मुख्य समाचार

५ महिनामा बजेट खर्च २४ प्रतिशत र पुँजीगत खर्च ९ प्रतिशत : महालेखा

काठमाडौं, १ मंसिर । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा रु चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस अवधिमा सरकारको पुँजीगत खर्च करिब नौ प्रतिशत बराबर मात्रै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्ममा… पुरा पढौ

पर्यटकीय गन्तव्य बन्दै दाङ

दाङ, १ पुस । लमही नगरपालिका–३ स्थित  जखेरा ताल पर्यटकीयस्थलमा विकसित हुन थालेको छ । लुम्बिनी प्रदेशकै उत्कृष्ट तालका रुपमा रहेको सो ताल साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यस तालमा डुङ्गा सयर, वनभोज  र फोटो खिच्न दैनिक मानिस आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले जानकारी दिनुभयो । यो ताल प्रदेश सरकारको पहिलो प्राथमिकतामा समेत परेको छ । जखेरा शिवालय विकासका लागि सङ्घीय सरकारबाट बाटो र उद्यान निर्माणका लागि ८ करोड, प्रदेश सरकारबाट ९०… पुरा पढौ

नेपाली हस्तकलाले बजारको माग धान्न सकेन: अध्यक्ष शाक्य

काठमाडौं, १ मंसिर । नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामग्रीले बजारको माग धान्न नसकेको बताएका छन् । विश्व बजारमा नेपाली हस्तकलाको राम्रो माग रहेकाले यहाँ उत्पादित वार्षिक १२ अर्बका हस्तकलाका सामग्री निर्यात हुने गरेकाे बताइएकाे छ । अहिले नेपाली बजारमासमेत यस्ता सामग्रीको माग बढ्दै गएकाे छ । अध्यक्ष शाक्यका अनुसार, “हातले बनाएका सामग्रीमध्ये फेल्कबाट उत्पादित सामग्री मात्र वार्षिक रु पाँच अर्बभन्दा माथिको कारोबार हुने गरेको छ । त्यसैगरी पश्मिना, हातेकागज, काष्ठकलालगायत सामग्रीको व्यापार पनि बढी हुने… पुरा पढौ

चाकु: बन्छ टोखामा, पुग्छ विदेशमा

काठमाडौं, १ पुस । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ… पुरा पढौ

धितोपत्र बोर्ड विरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं, १ पुस । नेपाल धितोपत्र बोर्ड विरुद्ध सर्वोच्च अदालतमा परेको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । उक्त मुद्दाको पेसी न्यायाधीशद्वय अनिल कुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा आज पुस १ गतेका लागि तोकिएको थियो ।अधिवक्ता दीपकविक्रम मिश्रले गत असोज ३१ गते तत्काल नयाँ ब्रोकर,नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै दायर गरेको उक्त रिटमा गत कात्तिक ४ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन कारण देखाऊ अन्तरिम आदेश जारी गरेको थियो… पुरा पढौ

सुर्खेत विमानस्थलमा एटिआर-७२ जहाजबाट उडान सुरु

सुर्खेत, १ पुस । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर-७२ जहाजबाट आजदेखि नियमित उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुध्द एयरले एटिआर-७२ जहाजमार्फत् काठमाडौँ-सुर्खेत-काठमाडौँ रुटमा नियमित उडान प्रारम्भ गरेको हो । उक्त गन्तव्यमा आजदेखि एटिआर जहाजमार्फत् नियमित उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाजमार्फत् परीक्षण उडान गरिएको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान सञ्चालन गरिएको भएको हो ।… पुरा पढौ

आईपीएस कारोबार: सङ्ख्या बढ्यो, रकम घट्यो

काठमाडौं, १ पुस । आईपीएस सेवामार्फत गरिएको कारोबार सङ्ख्या १ महिनामा १ लाख ३४ हजार ६९ ले बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को कात्तिक महिनासम्मको अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार आईपीएसमार्फत् असोज महिनाभरी ९ लाख ६७ हजार ९४४ वटा कारोबार भएकाेमा यो सङ्ख्या कात्तिक मसान्तसम्ममा आइपुग्दा १ लाख ३४ हजार ६९ ले बढेर ११ लाख २ हजार १३ मा पुगेको छ । सामान्य हिसाबले हेर्दा कारोबार… पुरा पढौ

एनटिएचएमसिमा शनिबार ‘फुड फियष्टा-२०२२’ हुने

पोखरा, १ पुस । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा पोखरामा भाेली पुस २ गते शनिबार एक दिने “फुड फियष्टा २०२२” आयोजना हुने भएकाे छ । “फुड फियष्टा” यसअघि कोभिड १९ को कारण रोकिएकोमा यसपटक अवस्था सामान्य भईसकेकोले आयोजना गरिएको इभेन्ट कोअर्डिनेटर बिएचएम पाँचौ सेमेस्टरकी विद्यार्थी सोनिका श्रीषले जानकारी दिईन । विद्यार्थीले आफुने जे पढीरहेका छन् त्यसलाई ब्यबहारिक रुपमा उतार्न र उनीहरुकाे स्कील प्रस्तुत गर्न यस्तो कार्यक्रमले अँझ सघाउ पुग्ने प्रिन्सिपल प्रकाश रेग्मीले बताए । रेग्मीले छिनेडाँडास्थित कलेजको प्राङ्गणमा… पुरा पढौ

प्रदूषण मापदण्ड पूरा नगरेका गाडीलाई १ लाख जरिबाना

काठमाडौं, १ पुस । वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई १ लाख जारिवाना गर्ने भएको छ । विभागले गत मङ्सिर २२ गते सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियोे । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित… पुरा पढौ

प्राइम कमर्सियल बैंकले सेयरधनीलाई कति दिँदैछ लाभांश ?

काठमाडौं, १ पुस । प्राइम कमर्सियल बैंकले गएकाे आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले सेयरधनीहरुलाई गएकाे आर्थिक वर्षको मुनाफाबाट ८.९५% लाभांश दिने घाेषणा गरेकाे हाे । यसमा ४% बोनस सेयर तथा ४.९५% नगद लाभांशसहित ८.९५% लाभांश रहेकाे छ । सेयरधनीहरुकाे लागि वितरण गरिने प्रस्तावित लाभांशका बारे नेपाल राष्ट्र बैंकले स्वीकृति र प्राइम कमर्सियल बैंकको साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । यसअघिकाे वर्ष बैंकले १६% बोनस तथा ०.६३% नगद लाभांशसहित १६.६३% लाभांश वितरण गरेकाे थियो… पुरा पढौ