मुख्य समाचार

इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवा ३ दिन बन्द रहने

काठमाडौं, ८ मंसिर । दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीमा राखिने इम्बोस्ड नम्बर प्लेटको अनलाइन तथा कार्यालयबाट प्रदान गरिने सेवा तीन दिनसम्म बन्द रहने भएको छ । यातायात व्यवस्था विभागले आज एउटा सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेट प्रणालीका सर्भरहरूको विद्युत आपूर्ति प्रणाली यूपीएस मर्मत गर्नुपर्ने भएकाले मंसिर ९ देखि ११ गतेसम्म सर्भर बन्द रहने जानकारी दिएको हो । यो अवधिमा अनलाइन आवेदन तथा यातायात कार्यालयहरूबाट प्रदान गरिने सेवा अवरूद्ध हुने भएकाले यसबाट सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले माफी पनि मागेको छ… पुरा पढौ

भक्तपुर १ मा नेमकिपाका सुवाल विजयी

भक्तपुर, ८ मंसिर । भक्तपुर क्षेत्र नं १ नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी भएका छन् ।  भर्खरै सम्पन्न मतगणनामा सुवाल ४२ हजार ७ सय ५९ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार ९ सय ५८ मत प्राप्त गरे । सुवालले गेलाललाई ३० हजार ८ सय १ मतान्तरले पछि पारेका हुन् । त्यसैगरी राप्रपाका भरतबहादुर खड्काले ९ हजार ३ सय ३ र सत्ता गठबन्धनका तर्फका साझा उम्मेदवारका रुपमा नेकपा… पुरा पढौ

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता

काठमाडौं, ८ मंसिर । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता हुने भएको छ । नेपाल राष्ट्र बैंकले कात्तिकको पहिलो साताभित्रै समीक्षा गर्ने तयारी गरेकोमा संसदीय निर्वाचनका कारण केही पर सरेको बैंकले जनाएको छ । शुक्रबारलाई मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिए पनि केन्द्रिय बैंक अनुसन्धान विभागले जानकारी दिएको छ । अर्को हप्ता गर्ने भनिएको समीक्षाको यकिन मिति भने तोकिसकिएको छैन । यो पटकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा केन्द्रीय बैंकले तरलता सहज बनाउने नीति ल्याउने तयारीमा… पुरा पढौ

भारी मतान्तरसहित चितवन २ मा रवि लामिछाने विजयी

चितवन, ८ मंसिर । चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरका साथ रवि लामिछाने विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका हुन । घन्टी चिन्हका लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरे । श्रेष्ठ गठबन्धनबाट साझा उम्मेदवार थिए । यस्तै नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ तेश्राेमा रहँदै १४ हजार ६४९ मत ल्याए… पुरा पढौ

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लाभांश वितरणकाे घोषणा

काठमाडौं, ८ मंसिर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाे छ । बैंकले गएकाे आर्थिक वर्षसम्मकाे सञ्चित नाफाबाट १३.३० प्रतिशत बोनस सेयर तथा त्यसकाे करकाे प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांशसहित १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैंकको सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियाे । साे लाभांश वितरणकाे प्रस्तावलाइ नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंककाे साधारण सभाबाट पारित भएपछि मात्रै वितरण गरिने भएकाे छ। पुरा पढौ

बढ्यो सुन र चाँदीको भाउ, तोलाको कति ?

काठमाडौं, ८ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ हजारले बढेको छ भने चाँदीमा रुपैयाँ ३० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले बढेर तोलाको ९७ हजार ३… पुरा पढौ

कास्की-२(२) बाट विजयी कांग्रेसका विन्दुकुमार थापाले भने-मुख्यमन्त्रीकाे लागि सक्षम छु

पाेखरा, ८ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की–२(२) बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका थापाले ९ हजार २ सय ८० मत ल्याएर गण्डकी प्रदेशसभा सदस्यका लागि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार मीना गुरुङले ७ हजार नौ सय ७१ मत ल्याइन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले तीन हजार नौ सय तीन र नेपाल सुशासन पार्टीका कृष्ण भुजेलले तीन सय ६६ मत प्राप्त गरेकाे… पुरा पढौ

पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं, ८ मंसिर । पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक २५ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आईपीओ कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलको कार्यलय नक्सालमा बुधबार साँझ ४ बजे बाँडफाँट भएको हो । आईपीओका लागि १२ लाख ७७ हजार ५९ जना योग्य आवेदकबाट १ अर्ब ३७ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ८५ हजार २२० कित्ता सेयरको लागि आवेदन परेको कम्पनीले जनाएको छ । यो आँकडा सर्वसाधारणका लागि… पुरा पढौ

माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखाबाट निर्वाचित

गोरखा, ८ मंसिर । गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी भएका छन् ।  बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार १ सय ३ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई  १३ हजार ४ सय ६६ मतले पछाडि पार्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुर्लाकोटीले कुल १२ हजार ६ सय ३७ मत पाएका छन्… पुरा पढौ

चर्चामा डा. तोसिमा

ललितपुर, ८ मंसिर । प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा  ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गरेकी छिन् । उनले ३१ हजार एक सय ६ मतसहित विजय प्राप्त गरेको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्काभन्दा १८ हजार एक सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय भएकी हुन् । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका छन्… पुरा पढौ