मुख्य समाचार

१३ अर्ब ८५ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २७ कार्तिक । नेपाल राष्ट्र बैंकले १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको लागि लिलामी सूचना जारी गरेकाे छ । बैंकले भाेलि साेमबार यसकाे बाेलकबाेल गर्नेछ । सबै बील कात्तिक २९ गते जारी हुनेछन् । कात्तिक २९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल साेमबार गरिने भएकाे छ । बैंकले २८ दिनकाे ट्रेजरी बिलको लागि रुपैयाँ २ अर्ब, ९१ दिनका लागि रुपैयाँ २ अर्ब तथा १८२ दिनकाे ट्रेजरी बिलका लागि ९ अर्ब… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ७७ करोडमा सीमित

काठमाडौं, २७ कार्तिक । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दाेहाेराे अंककाे गिरावट भएकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा झरेको छ । नेप्सेमा ०.५६ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इन्डेक्स १.८३ अंकले बढेर ३७०.५३ विन्दुमा पुगेको छ । जहाँ ०.४९ प्रतिशतले गिरावट भएको छ । आज कुल २२५ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २० लाख २८ हजार ३४८ कित्ता सेयरको खरिदबिक्री भएको छ ।… पुरा पढौ

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू गाभिदैं

काठमाडौं, २७ कात्तिक । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो । बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए। सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी… पुरा पढौ

राजधानी नजिकै यस्ताे छ विकासकाे अवस्था, दूरदराजमा के होला ?

काठमाडौँ, २७ कात्तिक । विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधा सम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महङ्गा ब्राण्डले सजिएको यो क्षेत्र देशकै सबैभन्दा महङ्गोमध्येमा पर्छ । दुई वटा पाँच तारे होटलदेखि सुविधासम्पन्न रेष्टुराँ र पवले यो सानो क्षेत्र हर समय गुञ्जायमान भइरहन्छ । तर यही दरबारमार्गदेखि मात्रै ३० किलोमिटर उत्तर-पूर्वमा पर्ने नाङ्लेभारे भने विकासका दृष्टिले निकै पर धकेलिएको क्षेत्रमा पर्छ । यसले आधारभूत आवश्यकता अन्तर्गतका गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको सुविधाको महसुस गर्न पाएको छैन । राजधानी काठमाडौंको निर्वाचन… पुरा पढौ

पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्दै नेपाल

काठमाडौं, २७ कात्तिक । नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने भएको छ । आगामी सन् २०२७ मा हुने यू-१९ महिला टी२० विश्वकप नेपाल र बंगलादेशमा संयुक्त रुपमा आयोजना हुने भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू-१९ आयोजक राष्ट्रको आधिकारिक नाम सार्वजनिक गरेको हो । आइसीसीको सूची अनुसार २०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले संयुक्त रुपमा आयोजना गर्नेछन्… पुरा पढौ

आन्तरिक पर्यटकलाई सहरभन्दा  गाउँ प्यारो

कास्की, २७ कात्तिक । कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखरा घुम्न आएकाहरू आजभोलि पोखरामा मात्र सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । पोखराको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्य र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् । पर्यटकीय गाउँ घान्द्रुकमा दैनिक २ हजारभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय व्यावसायी अमृत गुरुङले… पुरा पढौ

३६८.६८ प्रतिशतले बढ्याे नेशनल हाइड्रोकाे आम्दानी

काठमाडौं, २७ कार्तिक । नेशनल हाइड्रोपावर कम्पनीकाे यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म बिद्युत बिक्री आम्दानी उल्लेख्य मात्रामा बढेकाे छ। कम्पनीकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार गएकाे वर्षकोभन्दा सोही अवधिमा विद्युत बिक्रीकाे आम्दानी धेरै बढेको पाइएकाे हाे। असोज महिनाकाे मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ३६ लाख २८ हजार रुपैयाँ कमाएकाे छ। यो कमाइ गएकाे वर्षकोभन्दा ३६८.६८ प्रतिशतले बढी हो। गएकाे वर्ष कम्पनीकाे कमाइ १ करोड ३५ लाख रुपैयाँ रहेकाे थियाे। कम्पनीको विद्युत बिक्रीकाे आम्दानी बढेकाे भएपनि कम्पनीको खुद नाफा घटेकाे… पुरा पढौ

यस्ता कार्डवाहकले चुनावका दिन सवारी अनुमतिपत्र लिनु नपर्ने

काठमाडौं, २७ कार्तिक । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिनका लागि सवारी साधन प्रयोग गर्नका लागि ताेकेका केही निकायका कार्डबाहकले सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको जनाएकाे छ । आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन दूध बोक्ने सवारी साधन, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरणका कार्डबाहकलाई सहज आवागमनको व्यवस्था गरेको छ । यस्तै नियामक निकायबाट जारी गरिएको प्रेस पास… पुरा पढौ

सुदूरपश्चिममा पुनःभूकम्प, प्रहरीद्वारा घर बाहिर बस्न माइकिङ

बझाङ, २७ कात्तिक । सुदूरपश्चिम प्रदेशमा पुनः शनिवार राति ५ दशमलव ४ रेक्टरकाे भूकम्पको धक्का महसुस गरिएको छ । राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको हाे। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बझाङको पटादेवल केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको क्षेतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति… पुरा पढौ

मतदाता भन्छन्ः ‘निर्वाचनपछि काम गरेर खान पाइयोस्, सुखले बाँच्न पाइयोस्’

भरतपुर, २७ कात्तिक । आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा । पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन । उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन् । निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरूलाई किन भोट हाल्ने भन्ने… पुरा पढौ