मुख्य समाचार

सुन्तला उत्पादनबाट बागलुङका कृषकले २४ करोड कमाए

ढोरपाटन, १ पुस । बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिक रूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा ४ हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिएका छन। उनका अनुसार गतवर्ष यहाँ कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट ३ हजार ६ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष जिल्लाभर २० करोड… पुरा पढौ

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी मनाइँदै

काठमाडौं, १ पुस । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आप्रवासी दिवस सप्ताहव्यापीरूपमा मनाउने एक पत्रकार सम्मेलनमा जानकारी दिए। “वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने नारासहित १६ देखि २२ डिसेम्बरसम्म सप्ताहव्यापीरूपमा आप्रवासी दिवस मनाइने उनले बताए। सचिव अर्यालले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि पुनः एकीकरणको कार्यक्रम… पुरा पढौ

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

काठमाडौं, १ पुस । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको शुरुवआत गरे । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका… पुरा पढौ

विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड बराबर

काठमाडौं, १ पुस । देशभित्र कूल विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २७ करोड बराबर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चालु आवको चार महिनामा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा गत कात्तिक मसान्तमा एक प्रतिशतले वृद्धि भई नौ अर्ब ६३ करोड कायम भएको छ । कूल… पुरा पढौ

विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छः प्रधानमन्त्री देउवा

काभ्रे, २९ मंसिर । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौं विश्वविद्यालयले विगत ३ दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको बताए । “विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र… पुरा पढौ

चालु आर्थिक वर्षमा कति भित्रियो रेमिट्यान्स ?

काठमाडौं, २९ मंसिर। चालु आर्थिक वर्षको ४ महिनाकाे अवधिमा नेपालमा ३ खर्ब ७८ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको तथ्याङ्क अनुसार रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २०.४ प्रतिशतले बढेर ३ खर्ब, ७८ अर्ब ४ करोड भित्रिएको हो। अघिल्लो आर्थिक वर्षको शुरुवाती ४ महिनामा त्यसको अघिल्लो  वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा ७.० प्रतिशतले गिरावट आएको थियो । विवरण अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.८ प्रतिशतले बढेर २ अर्ब… पुरा पढौ

वायुसेवा निगमका एयर हाेष्टेजले किन गरे आन्दोलन ?

काठमाडौं, २९ मंसिर । करार सेवामा कार्यरत नेपाल वायुसेवा निगमका १ सयभन्दा बढी एयर हाेष्टेज (क्याबिन क्रु) ले आन्दोलन गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले म्याद सकिने बित्तिकै करार अवधि थप गर्न र जागिरको सुनिश्चितताको माग गर्दै निगमको केन्द्रीय कार्यालय सुन्धारामा धर्ना दिएका दिएका हुन । करार सेवामा रहेका कर्मचारीहरूको करार थप गर्ने समय पुग्दापनि अवधि थप गर्न ढिलाइ गरेको, करार नथप्ने प्रपञ्च गरेको भन्दै बिहीबारदेखि उनीहरूले निगमको कार्यालयमा धर्ना दिँदै कामकाज ठप्प पारेका छन् । उनीहरुले जारी… पुरा पढौ

बेलायतको सहयोगमा मुगु-हुम्ला जोड्ने सडक निर्माण

कर्णाली, २८ मङ्सिर । बेलायत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । मुगुको गमगढीदेखि हुम्ला चङ्खेली गाउँपालिका देउलीसम्मको उक्त सडक रु एक अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको हो । सडक निर्माण सन् २०१८ अक्टोबरदेखि काम सुरु भएको थियो । निर्माण सकिएपछि बेलाइत सरकारले बुधबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासको पहिलो आधार सडक भएको बताए । आफूले सात वर्षको… पुरा पढौ

पुसमा तरलता सहज नहुने भएपछि सेयर बजार प्रभावित

काठमाडौं, २९ मंसिर । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारले अघिल्लो दिनको जस्तै ओरालोको यात्रामा निरन्तरता पाएको छ । पुस महिनामा बैंकहरुले ब्याजदर नघटाई स्थिर राख्ने भएपछि बजारमा सुधार आउन नसकेको आलकन गरिएको छ । यस्तै बुधबार आर्थिक पत्रकार संघको महासभालाई सम्बोधन गर्ने क्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा तरलतामा सुधार नआउने कुरा बताएपछि लगानीकर्ता त्यसबाट प्रभावित भएका छन् । सबै सूचकांकहरु राताम्मै भएका छन् भने कारोबारमा अघिल्लो दिनको तुलनामा केही सुधार भएको छ… पुरा पढौ

रास्वपाकी सोविता गौतमको चुनाव खर्च कति ?

काठमाडौं, २९ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावमा ३ लाख ७१ हजार खर्च गरेको पाइएको छ । गौतमले आज चुनावमा ३ लाख ७१ हजार रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएकी हुन् । उनले बुझाएको विवरणमा गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ खर्च भएको उल्लेख गरेकी छिन् । यसैगरी १३ दिनसम्म गाडी रिजर्भ गरेको ७८ हजार, पेट्रोल/डिजल खरिद गरेको ६२ हजार ५०५, घोषणापत्र र नमूना… पुरा पढौ