मुख्य समाचार

अराजनीतिक र अराजकताको पराकाष्ठा : डा शेखर कोइराला

काठमाडौं, ११ पुस । कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालको पछिल्लो परिबर्तीत राजनीतिप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन् । संविधानसभावाट जारी संविधान अन्तर्गत मुलुकमा भएकाे दोश्रो आम निर्वाचनवाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाललाई पाएको छ । उनले भने, सर्वप्रथम संसदको तेश्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाई प्रधानमन्त्री नियुक्त भएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु । संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र… पुरा पढौ

गरिमा क्यापिटलले स्थापना गर्यो वैदेशिक रोजगारी आईपीओ हेल्प डेस्क

काठमाडौं, ११ पुस । गरिमा क्यापिटलले वैदेशिक रोजगारी आईपीओ हेल्प डेस्क स्थापना गरेको छ । ग्राहकको हितलाई मध्यनजर राख्दै “हरेक नेपाली सेयरधनी” अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपरोक्त विषय बारे जानकारी प्रदान गरी सहजीकरण गर्नका निमित्त गरिमा क्यापिटलमा सहायताकक्ष सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिए । गरिमा क्यापिटल लिमिटेडको हेल्प डेस्कबाट निम्म प्रकारका जानकारीको लिन सकिने उनको भनाइ छ : बैंकमा रेमिट्यान्स बचत खाता खोल्नको लागिडिम्याट-हितग्राही र मेरोसेयर खाता खोल्नको लागिबैंकबाट सिआरएन नम्बर लिनको लागिसार्वजनिक… पुरा पढौ

‘राजालाई केन्द्र बनाएर बालेनजीले किन ट्विट गरे ?’

पोखरा, ११ पुस । खेलकुद होस् वा राजनीति दुवैमा हार–जीतको प्रतिस्पर्धा रोचक हुन्छ। दुवैमा प्रायः जित्नेहरुको चर्चा हुन्छ। राम्रै खेल खेलेर हारे पनि उनीहरु विजेताको छायामा पर्छन्। तर नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन हार्नेहरुको चर्चा भयो। नेकपा एमाले पार्टी परित्याग गरी पछिल्लो चुनाव लडेका घनश्याम भुसाल र चुनाव लड्ने अवसरबाट वञ्चित नेपाली कांग्रेसका मिनेन्द्र रिजालको हार छलफलको मुख्य विषय बनेको हो।लेखक विजय कुमारले सञ्चालन गरेको यो सत्रमा उनले आफ्नो चिरपरिचित शैलीअनुसार सुरुमै घनश्याम भुसाललाई प्वाक्क सोधे, ‘तपाईं अहिले के पार्टीमा… पुरा पढौ

८ सदस्यीय मन्त्रिपरिषद् गठन, ३ जना उपप्रधानमन्त्री

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सहालेका छन् । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने रहेका छन्। अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह… पुरा पढौ

‘कथा लिपिबद्ध हुन कथाकारको मस्तिष्कले महसुस गर्नुपर्छ’

पोखरा, ११ पुस । ‘मैले एउटा लाइनमा घन्टौं काम गर्छु । मेरो कवितादेखि कथा लेखनसम्म म आफैंलाई जटिल लाग्छ । घन्टौंसँग एउटै लाइनलाई खेलाइराख्छु । घोत्लिरहन्छु,’ कथाकार नवीन अभिलाषी आफ्नो कथा लेखनबारे अनुभव सुनाउँछन्, ‘स्टार्टिङ लाइन फुराउनै निकै पीडादायी हुन्छ । साहित्यकार अभिलाषी बाह्रखरी मिडियाले हालै गरेको राष्ट्रिय कथा प्रतियोगिताका विजेता हुन् । उनको ‘दमाई’ नामक कथा प्रथम भएको थियो । सोही कथा प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय कथाकारलाई पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभलमा ‘१२खरी कथाका अन्तरकुन्तर’ विषयक सत्रमा… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री दाहालले लिए शपथ

काठमाडौं, ११ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो । यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका… पुरा पढौ

उपप्रधान तथा गृहमन्त्रीको दावीसहित सरकारमा जाँदै रास्वपा

काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी उपप्रधान तथा गृहमन्त्रीको दावीसहित सरकारमा सहभागी हुने भएको छ । पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा सहभागी हुने बताएका हुन् । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाको २० सिट रहेको छ । स्रोतका अनुसार रास्वपाका सभापति लामिछाने उपप्रधान र गृहमन्त्री हुनेगरी गठबन्धनमा समझदारी बनेको र सोही अनुरुप पार्टी सरकारमा जान लागेको हो । यसबारे आधिकारिक पत्र भने प्राप्त भइनसकेको  जनाइएको छ । स्रोतका अनुसार रास्वपाका सभापति लामिछाने उपप्रधान र गृहमन्त्री… पुरा पढौ

एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल, अरु को को परे ?

काठमाडौं, ११ पुस । अर्थ मन्त्रालय नेकपा एमालेको भागमा परेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ बन्ने सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने तयारी भएको छ । पौडेलबाहेक ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि आजै सरकारमा सहभागी हुने एमाले पार्टी कार्यालय स्रोतले जनाएको छ । नेकपा माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने पक्का भैसकेको छ । स्रोतका अनुसार सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दावी गरेको बुझिएको छ… पुरा पढौ

राजनीति पूर्व-प्रमहरुको क्लब जस्तो छ : कांग्रेस महामन्त्री थापा

पोखरा, ११ पुस । अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गरेका छन् । नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गरे । पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै चोटिलो प्रश्न सोधे, ‘गगनजी तपाईं पोखरामा हारेर आउनुभएको हो कि जितेर?’ महान्त्री थापाले यो छोटो प्रश्नको जवाफ अलि लामै दिए । केही समयअगाडि मेरो व्यक्तिगत अवस्था… पुरा पढौ

नेप्से उल्लेख्य बढ्यो, कारोबार २ अर्ब माथि

काठमाडौं, ११ पुस । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारले अर्धशतक पूरा गरेको छ । नेप्सेमा भारी अंककाे बृद्धिसाथै हरियाली वातावरण छाएको छ । एउटा उपसमूह बाहेक सबैमा हरियाली छाउँदा सेयर लगानीकर्ताहरु उत्साही भएका छन् । सेयर बजारमा सकारात्मक सुधार भएपछि सेयर लगानीकर्ताहरु उत्साही मात्रै भएनन् अब बजार सकारात्मक लयमा जाने अपेक्षा बढेको बताउन थालेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.३०५प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ… पुरा पढौ