मुख्य समाचार

समानुपातिक मतगणना जारी: एमालेकाे मत ९ लाख नजिक

काठमाडौं, ९ मङ्सिर । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म आठ लाख ९४ हजार चार सय नौ मत पाएको छ । नेपाली कांग्रेसले आठ लाख ५७ हजार छ सय २१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ३२ हजार पाँच सय ७५ मतसहित तेस्रो स्थानमा छ । त्यस्तै चौथो स्थानमा रहेको… पुरा पढौ

उद्योगपति चौधरीको प्रत्यक्ष संसद् यात्रा शुरु

काठमाडौ‌, ९ मङसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद रहेका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लागेका छन्। बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गरे। चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गरे। विसं २०१२ वैशाख १ गते… पुरा पढौ

मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो-अध्यक्ष ओली

झापा, ८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । उनले निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको पनि तर्क गरे। झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राखेका हुन्। पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले)ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए। उनले अबको एक–दुई… पुरा पढौ

सिरहा-१ मा एमालेका यादव र बाँकेको १ मा ढकाल विजयी

काठमाडौं, ८ मंसिर । सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामशङ्कर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले छ हजार आठ सय ४९ मत प्राप्त गरे। सो क्षेत्रमा कूल एक लाख छ हजार दुई सय एक मतदाता रहेकामा ६९ हजार आठ सय २६ मत खसेको थियो । बाँकेको… पुरा पढौ

झापा-३ मा राप्रपाका लिङ्देन र कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठ विजयी

काठमाडौं, ८ मंसिर । झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्। अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ विजयी भएको झापा क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए। उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार तीन सय ८६ मत प्राप्त गरे । झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रोपटक विजयी भएका हुन्। विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष… पुरा पढौ

झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापा, ८ मंसिर । झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् ।अध्यक्ष लिङ्देन ४० हजार ६ सय ६२ मतका साथ विजयी भएका झापा क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार ३ सय ८६ मत प्राप्त गरे । झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रोपटक विजयी भएका हुन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा… पुरा पढौ

चितवन-१ बाट रास्वपाका ढकाल निर्वाचित

चितवन, ८ मंसिर । चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५ सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् । ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गरे । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय नौ मत प्राप्त गरे । सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । यसमध्ये ३… पुरा पढौ

अर्घाखाँचीबाट रायमाझी लगातार चौथो पटक निर्वाचित

अर्घाखाँची, ८ मंसिर । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको अर्घाखाँचीका तीनवटै सिटमा नेकपा (एमाले) विजयी भएको छ । प्रतिनिधिसभामा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी तथा प्रदेशसभा (१)मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (२) मा रामजीप्रसाद घिमिरे विजयी भएका छन् । निर्वाचित तीनै जनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रमको आयोजना गरी विजयी घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको हो । प्रमाणपत्र ग्रहण गर्दै… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा शाइन रेसुङ्गा अब्बल

काठमाडौं, ८ मंसिर । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमामा सकारात्मक माहोल देखिएको छ । सूचकहरुमा हरियो लागेको भएपनि कारोबार रकम भने अर्ब नाघ्न सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा उक्लिएको छ । नेप्सेमा झिनो ०.६० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०२ अंकले बढेर ३८०.९२ विन्दुमा पुगेको छ । यसदिन कुल २३ कम्पनीको कारोबार भएको छ । २५ लाख ६९ हजार २२९ कित्ता सेयरको खरिदबिक्री हुँदा ९२ करोड ५१… पुरा पढौ

निर्वाचन अपडेट : कुन दलले कति स्थानमा जिते ?

काठमाडौं, ८ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ । मुस्ताङबाट योगेश गौचन थकालीको विजयसँगै खाता खोलेको कांग्रेसले हालसम्म ३० स्थानमा विजय हासिल गरेको हो । कांग्रेसका विजयी उम्मेदवारमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगनकुमार थापा… पुरा पढौ