मुख्य समाचार

शीतलहर प्रभावितलाई मधेश सरकारले कम्बल वितरण गर्ने

जनकपुर, २ पुस । शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए। प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन समितिको बैठकबाट शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गर्ने र त्यही आधारमा कम्बल वितरण गरिने निर्णय भएको मन्त्री साहले बताए। “चिसोबाट प्रभावितको लागि न्यानो लुगा र कम्बलको जोहो गरिरहेका छौँ”, मन्त्री… पुरा पढौ

पोषणयुक्त अण्डाकाे किन बढेन उपभोग ?

काठमाडौं, २ पाैष । न्यून लागत मूल्यमा पाइने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठको भनाइमा अण्डामा हाम्रो शरीरलाई चाहिने सबै किसिमका पौष्टिक तत्व पाइन्छ । तर यसप्रति चासाे बढिरहेकाे पाइदैन । अण्डामा प्रशस्त मात्रामा उच्च गुणस्तरको प्रोटिन पाइने बताउँदै उनले भने, “गेँडागुडी, माछामासुमा पाइने प्रोटिनभन्दा अण्डामा पाइने प्रोटिन शरीरको लागि चाहिने उच्च गुणस्तरीय हो ।” अण्डाको प्रोटिन आमाको दूधमा पाइनेभन्दा दोस्रो गुणस्तरको प्रोटिन भएको उनको… पुरा पढौ

काग्रेस सभापति देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला

काठमाडौं, २ पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय… पुरा पढौ

सुकुटे क्षेत्रलाई पर्यटकीय ‘हव’ बनाउन नगरपालिकाको पहल

सिन्धुपाल्चोक, २ पुस । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले पहल थालेको छ । सुकुटे क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले शुक्रबार सुकुटेमा सरोकारवाला निकायसँग अन्तक्र्रिया गरेको छ । राजधानीबाट नजिकको दूरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले चासो दिएको हो । कार्यक्रममा नवनिर्वाचित सांसद माधव सापकोटाले सुकुटे क्षेत्रलाई व्यवस्थितसँगै पर्यटकको चाहनाअनुसार सुविधासहितको पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए। बागमती प्रदेशसभा सदस्य सरल सहयात्री… पुरा पढौ

जुम्लामा ३५ अर्ब लगानीमा जवातिला जलविद्युत् आयोजना निर्माण हुने

जुम्ला, २ पुस । जुम्लामा एक सय ५० मेगावाटको जवातिला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणबाट उक्त परियोजना अगाडि बढेको हो । प्राधिकरणको करिब रु ३५ अर्ब लगानीमा सो जलविद्युत् परियोजना अगाडि बढेको कर्णाली प्रदेशका निवर्तमान जुम्लाका सांसद नरेश भण्डारीले जानकारी दिए। उनले भने, “अहिले नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । जुम्ला र कर्णालीका लागि आफ्नै पानीबाट उत्पादन हुने मेगावाटस्तरको जलविद्युत् क्षेत्रमा बृहत् परियोजना अगाडि बढ्ने भएपछि दीर्घकालीन बिजुलीको व्यवस्थापन हुने भएको छ ।”… पुरा पढौ

पेट्रोल र डिजलमा प्रतिलिटर ३ रुपैयाँ घट्याे

काठमाडौं, २ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अङ्कले घटाएको छ । गएरातिदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु तीनले घटाएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु एक सय ८१ रहँदै आएकामा अब भने प्रतिलिटर रु एक सय ७८ मा बिक्री हुनेछ । डिजल प्रतिलिटर रु एक सय ७८ मा बिक्री भइरहेकामा अब भने रु एक सय ७५ मा बिक्री हुनेछ । मट्टीतेल प्रतिलिटर रु एक सय ७८ मा… पुरा पढौ

विदुर ढल निर्माण तथा प्रशोधन आयोजना सुरु

त्रिशूली, २ पुस । नुवाकोटको विदुर नगपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’को काम सुरु भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमार्फत सञ्चालन गर्न लागिएको आयोजनाको विदुरका नगरप्रमुख राजन श्रेष्ठले शुभारम्भ गरे। नगरप्रमुख श्रेष्ठले विदुर नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्र भएर बग्ने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर शुद्धिकरण गर्न महत्वका रुपमा लिइएको आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाए। “अहिले निर्धारण गरिएको क्षेत्राधिकार बढाएर तोकिएका वडाहरु २,… पुरा पढौ

३ करोड लगानीमा लेकसाइडमा खुल्याे ‘फ्याट् मङ्की’ रेष्टुरेण्ट

पोखरा, १ पाैष। पर्यटकीय नगरी पोखराकाे लेकसाइड स्थित सेन्टरप्वाइन्टमा फ्याट् मङ्की (FAT MONKEY) रेष्टुरेण्ट सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायी जीवन भट्टराईले ३ करोड लगानीमा उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । इट, ड्र्रिङ्क एण्ड भाइब भन्ने नाराका साथ नेपाली, इन्डियन र अन्य देशका खानाहरुलाई याे रेष्टुरेण्टमा विशेष प्रथामिकता दिइएको संचालक भट्टराईले बताएका छन । ४ तले उक्त रेष्टुरेण्ट भवनकाे ३ वटा तलामा रेष्टुरेण्ट सञ्चालन गरिएकाे छ । पहिलो तला भने व्यवसायीक प्रयोजनमा प्रयोग गरिने भट्टराईले बताए । फ्याट् मङ्की… पुरा पढौ

रोकिएको तिनकुने पुल निर्माणको काम शुरु

काठमाडौं, १ पुस । लामो समयसम्म रोकिएकोे तीनकुने पुल निर्माणकाे काम अघि बढेको छ । पुरानो ठेक्का तोडेर गत साउनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएकाेमा अहिले निर्माण कम्पनीले डिजाइनको काम अघि बढाएको हाे । साढे ३ वर्ष अवधिको सो ठेक्का निर्माणको पहिलो ६ महिना ठेक्कामा लाग्ने र डिजाइन स्वीकृत भएपछि भौतिक काम गरिने काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ । निर्माण कम्पनीले पेस्की लगेको र डिजाइन गरिरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । उनले भने, “डिजाइनका लागि काम गरिरहेको… पुरा पढौ

भारतबाट घटेर आयो ईन्धनको मूल्य, अब घट्ला त नेपालमा?

काठमाडौं, १ पुस । भारतीय आयल कर्पोरेशन (आईओसी)ले डिजेल, पेट्रोल र हवाई इन्धनको घटेको मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई आज पुस १ गते (डिसेम्बर १६)मा पठाएको नयाँ मूल्यसूची अनुसार यी सबै ईन्धनको भाउ घटेको पाइएको हो । आज आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ २१ पैसा र हवाइ इन्धनमा १० रुपैयाँ २१ पैसा घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आईओसीले नेपालमा पनि भाउ घटाएर… पुरा पढौ