समीक्षाको तयारी सुरु गरेको छ । राष्ट्र बैंकले माघको अन्तिम साता नै मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षा गर्ने योजना बनाएर सोही अनुसार तयारी थालेको बुझिएको छ । राष्ट्र बैंकले हालै एक सूचना प्रकाशित गरी मौद्रिक नीतिको समीक्षाको लागि सरोकारवालाहरुलाई सुझाव दिन आग्रह गरेको छ । सूचना अनुसार मौद्रिक नीतिको समीक्षाको लागि सुझाव दिने म्याद आगामी माघ २० गतेसम्म तोकिएको छ । प्राप्त सुझावलाई समेत प्राथामिकतामा राखेर… पुरा पढौ

फोर्स मोटर्सले पाेखरामा शुरू गर्याे अन्तराष्ट्रिय स्तरको सर्भिस सेन्टर

पोखरा, ९ माघ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याइएको छ । सो सर्भिस सेन्टरको एक समारोहबीच नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् । फोर्स मोटर्सले आफ्ना ग्राहकलाई गाडी बिक्री गरेपछिको सहि र सहज किसिमको सेवा दिनको लागि सर्भिस सेन्टर संचालनमा ल्याएको… पुरा पढौ

योजना आयोगको उपाध्यक्षमा डा. श्रेष्ठ

काठमाडौं, ९ माघ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त उपाध्यक्ष श्रेष्ठले नियुक्तिपछि शपथ पनि लिएका छन् । उनले प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक श्रेष्ठले यसअघि २०७३ सालमा दाहाल प्रधानमन्त्री हुँदा पनि आयोगको उपाध्यक्ष भएर जिम्मेवारी सम्हालिसकेका छन् । पुरा पढौ

स्टार्टअप कार्यविधि कार्यान्वयनमा ल्याउनेछु : अर्थमन्त्री पौडेल

काठमाडौं, ९ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न आफूले पहल गर्ने बताए । “स्टार्टअप कार्यविधि अझैसम्म पनि बन्न नसक्नु सरकारको कमजोरी हो । कार्यविधि छिट्टै पारित हुनेछ”, उनले भने, “निजी क्षेत्रले माग गरिरहेको परियोजना कर्जा पनि छिट्टै कार्यान्वयनमा ल्याइनेछ ।” साना तथा मझौला… पुरा पढौ

सरकारले सुरु गर्यो ब्याजदर घटाउने पहल

काठमाडौं, ९ माघ । सरकारले बैंकको ब्याजदर घटाउन पहल सुरु गरेको बुझिएको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच ब्याजदर घटाउने विषयमा छलफल भइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको साना तथा मझौला उद्योग सम्मेलनमा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर घटाउने पहल भइरहेको र यसलाई वाञ्छित सीमाभित्र राखिने बताएका हुन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले ब्याजदर धेरै पक्षसँग जोडिएको हुने र राष्ट्र बैंकको आफ्नै तरिका रहेको बताउँदै मन्त्रालयले हस्तक्षेप नगर्ने बरु बैंकसँग जीवन्त सम्बन्ध राख्न… पुरा पढौ